काठमाडौं । शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार दुई सय ९४ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस यामको आरोहणमा विभिन्न ४६ हिमाल आरोहण गर्न एक सय ५९ आरोही समूहका दुई सय ९४ महिला र एक हजार ७२ पुरुष गरी एक हजार दुई सयभन्दा बढीले अनुमति पाएका हुन् ।
यस यामको आरोहण अनुमति आजदेखि सकिएको विभागका निर्देशक राकेश गुरुङले बताए । उनका अनुसार यो पटक आमादब्लम हिमाल आरोहणका लागि सर्वाधिक ४१ आरोही समूहका चार सय एकासीले अनुमति लिएका छन् ।
यस्तै मनास्लु हिमाल आरोहणमा २८ आरोही समूहका तीन सय आठ, हिम्लुल आरोहणका लागि १२ आरोही समूहका एक सय ४४ तथा धौलागिरीमा एक आरोही समूहका १४ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ ।
नेपालसहित ७३ देशबाट हिमाल आरोहणका लागि आरोहीले अनुमति लिएका हुन् । हिमाल आरोहणवापत रु आठ करोड ५८ लाख ८३ हजार चार सय ४६ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ । मनास्लु र हिम्लुङको आरोहण सकिएको छ । अमादब्लमलगायत हिमालको आरोहण धमाधम भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १० गते, २०८२ - १९:२४
काठमाडौं । सुनसरी र नुवाकोटमा भएका सवारी दुर्घटनामा २ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१४ बिजयपु...
भाद्र १० गते, २०८२ - १९:०६
स्याङ्जा । वालिङ नगरपालिका–५ बाहुनडाँडा बस्ने ३२ वर्षीय ढाल बहादुर थापाको हत्यामा संलग्न रहेको अभियोगमा ८ जनालाई पक्राउ परेको पनि छ । पक्राउ पर्नेह...
भाद्र १० गते, २०८२ - १८:००
ललितपुर । ललितपुर महानगरपालिका– ४, भनिमण्डल शान्तिकुना मार्ग डेरा गरी बस्ने सिन्धुली घर भएका २६ वर्षीय गौरव स्याङ्तानलाई स्रोत नखुलेको नगद ९१ लाख ५० ह...
भाद्र १० गते, २०८२ - १७:५७
बागलुङ । यहाँको काठेखोला गाउँपालिका वडा नम्बर १ पालाका तुलबहादुर खत्रीको दुई हलको मेलामा रोपेको धानको रोपो पूर्ण रूपमा कुहिएको छ । गोडमेल गर्ने बेलामा...
भाद्र १० गते, २०८२ - १७:५३
काठमाडौं । वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ गरेका छन् । पक्राउ पर्नेहरूमा स्याङ्जा पुतली...
भाद्र १० गते, २०८२ - १७:४८
गुल्मी । मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ भएको छ । निर्माण व्यवसायीले तोकिएको समयमा सडक निर्...
भाद्र १० गते, २०८२ - १७:४५
काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटबारे पछिल्ला दिनहरूमा फैलिएको भ्रमबारे स्पष्टीकरण दिएको छ । विभागका अनुसार तत्काललाई इम्बोस्ड ...
भाद्र १० गते, २०८२ - १७:३९
काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका–१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बजारको कोलाहल, धुँवाधुलो र प्...
भाद्र १० गते, २०८२ - १७:३५
सिन्धुपाल्चाेक । तातोपानीबाट बाह्रबिसे जाँदै गरेको बोलेरो भोटेकोसी नदीमा खस्दा चालकसहित दुईजना बेपत्ता भएका छन् । दिउँसो साँढे ३ बजे भोटेकोसी गाउँप...
भाद्र १० गते, २०८२ - १७:३२
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दलित सशक्तिकरण ऐन संशोधन गर्न लागेको छ । बनेको चार वर्षसम्म पनि कार्यान्वयन हुन नसकेपछि सरकारले दलित सशक्तिकरण ऐन स...
प्रतिकृया लेख्नुहोस्: