लिमा, २२ फागुन ९ राससरएएफपी – संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव एवं पेरुका पूर्व प्रधानमन्त्री ह्याभिर पेरेज द क्वेलरको १०० वर्षको उमेरमा निधन भएको छ ।
उहाँका छोराका अनुसार क्वेलरको निधन पेरुको राजधानी लिमास्थित आफ्नै निवासमा भएको थियो ।
दुई कार्यकाल राष्ट्रसङ्घको महासचिव हुनु भएका क्वेलरले दक्षिण अमेरिका, अफ्रिका, एसिया र मध्यपूर्वका देशहरुमा शान्ति सम्झौताहरु गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उनकै कार्यकालमा इरान र इराकबीच झण्डै आठ वर्षको शसस्त्र द्वन्द्व अन्त्य गर्ने उपायस्वरुप दुबै मुलुकबीच सन् १९८८ मा युद्धविराम भएको थियो ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले एक विज्ञप्ति प्रकाशन गरी पूर्व महासचिव क्वेलरको निधनको खबरबाट आफू अत्यन्त दुःखित भएको बताए ।
“उहाँ परिपक्व राजनेता, निष्ठावान कूटनीतिज्ञ हुनुहुन्थ्यो । उहाँले देखाएको बाटो र प्रभाव राष्ट्रसंघमा अद्यापी अनुभव गर्न सकिन्छ,” गुटेरेसले भने ।
पेरुका राष्ट्रपति मार्टिन भिजकाराले ट्वीट गर्दै पूर्व प्रधानमन्त्री क्वेलर प्रतिबद्ध लोकतन्त्रवादी रहनु भएको र उहाँको प्रतिभाका कारण पेरु विश्वभर चिनिएको बताए ।
क्वेलरले आफ्नो जीवनकालमा युरोप र दक्षिण अमेरिकाका मुलुकमा रहेका पेरुका दूतावासहरुमा सेवा गर्नुका साथै सन् १९४६ मा राष्ट्रसंघीय महासभामा पेरुको प्रतिनिधिमण्डलमा समावेश थिए ।
राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्षतामा बसेको बैठकले सन् १९७४ मा टर्की र ग्रीसबीच शान्ति सम्झौता गराएको थियो । त्यसबखत टर्कीले आक्रमण गरी साइप्रसमाथि आधिपत्य जमाएको थियो ।
उनी सन् १९८१ मा उहाँ संयुक्त राष्ट्रसंघको पाँचौं महासचिवमा नियुक्त हुनु भएका थिए । दक्षिण अमेरिकी क्षेत्रबाट उनी नै पहिलो महासचिव बनेका थिए । यसै अवधिमा अमेरिका र तत्कालीन सोभियत युनियनबीच शीतयुद्ध चरम अवस्थामा पुगेको थियो ।
सन् १९९१ मा दोस्रो कार्यकाल समाप्त हुनुअघि उनकै अग्रसरतामा पश्चिम सहारा क्षेत्रमा व्याप्त तनाब समाप्त भएको थियो भने एल साल्भाडोर, क्याम्बोडिया र निकारागुवामा जारी गृहयुद्ध रोकिएको थियो ।
उनी महासचिव रहेकै दिनहरुमा अफगानिस्तानबाट सोभियत सेना फिर्ता भएको थियो भने दक्षिण अफ्रिकाबाट नामिबियाले स्वतन्त्रता प्राप्त गरेको थियो ।
सन् २००० मा पेरुका राष्ट्रपति फुजिमोरीले राजीनामा दिएपछि पेरेज दी क्वेलरले केही समय पेरुको विदेश मन्त्री र प्रधानमन्त्रीको रुपमा काम गरेका थिए । उनकै नेतृत्वमा चुनाव सम्पन्न भएपछि पेरुको राष्ट्रपतिमा अलेजान्द्रो टोलेडो निर्वाचित हुनु भएका थिए ।
राष्ट्रपति टोलेडोले उहाँलाई फ्रान्सका लागि पेरुको राजदूतमा नियुक्त गरेका थिए ।
क्वेलरको यही शुक्रबार दाहसंस्कार गरिने बताइएको छ । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: