Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

प्रहरीमा घट्यो शान्ति मिसन आकर्षण

काठमाडौं । नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जान २०४८ फागुन २९ बाट सुरु ग¥यो। तत्कालीन युगोस्लाभियाबाट सुरु भएको यो क्रम अहिले पनि छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - प्रहरीमा जागिर खाएपछि कम्तिमा एकपटक शान्ति मिसन गएर आर्थिक जोहो टार्ने धेरैको इच्छा देखिन्छ। तर, पछिल्लो समयमा शान्ति मिसनको संख्या ह्वात्तै घटेको छ। प्रहरी मुख्यालयको अभिलेखअनुसार २०४८ फागुनदेखि हालसम्म आठ हजार तीन सय २० जना शान्ति मिसनमा गएको देखिन्छ।

यो अवधिमा ४८ जना प्रहरी वरिष्ठ उपरीक्षक, एक सय ९६ जना प्रहरी उपरीक्षक, डिएसपी आठ सय ४७ जना, प्रहरी निरीक्षक एक हजार दुई सय ६५ जना, प्रहरी नायब निरीक्षक एक हजार सात सय १७ जना, प्रहरी सहायक निरीक्षक एक हजार एक सय २७ जना, प्रहरी हवल्दार एक हजार ६ सय ३३ जना, प्रहरी जवान एक हजार चार सय ६३ जना र फलोअर्स एक सय ९४ जनाले मिसन गएको देखिन्छ।

१७ वटा मुलुकमा शान्ति मिसनमा गएको प्रहरी अहिले जम्मा पाँचवटा मुलुकमा मात्रै सीमित रहेको देखिन्छ। फर्म पुलिस युनिट ९एफपीयू० मा जाँदा प्रहरीले वार्षिक १५ लाख रुपैयाँ बचत गर्छन्। अर्को युएनले अफिसर तोकेरै माग्दा एसएसपी, एसपी र डिएसपीसम्मको दर्जा मिसनमा जाँदा वार्षिक झन्डै ७० देखि ८० लाख रुपैयाँसम्म बचत गर्छन्।

युगोस्लाभिया, स्लोभानिया, बोस्निया, कोसोभो, कम्बोडिया, मोजाम्बिक, नेदरल्याण्ड, रुवाण्डा, इराक, पूर्वी टिमोर, सिरियालोन, कंगो, अफगानिस्तान, लाइबेरिया, हाइटी, सुडान, आइभरिकोष्ट, सोमालिया, इटाली र मालीमा पुगेको प्रहरीको शान्ति मिसन टोली अहिले खुम्चिएर सुडान, कंगो, सोमालिया, डार्फर र मालीमा मात्रै सीमित छ। शान्ति मिसनको संख्या घट्दै गएपछि प्रहरीको आकर्षणसमेत घट्दै गएको देखिन्छ।

प्रहरी मुख्यालयमा भेटिएका एक प्रहरी अधिकृतले भने, ‘अब मिसन पनि घट्यो, बढुवा हुन र राम्रो स्थानमा सरुवा हुन कि हाकिमको नजिक हुनुपर्ने कि राम्रा नेताको पहुँच हुनुपर्ने भयो। प्रहरीको आकर्षण कमजोर हुँदै गयो।’

एकातिर मिसन घट्दै जाने र अर्कोतिर प्रहरी समायोजन हुन थालेपछि धेरै प्रहरी कर्मचारीमा निराश देखिन्छन्। खासगरी शान्ति मिसन सम्बन्धित मुलुकले आवश्यक ठानेपछि राष्ट्रसंघमार्फत त्यसको कोटा आउने गर्छ। कतिपय मुलुकमा शान्ति स्थापना हुँदै गएपछि मिसन स्वतः कटौती हुँदै जान्छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy