काठमाडौं । मुलुककै ठूलो घरजग्गा कारोबार गर्ने व्यावसायिक समूह ‘सिभिल ग्रुप’ मुद्दैमुद्दामा रुमल्लिएको छ। नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारमा कडाइ गर्न लिएको नीति र साझेदारबीचको द्वन्द्वका कारण मुद्दा पर्न गएपछि समूहमाथि संकट आइपरेको हो।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - सिभिल समूहद्वारा प्रवद्र्धित सिभिल मल र सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका नाममा समूहका दुई मुख्य लगानीकर्ता इच्छाराज तामाङ र लालकाजी गुरुङबीच विवाद चुलिएको छ।
सिभिल मलका साझेदार लालकाजी गुरुङले सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडबाट लिएको ऋण नतिरेको भन्दै को–अपरेटिभले २०७६ माघ १४ गते सार्वजनिक सूचना जारी गरेपछि त्यहाँको विवाद उत्कर्षमा देखापरेको छ।
तर, गुरुङले भने आफूले व्यक्तिगत तवरबाट लिएको ६ करोड ९० लाख रुपियाँ कर्जाको सावाँ ब्याजमध्ये २०६५ साउन २ गते ५ करोड र बाँकी रकम २०६५ कात्तिक ११ गते इच्छाराज तामाङ हस्तेमार्फत भुक्तानी गरेको बताएका छन्।
गुरुङ पक्षले सिभिल मल ९सिभिल विजनेस कम्प्लेक्स० को ब्यालेन्स सिटमा पटक–पटक गरेर १७ करोड तथा त्यसको सम्पूर्ण ब्याज सहकारीलाई भुक्तानी गरेको दाबी गरेको छ। साथै गुरुङले सिभिल सहकारीले आफ्नो नाममा रहेको सिभिल मलको शेयर लिलामी गर्न निकालेको सूचना अवैध दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत दायर गरेका छन्।
त्यस्तै लालकाजी गुरुङकी श्रीमती मीना गुरुङले पनि उच्च अदालत पाटनमा सिभिल सहकारीबाट लिएको ऋण चुक्ता भइसकेको तथा सिभिल मलमा सहकारी साझेदार नरहेको दाबी गर्दै मुद्दा दायर गरेकी छिन्।
२०७२ फागुन १४ मा सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभले डिभिजन सहकारी कार्यालयमा लेखेको पत्रबाट पनि सिभिल सहकारीको नगद लगानी छैन भन्ने प्रस्ट देखिने गुरुङ पक्षको दाबी छ।
साथै सहकारीले कुनै पनि निजी कम्पनीमा शेयर लगानी गर्न नपाउने कानुनी प्रावधान रहेको छ। अर्कोतर्फ सहकारीको आफ्नै वासलातमा समेत सिभिल मलमा लगानी गरेको विवरण कतै उल्लेख भएको देखिँदैन।
गुरुङले भने, ‘सुन्धारामा रहेको मेरो ९ रोपनी जग्गामा मिलेर सिभिल मल बनाएका हौं। शेयर प्रमाण–पत्र धितो राखेर लिएको ऋण मैले तिरिसकेको छु। तामाङसँग सम्बन्ध राम्रो हुँदा उनले शेयर प्रमाण–पत्र पछि दिन्छु भन्दा विश्वासको भरमा पैसा दिएको थिएँ। तर, अहिले सहकारीले नोटिस निकाल्दा जिल्ल परें।’
अर्का साझेदार इच्छाराज तामाङले भने अहिलेसम्म सहकारीको कर्जा चुक्ता नभएको दाबी गरे । उनले रकम तिरे÷नतिरेको कुरा कागजले बताउने बताए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: