Ntc summer Offer
Khabar Dabali ३० कार्तिक २०८१ शुक्रबार | 15th November, 2024 Fri
Investment bank

कोरोना भाइरसबाट संकटग्रस्त इटलीको अवस्था कस्तो ? हेर्नुहोस् ७ तस्बिरमा इटलीको अवस्था

काठमाडौं । कोरोनाभाइरसबाट चीन पछि इटली सबैभन्दा बढि प्रभावित बनेको छ । बुधबारसम्म इटलीमा १० हजारभन्दा बढि मानिस कोरोनाबाट संक्रमित भएका छन् । मंगलबारमात्रै कोरोनाको कारण १६८ जनाको ज्यान गएको छ । यो एक दिनमै कोरोनाबाट मर्ने सबैभन्दा ठूलो आंकडा हो ।

यसअघि आइतबार कोरोनाकै कारण इटलीमा १३२ जनाको ज्यान गएको थियो । बुधबार बिहानसम्म इटलीमा कोरोनाकै कारण ६३१ जनाको ज्यान गएको उल्लेख छ ।

अहिलेसम्म कोरोना भाइरसबाट १०९ देशमा १ लाख १३ हजार २५५ व्यक्ति संक्रमित भएका छन् । १०९ देशमध्ये २० देश कोरोनाबाट बढि प्रभावित भएका छन् । विश्वभर अहिलेसम्म ४ हजारभन्दा बढिको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सडक खाली

\"\"/

इटलीमा कोरोनाभाइरसको संक्रमण बढेसँग सबै स्कुल तथा विश्वविद्यालयहरु बन्द भएका छन् । अहिले मानिसहरुलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

कडा चेकजाँच

\"\"/

इटलीमा इमरजेन्सीबाहेक बाहिर हिँडडुल गर्न मनाही छ । सरकारले बाहिर हिँड्नेहरुलाई चेकजाँच गरेर मात्रै हिँडडुल गर्न दिएको छ । जसको लागि ठाउँ ठाउँमा चेक प्वाईन्ट खडा गरिएको छ ।

सेना तैनाथ

\"\"/

इटलीको मिलान, रोम, ट्यूरिन र सिसिलियासमेत सबै ठूला शहरमा सेनालाई तैनाथ गरिएको छ । सेनाका जवान मानिसहरु प्रति नजर राखिरहेका छन् ।

मेट्रो, रेलवे स्टेशन र एयरपोर्ट खाली

\"\"/

इटलमा ट्राभलमाथि पुरै प्रतिबन्ध लगाइएको छ । मानिसहरुलाई अत्यावश्यक बाहेक यात्रा गर्न मनाही गरिएको छ । मानिसहरुलाई मास्क र सैनिटाइजरको प्रयोग अनिवार्य गर्न लगाइएको छ ।

बजार पूर्णं बन्द

\"\"/

कोरोनाको बढ्दो संक्रमणसँगै इटलीमा पछिल्लो १५ दिनदेखि बजार पूर्णं बन्द छ ।

बिरामी राख्न ३ सयभन्दा बढि सेन्टर

\"\"/

इटलीमा कोरोनाभाइरसको उपचारको लागि देशका सबै अस्पताललाई अलर्टमा राखिएको छ । त्यहाँ उपचारको लागि ३ सयभन्दा बढि सेन्टर बनाइएको छ । जहाँ संक्रमित बिरामीहरुलाई राखिएको छ । एजेन्सीको सहयोगमा

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy