Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

जातीय विभेद गर्ने कर्मचारी पक्रन आनाकानी

काठमाडौं । भाडामा बस्ने विद्यार्थीलाई जातकै कारण कोठा छाडेर जान दबाब दिने सरकारी कर्मचारीलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - पीडित छात्रा दीपा नेपालीले सीमा प्रशासन कार्यालय लामाबगर दोलखाका प्रमुख श्रीकृष्ण बिडारीसहित चारजनाविरुद्ध २० फागुनमा महानगरीय प्रहरी वृत्त बालाजुमा उजुरी दर्ता गरेकी थिइन् । प्रहरीले २१ फागुनमै पक्राउ पुर्जी लिएको थियो । तर, आइतबार साँझसम्म पनि अभियुक्तहरू पक्राउ परेका छैनन् ।

दीपाले बिडारी, बिडारीकी पत्नी राधिका, सोही घरमा डेरा बस्ने जनक ढुंगाना र उनकी श्रीमती सन्तोषीविरुद्ध गत मंगलबार जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरेकी थिइन् ।

बालाजु वृत्त प्रमुख डिएसपी रञ्जितसिंह राठोरले मुद्दा दर्ता भएको भोलिपल्टै पक्राउ पुर्जी जारी भएको बताए । ‘कतिपय मुद्दामा तुरुन्तै पक्राउ गर्नुपर्दैन, अनुसन्धान जारी छ,’ डिएसपी राठोरले भने । पीडितले भने गृहकै कर्मचारी भएकाले प्रहरीले उजुरी गर्न पनि अटेरी गरेको र अहिले कारबाहीका लागि पनि आनाकानी गरिरहेको गुनासो गरिन् ।

पीडित छात्रा नेपालीले घटनाको अनुसन्धान र पीडकलाई कारबाहीको दायरामा ल्याउन सहयोगको माग गर्दै राष्ट्रिय दलित आयोगमा समेत निवेदन दिएकी छिन् ।

पीडितले न्याय पाउनुपर्ने भन्दै उजुरीका लागि समेत प्रहरीकहाँ पुगेका उपेक्षित उत्पीडित दलित वर्ग उत्थान समितिका कार्यकारी निर्देशक बुद्धि नेपालीले भने प्रहरीले पीडकलाई हाजिर हुन खबर गरेको र नआए गिरफ्तार गर्ने जानकारी दिएको बताए ।

सीमा प्रशासन प्रमुख बिडारीको घर काठमाडौंको तारकेश्वर नगरपालिका–१० नेपालटारमा छ । उनको घरमा दुई कोठा भाडामा लिएर १३ मंसिरदेखि भाइबहिनीसहित बसेकी दीपालाई जात थाहा पाएपछि बिडारी परिवारले भोलिपल्टबाटै कोठा छोडेर जान दबाब दिएको थियो । त्यसयता पीडितले पानीसमेत प्रयोग गर्न पाएका छैनन् ।

विभिन्न बहानामा गालीगलौज र अभद्र व्यवहार गर्ने गरेको पीडितको गुनासो छ । बिडारीले १२ फागुनमा भने विभिन्न कारण देखाउँदै घर खाली गर्न सूचना टाँसेका छन् ।

दुई वर्षदेखि कैलालीबाट काठमाडौं आएर पढ्दै गरेकी दीपा यसअघि छात्रावासमा बस्थिन् । हाल उनी त्रिवि केन्द्रीय क्याम्पसमा अंग्रेजी स्नात्तकोत्तर र नेपाल ल क्याम्पसमा एलएलबी अध्ययनरत छिन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy