काठमाडौं । चुनावको टिकट बाँड्दा तत्कालिन एमालेका नेताहरुले लाखौंको बार्गेनिङ्ग गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । ०७४ सालको स्थानीय चुनावको बेला लाखौं पैसा लिएर उम्मेदवारीको टिकट दिएको कुरा सार्वजनिक भएको हो ।
सार्वजनिक भएअनुसार नेपालको पूर्वी क्षेत्रमा स्थानीय तहको चुनावका बेला तत्कालिन एमालेका नेता भीम आचार्यले तत्कालीन एमालेका केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठमार्फत पैसा उठाएको भेटिएको हो । प्राप्त अडियोअनुसार भीम आचार्यले रुपनारायणमार्फत गाउँपालिकाको अध्यक्षको टिकट दिलाइदिन्छु भन्दै १५ लाख रकम माग गरेका थिए ।
उनले मोरङको मिक्लाजुङ गाउँपालिकाका अध्यक्षको टिकट दिलाईदिन्छु भन्दै आकांक्षी भेषराज काफ्लेसँग रकम मागेका हुन् ।
सार्वजनिक अडियोमा बार्गेनिङ्ग गरेका रुपनारायण श्रेष्ठले २१ लाख मागेको ठाउँमा १५ लाखसम्म मिलाउने बताएका छन् । कुराकानीको क्रममाले श्रेष्ठले आकांक्षी काफ्लेसँग २१ लाखको प्रस्ताव गरेका छन् । पछि उनले २१ लाखमा आफुँले भीम आचार्यलाई सम्झाएको र १५ लाखसम्म मिलाउने बताउँछन् ।
उनले अडियो ऋणधन गरेर पैसा मिलाउन दबाब दिएका छन् । उनले अहिले पैसा दिए पछि त्यति कमाउन गाह्रो नहुने भनेको अडियोमा सुन्न सकिन्छ । उक्त क्षेत्रमा पैसा जुटाउन नसकेपछि काफ्लेले टिकट पाएका थिएनन् । उक्त क्षेत्रबाट देवीप्रसाद आचार्यले टिकट पाएका थिए । उनी नै अहिले मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष छन् ।
भीम आचार्य हाल नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश नं. १ का इन्चार्ज हुन् ।
भेषराजले पैसा दिन अस्वीकार गर्दै पार्टी त्यागेका थिए
भेषराज काफ्लेले तत्कालिन समयमा नै पैसा दिन अस्वीकार गर्दै पार्टी परित्यागको घोषणा गरेका थिए । उनले विज्ञप्ती नै निकालेर पार्टी छोडेका थिए । उनले ४७ वर्षे राजनीतिक जीवन त्याग गरेको घोषणा गरेका थिए । उनको राजीनामा पछि पनि पार्टीले भीम आचार्यमाथि कारबाही चलाएको थिएन । उनले राजीनामा गरेको करिब २ वर्षपछि अडियो सार्वजनिक भएको हो ।
यस्ताे छ रुपनारायण श्रेष्ठ र भेषराज काफ्लेबीचकाे कुराकानीकाे अडियाे
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: