काठमाडौं । धेरैलाई लाग्न सक्छ सामान्यतया मानिसहरुको शरिरमा दुई वा एक वटा मिर्गौला हुन्छ । तर यो वास्तविकता होइन् । एक पछि अर्को मिर्गौला प्रत्यारोपण गर्दै जाँदा मानिसको शरिरमा दुई वा दुईभन्दा बढि पनि मिर्गौला हुनसक्छ ।
प्रधानमन्त्री केपि शर्मा ओलीको शरिरमा पनि दुईभन्दा बढि मिर्गौला छ । गत बुधबार मिर्गौला प्रत्यारोपण गरिएसँगै उनको शरिरमा मिर्गौलाको संख्या चार पुगेको छ । उनको शरिरमा नयाँ मिर्गौला थपिएसँगै मिर्गौलाको संख्या चार पुगेको हो ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा सहभागि डा. प्रेमराज ज्ञवालीका अनुसार नयाँ मिर्गौला राखिएसँगै उनको शरिरमा मिर्गौलाको संख्या ४ वटा छ । उनले जनाएअनुसार ओलीको शरिरमा भएको आफ्नै दुई वटा मिर्गौला र गत १३ वर्षअघि र अहिले थपिएको मिर्गौलासँगै संख्या ४ पुगेको हो ।
‘उहाँको आफ्नै दुईवटा मिर्गौला छ, एउटा १३ वर्ष अगाडि लगाएको छ, अहिले एउटा लगाउँदा चार वटा पुगेको हो’, प्रत्यारोपणमा सहभागि डा. ज्ञवालीले भने ।
उनले जनाएअनुसार मिर्गौला फेर्नी भनेको शरिरमा भएको झिकेर नयाँ लगाउने होइन् । डा. ज्ञवालीले जनाएअनुसार भएको ठाउँमा नयाँ मात्रै लगाउने हो ।
उनले जनाएअनुसार व्यक्तिको शरिरमा भएको मिर्गौलालाई त्यहिँ नै छोडेर नयाँ मिर्गौला थप गर्ने गरिन्छ । यदि शरिरमा मिर्गौलाले असर गर्ने अवस्था छ भने मात्रै मिर्गौला झिकेर फालिन्छ । मिर्गौलाले थोरै काम गरेको खण्डमा पनि मिर्गौलालाई त्यहीँ छोडेर अर्को मिर्गौला थप गरिन्छ ।
प्रधानमन्त्री केपि शर्मा ओलीले गत १३ वर्षअगाडि फेरेको मिर्गौलाले काम गर्न छोडेपछि गत बुधबार पुनः दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन् । १२ वर्षअघि फेरेको मिर्गौलाले काम गर्न छोडेपछि उनले गत कार्तिक त्रिवि शिक्षण अस्पतालको मनमोहन सेन्टरबाट डायलासिस गराउँदै आएका थिए ।
डायलासिस प्रक्रिया पनि दिर्घकालिन खालको नभएको हुँदा उनले दोस्रो पटक मिगौला प्रत्यारोपण गरेका हुन् । ओलीले पहिलो पटक भाईबुहारी नाताकी अन्जना घिमिरे र दोस्रो पटक भान्जी नाताकी समिक्षा संग्रौला ज्ञवालीबाट मिर्गौला ग्रहण गरेका हुन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: