काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्र देवले सत्तारुढ दल नेकपाभित्र मौलाईरहेको व्यक्तिगत स्वार्थ र नेताको देवत्वकरणबारे तिखो प्रहार गरेका छन् । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा सांसद देवले सत्तारुढ दलभित्र देखिएको व्यक्ति पुजा गर्ने संस्कृतिले देशलाई दुर्घटनातिर लैजाने बताएका छन् ।
गणतन्त्र पक्षधर शक्तिहरुबीच न्यूनतम सहमति हुनुपर्ने भन्दै सांसद देवले भने, ‘हामी वामपन्थी आन्दोलनभित्र व्यक्तिपूजाको अवस्था त सिर्जना गरिरहेका छैनौं ? देवत्वकरण त गरिरहेका छैनौं ? यस्तो प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउँछ र देशलाई दुर्घटनामा लैजान्छ ।’
उनले भर्खर एकता प्रकृयामा आएका राप्रपा र साझा पार्टीले संघीयता र धर्मनिरपेक्ष विपरित जनमत संग्रह जानुपर्ने राखिएको धारणाप्रति सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । राप्रपाहरुको एकता र साझा पार्टीको घोषणा संयोग मात्र हो वा कुनै राजनीतिक डिजाइन पनि छ भन्ने बुझ्नुपर्ने उनले बताए ।
उनले संविधान घोषणाको बेलादेखि नै केही शक्तिले असहमति राखेको भएपनि उनीहरु अग्रगामी शक्ति भएको भन्दै संविधान संशोधन गरेर उनीहरुलाई पनि साथमा लैजाने वातावरण बनाउन माग गरे ।
तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भने पार्टीको जोडघटाउका लागि राष्ट्रपतिबाट मनोनित गर्ने राष्ट्रियसभा सदस्यको संख्या बढाउन संविधान संशोधन गर्ने बहस भइरहेको भन्दै सांसद देवले असन्तुष्टि जनाए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: