काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जननिर्वाचित जनप्रतिनिधि र नेताहरुलाई घरघरमा गएर कोरोना भाइरसबारे जनचेतना जगाउन निर्देशन दिएका छन् । मंगलबार काठमाडौं महानगरपालिकामा कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरु र पार्टीका क्षेत्रीय सभापतिहरुसँग बबरमहलमा आयोजित छलफलमा नेता सिंहले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी उनीहरूको सेवामा खटिन निर्देशन दिएका हुन् ।
नेता सिंहले विश्वव्यापीरुपमा माहामारी फैलिएको कोरोनाको कारण जनता त्रसित रहेको भन्दै उनले नेता तथा कार्यकर्ताले जनताको आत्मबल बढाउन सम्यमित र सर्तक भएर जनचेतना बढाउनु पर्नेमा जोड दिए । साथै कोरोना भाइरसको त्राससँगै कृत्रिम अभाव सुरु भएको भन्दै उनले जनजीवन सहज बनाउनतेर्फ भूमिका खेल्न निर्देशन दिए ।
नेता सिंहले बजारमा कृत्रिम अभाव हुँदासमेत वर्तमान सरकारले हस्तक्षेपकारी भूमिका देखाउन नसक्नु दुःखद भएको बताए । अहिलेको संकटमा सरकारलाई सहयोग गर्न कांग्रेस तयार रहेको बताउँदै नेता सिंहले कालोबजारी र महँगी नियन्त्रण गर्न तथा कोरोनाको सम्भावित संकट पार लगाउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताए ।
छलफलमा काठमाडौं महानगरपालिकामा कांग्रेसका तर्फबाट निरवाचित जनप्रतिनिधिहरुले मेयर र कर्मचारीहरुले आफूहरुलाई असहयोग गरेको, रकम बिनियोजनमा पक्षपात गरेको, कांग्रेसका प्रतिनिधिहरुले लगेका योजना अलपत्र पार्ने गरेको लगायतका गुनासा गरेका थिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: