काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका वासीको घर वा टोलमा अत्यावश्यकीय वस्तु ढुवानी गर्न मिनिट्रकको व्यवस्था गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेको टोल फ्रि नम्बर ११३७ मा उपभोक्ताले खान नपाएको भन्ने गुनासो आएपछि मिनिट्रकमार्फत अति आवश्यकीय खाद्य ढुवानीको व्यवस्था गर्न लागेको हो ।
आजको गोरखापत्र दैनिकमा खबर छ ती मिनिट्रकलाई विशेष पास उपलब्ध गराएर अति आवश्यकीय खाद्यान्न जस्तो चामल, दाल, तेल, नुन, आलुलगायतका ढुवानी गर्नसकिने गरी तयारी भएको मन्त्रालयले जनाएको छ ।
सङ्कटका बेलामा जसरी पनि सेवा दिने मनस्थिति बनाएर बस्न व्यापारिक प्रष्ठिानलाई आग्रह गरिएको पनि उहाँले जानकारी दिए ।
मन्त्रालयले निजीस्तरबाट सञ्चालित ठूला खाद्यान्न बिक्रेता सुपरमार्केटलाई घरसम्मै ढुवानीको व्यवस्था गर्न आग्रह गरेको छ । मन्त्रालयले चैत ११ देखि १८ गतेसम्म मुलुक लकडाउन गरेकाले ठूला खाद्यान्न बिक्रेतासमेत रहेका सुपरमार्केटलाई उपभोक्ताको मागअनुसार घरसम्मै खाद्यान्न ढुवानी गरी कोरोना भाइरस नियन्त्रणको प्रयासमा सहयोग गर्न आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले ठूला सुपरमार्केट भाटभटेनी, बिगमार्ट, सेलवेज, सेल्सवेरीलगायतलाई उपभोक्तालाई चाहिने अति आवश्यकीय खाद्यान्नको ढुवानीको व्यवस्था गर्न आग्रह गरिएको जानकारी दिए ।
उनका अनुसार मन्त्रालयले खाद्यान्न बिक्रीका लागि एकभन्दा बढी स्थानमा बिक्रीकक्ष राखी बिक्री–वितरण गर्ने ठूला बिक्रेता भाटभटेनी सुपरमार्केट, बिगमार्केट, सलेवेज, सेल्सबेरीजस्ताले आफ्नो बिक्रीकक्षबाट नियमित बिक्री गर्नुका साथै आफ्ना ग्राहकलाई उनीहरूकै ठेगानासम्म डेलिभरि गर्ने व्यवस्थासमेत आग्रह गरिएको छ ।
प्रवक्ता दाहालले मन्त्रालयले तरकारी, फलफूल, दूध, पानी, औषधि पसललाई नियमित रूपमा खुला गर्न आग्रह गरेको र धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोकलगायतका जिल्लाबाट उपत्यकाका लागि तरकारी तथा दूध, बोकेर आउने सवारीसाधनलाई निर्वाध प्रवेशको व्यवस्था गरिएको जानकारी दिए ।
‘कुनै निश्चित समय तोकेर अत्यावश्यक वस्तुको कारोबार गर्ने पसल खुला राख्न निर्देशन दिँदा भीडभाड होला कि भन्ने लागेर आवश्यकता अनुसार नियमित रूपमा खुला राख्न निर्देशन दिने निर्णय भएको दाहालले जानकारी दिए ।
त्यसैगरी, सरकार स्वामित्वका साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिक्री केन्द्र सुचारु राख्न पनि निर्देशन दिइएको छ । पेट्रोल पम्प सीमित सङ्ख्यामा खुला राख्ने र त्यसका लागि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्न निर्देशन दिइएको छ । लकडाउनका कारण मङ्गलबार सबै ग्यास डिपो बन्द भएपछि सरकारले बुधबारबाट खुला राख्न पनि निर्देशन दिएको दाहालले बताए ।
भारतले मंगलबार रातिदेखि लागू हुने गरी २१ दिने लकडाउनको घोषणा गरेसँगै ग्यासको अभाव हुन नदिनका लागि सरकारले विशेष पहल गरिरहेको पनि उनले जानकारी दिए ।
मन्त्रालयका अनुसार आपूर्ति व्यवस्थालाई सहजीकरण गर्न नेपाल र भारतका वाणिज्य सचिवबीच नियमित कुराकानी हुने व्यवस्था मिलाइएको छ । अहिलेसम्म भारतबाट आयात हुने कुनै पनि वस्तुमा अवरोध भएको छैन र अहिलेसम्म निर्वाद रूपमा सबै सामान आइरहेको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: