काठमाडौं । निर्भया बलात्कार तथा हत्या मुद्दामा कानूनी प्रक्रियाको कारण गत दुई महिनादेखि रोकिर्दैं आएको फाँसी मितिबारे आज अन्तिम फैसला हुने भएको छ । चारै जना दोषीको कानूनी उपाय सकिएसँगै अदालतले अन्तिम निर्णय लिन लागेको हो ।
राष्ट्रपति रामनाथ कोविन्दले बुधबार दोषी पवन गुप्ताको दया निवेदन खारेज गरिदिएसँगै अदालतलाई बाटो खुलेको हो । राष्ट्रपतिबाट दया निवेदन खारेज भएसँगै दिल्ली सरकारले नयाँ ‘डेथ वारेन्ट’ जारी गर्न पटियाला हाउसलाई अनुरोध गरेको थियो ।
भारतीय सञ्चार माध्यमले जनाएअनुसार सम्भवतः पटियाला हाउसले आज अन्तिम डेथ वारेन्ट जारी गर्नसक्नेछ । यसअघि चार दोषीमध्येका एक पवन गुप्ताको राष्ट्रपतिसँगको दया निवेदनको कारण फाँसी मिति अन्तिम समय रोकिएको थियो । क्रमैसँग दिइएको निवेदनको कारण फाँसी मिति ३ पटकसम्म रोकिन पुगेको थियो ।
चारै दोषीले उमेर कैदको निवेदन
निर्भया बलात्कार तथा हत्याका चारै जना दोषीले अदालत र राष्ट्रपति समक्ष फाँसीको विकल्प उमेर कैदको माग गर्दै निवेदन दिएका थिए । सर्वौच्च अदालतमा गरेको निवेदनलाई न्यायधिस एनवी रमनाको अध्यक्षतामा गठित पाँच सदस्यीय बेन्चले गत बुधबार अन्तिम पटक खारेज गर्ने निर्णय गरेको थियो ।
अदालतसँगै दोषीहरुले राष्ट्रपतिसमक्ष पनि दया निवेदन पेश गरेका थिए । राष्ट्रपतिले पनि क्रमैसँग सबैका निवेदन खारेज गरिदिए ।
तीन पटकसम्म सरेको थियो डेथ वारेन्ट
निर्भया बलात्कार तथा हत्या मुद्दाका ४ जना दोषीलाई फाँसी दिइने भनि गरिएको निर्णय तीन पटकसम्म सरेको थियो ।
पहिलो पटक – २२ जनवरीको बिहान ६ बजे फाँसी दिन तय, तर रोकियो ।
दोस्रो पटक – १ फ्रेबुअरीमा फाँसी दिन तय, तर रोकियो ।
तेस्रो पटक – ३ मार्च बिहान ६ बजे फाँसी दिन तय, तर दोषी पवनको साथमा कानूनी विकल्प हुँदा फाँसी पुनः टलेको थियो ।
२०१२ डिसेम्बर १६ मा भएको थियो हत्या
दिल्लीको पैरामेडिकल कलेजकी छात्रा निर्भयामाथि १६ डिसेम्बर २०१२ को रात ६ जना व्यक्तिहरुले चलिरहेको बसभित्र बलात्कार गरेका थिए । गम्भिर अवस्थामा भेटिएकी उनको २६ डिसेम्बरको दिन उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाको ९ महिनापश्चात सेक्टेम्बर २०१३ मा भारतको तल्लो अदालतले ५ दोषी राम सिंह, पवन, अक्षय, विनय र मुकेशलाई फाँसीको सजायँ सुनाएको थियो । २०१४ मा उच्च अदालत र २०१७ मा सर्वौच्च अदालतले फाँसीको निर्णयलाई सदर गरेको थियो ।
अदालती प्रक्रिया चलिरहेको बेला बलात्कारका मुख्य दोषी राम सिंहले तिहाड जेलमा फाँसी लगाएर आत्महत्या गरेका थिए । एक दोषी नाबालिग भएको कारण ३ वर्षपछि सुधार गृहबाट छुटेका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: