Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

एक परिवारलाई मासिक १ सिलिण्डर

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ वितरण नीति तथा प्रणाली लागू गरी सो व्यवस्था गरेको हो । त्यसका लागि बिक्रेताले उपभोक्ताको नाम, ठेगाना नागरिकता नम्बर र फोन नम्बरसहितको तथ्याङ्क राख्नुपर्नेछ ।

सो तथ्याङ्क जिल्ला प्रशासन कार्यालय वा निगमले अनुगमनका बेला वा जुनसुकै बेला पनि बिक्रेतासँग माग्न सक्नेछ । ग्यास उद्योगले डिलर बिक्री गरेको सिलिन्डरको परिमाण र डिलरले उपभोक्तालाई बिक्री गरेको परिमाण नियमित रूपमा परीक्षण गर्नुपर्नेछ ।

निगमका अनुसार ग्यास उद्योगले बिक्रेतालाई पठाउने ग्यास सिलिन्डरको परिमाण, बिक्रेताको नाम, ठेगाना, प्यान वा भ्याट नम्बरलगायतका विवरण खुलाउनु पर्नेछ । निगमको स्वीकृतिबिना ग्यास बिक्री गर्न पाइने छैन । काठमाडौं उपत्यकामा नेपाल आयल निगमको कार्यालय, निगमको स्थानीय कार्यालय भएको जिल्लामा सोही कार्यालयबाट र निगमको कार्यालय नभएको जिल्लामा जिल्ला प्रशासन कार्यालयको स्वीकृत लिएरमात्र बिक्री–वितरण गर्नुपर्नेछ । अर्को सूचना जारी नभएसम्मका लागि यही प्रक्रियामा ग्यास वितरण हुने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

ग्यास उद्योगीले आफूसँग भएको ग्यासको सुरुको मौज्दात, भन्सारबाट आयात भएको परिमाण, उद्योगमा स्ट्यान्डवाई बसेको बुलेटको परिमाण, गोदाममा भरेर राखिएको सिलिन्डरको परिमाण र अघिल्लो दिन बिक्री–वितरण गरिएको परिमाणसहितको क्लोजिङ स्टक देखिने फेरिस्त विवरण हरेक दिन बिहान १० बजे निगमको एलपीजी विभाग वा जिल्ला प्रशासनमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

ग्यास उद्योगको भन्डारमा निगमले ग्यास भन्डारण गर्ने भएको छ । ग्यास उद्योगको भन्डारण क्षमता न्यून रहेको हँुदा भन्डारण गृहलाई निगमले सरकारको आकस्मिक परिस्थितिजन्य मागलाई धान्न भन्डारण गृहका रूपमा प्रयोग गर्ने भएको छ । भन्डारण गृहमा गरिने मौज्दात सम्बन्धित उद्योगको भन्डारण क्षमताको ५० प्रतिशत हुने र एक महिनाभित्र उक्त कार्य पूरा गरिने पौडेलको भनाइ छ ।

अत्यावश्यक सेवाको सुनिश्चितताका लागि प्रत्येक ग्यास उद्योगले आफ्नो उद्योगको दुई दिनको सिलिन्डर बिक्री बराबरको परिमाण तयारी अवस्थामा राख्नुपर्नेछ । यसरी तयारी अवस्थामा राखिएको सिलिन्डरको बिक्री–वितरण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको निर्देशन बमोजिम गर्नुपर्नेछ ।

ग्यास उद्योगले आफ्नो बिक्रेतामा रहेका सबै खाली सिलिन्डरलाई यथाशिघ्र उद्योगमा केन्द्रित गर्नुपर्नेछ । विषम परिस्थितिमा केन्द्रीकृतका लागि निगमले सहजीकरण गर्ने बताइएको छ । सम्भव भएसम्म सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको ग्यास उद्योगीहरूले बताएका छन् । ग्यास उद्योगको भन्डार सरकारले प्रयोग गरे आफूहरूलाई आपत्ति नहुने बताइएको छ ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले भने, ‘सम्भव भएसम्म हामी सहयोग गर्छौं, आधा भण्डारण सरकारले प्रयोग गर्ने कुरामा हाम्रो आपत्ति हुने कुरै भएन तर कोरोना भाइरसको सुरक्षाका हिसाबले ग्यास उद्योग पनि समस्यामा पर्न सक्छन्, भारतको उडिसाबाट ग्यास बुलेट आउने हुन्, ती कति सुरक्षित छन्, भाइरस नसर्ने गरी कसरी काम गर्ने, श्रमिकको समस्या भइसकेको छ उनीहरू काम गर्न मानिरहेका छैनन् ।’

लकडाउन भइरहेको अवस्थामा यदि कसैको ग्यास सकिए पहिला आफूले लिइरहेको र सम्बन्धित ग्यास बिक्रेताकहाँ ग्यास लिन निगमले निर्देशन गरेको छ । पौडेलले भने, ‘लकडाउनको अवस्थामा उपभोक्ताले ग्यास, पेट्रोल तथा डिजेलको समस्यामा पर्नु हुँदैन, लकडाउनमा हामीले वितरण प्रणाली मिलाएका छौँ, ग्यास सजिलै पाइन्छ ।’

ग्यास व्यवसायीले लकडाउनको अवधिमा ग्यास भन्डारण तीव्र बनाएका छन् । फागुन १० गतेसम्म रिटेल काउन्टर सञ्चालन गरेर ग्यास वितरण गरेका व्यवसायीले लकडाउन सुरु भएपछि भण्डारण तीव्र बनाएको अध्यक्ष भण्डारीले जानकारी दिए । सङ्घका अनुसार १२ हजार मेट्रिक टन उद्योगमा भन्डार गर्नसकिन्छ भने १२ हजार मेट्रिक टन सिलिन्डरमा भन्डारण गर्नसकिनेछ । कोरोना भाइरसको त्रासले बजारमा अभाव हुन्छ कि भनेर मागभन्दा बढी नै वितरण भएकाले तत्काल समस्या नहुने सङ्घले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy