Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

शिक्षा मन्त्रालयको अपिलः महालक्ष्मीद्वारा अवज्ञा

ललितपुर । सरकारले कक्षा ८ को परीक्षा केन्द्र कायम नगरी विद्यालयमै परीक्षा सञ्चालन गर्न दिएको निर्देशनलाई उपत्यकाकै एक नगरपालिकाले अटेर गरेको छ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - ललितपुर महानगरपालिकासँगै सिमाना जोडिएको महालक्ष्मी नगरपालिकाले सो निर्णय अवज्ञा गर्दै केन्द्र कायम गरी परीक्षा सञ्चालन गर्ने भएको छ। अधिकांश स्थानीय निकायले भोलि फागुन २७ गतेको परीक्षा तालिका सार्वजनिक गरेका छन्।

सो नगरपालिकाले २९ गतेदेखि सञ्चालन हुने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ। विश्वका १ सय ३ मुलुकमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको त्रास संसारभर फैलिरहेको अवस्थामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सकभर भीडभाड हुने गरी केन्द्र कायम गरी परीक्षा सञ्चालन नगर्न सार्वजनिकरूपमै अपिल गरेको थियो।

मन्त्रालयले एसईई, कक्षा ११ र १२ बाहेक अन्य परीक्षामा सेन्टर कायम नगर्न गरेको आग्रहलाई अटेर गर्दै महालक्ष्मी नगरपालिकाले सरकारी निर्देशन नमान्ने चेतावनी दिएको हो।

नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले एसईई परीक्षामा सेन्टर कायम गरेको सरकारले नगरपालिकाले लिने परीक्षामा सेन्टर कायम नगर भन्नु गलत भएको तर्क राख्दै उनले भने, ‘हामीलाई कानुनले अधिकार दिएको छ, कसैले भनेको मान्नुपर्छ भन्ने छैन।’ उनले कुनै पनि निकायले लिखित निर्देशन नगरेकाले केन्द्र कायम गरेरै परीक्षा सञ्चालन गरेको दाबी गरे ।

‘उसो भए कोरोनाको विषयमा गम्भीर हुनु जरुरी छैन’ भन्दा उनको भनाइ थियो– ‘हामी गम्भीर छौं तर सेन्टर कायम गरेकै भरमा कोरोना हुनसक्छ भन्ने भावना राख्नु सबैको गलत आधार हो।

‘ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले कक्षा ८ को परीक्षा कहिल्यै पनि केन्द्र कायम गरी सञ्चालन नगरेको ठोकुवा गर्दै भने, ‘अरू स्थानीय तहले जे गर्यो, हामीले त्यही पछ्याउनुपर्छ भन्ने छैन।’

स्थानीय तहको आफ्नै कानुन भएकाले कसैले दिएको निर्देशन मान्न बाध्य नहुने उनको तर्क थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकारले सचेतनाका लागि गरेको आग्रहलाई मान्नुपर्ने बताउँदै भने, ‘यो त शिक्षा मन्त्रालयको मात्र होइन, सरकारको निर्णय हो सबैले पालना गर्नुपर्छ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending