Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कोरोनाबाट सुरक्षाकर्मी कति सुरक्षित ?आजबाट नछोइ पक्राउ गर्न सकिने डिभाइसको प्रयोग

काठमाडौं । भीडभाड होस् या कुनै घटना ‘फ्रन्ट लाइन’मा उभिने सुरक्षा निकाय नै हो । विश्वका मानिस कोरोनाको कहरमा रहेको वर्तमान परिस्थितिमा प्रहरीको भूमिका अझै बढ्छ । केही दिनअघि भारतीय सीमा क्षेत्रमा अड्किएका नेपालीले प्रदर्शन नै गरेका थिए । उनीहरुलाई नियन्त्रण गर्न प्रहरीला हम्मेहम्मे भएको थियो । क्वारेन्टाइनमा बसेका नेपालीहरुको भागाभाग हुँदा पनि प्रहरी नै भीड नियन्त्रणमा खटिनुपरेको थियो ।

यस्तो परिस्थितिमा भीडभाड नियन्त्रणका लागि अग्र–पङ्क्तिमा खटिनुपर्ने सुरक्षाकर्मी आफू चाहिँ कति सुरक्षित रु मास्क र सामान्य पञ्जाले मात्रै जोखिमबाट सुरक्षित होला ? सुरक्षाकर्मी एक जनामा रोग देखियो भने अन्य व्यक्तिमा सर्नसक्ने सम्भावना अधिक हुन्छ । “हामी जस्तो सुकै परिस्थितिमा पनि नेपाल र नेपालीको सुरक्षामा खटिन्छौँ, हाम्रो प्रण हो, तर मनोबल बढाउने काममा नेतृत्व गम्भीर हुनुपर्छ”, काठमाडौँको सडकमा सुरक्षार्थ खटिएका एक प्रहरी जवान अनुभव सुनाउँदै भने । उनी हातमा पञ्जासमेत नलगाई सुरक्षामा खटिएका थिए।

हर मान्छे निस्किन्छन् । समाएरै लैजानुपर्ने बाध्यता हुन्छ । दूरी कायम नगर्दा जोखम बढी हुन्छ । मुलुकभर सुरक्षामा खटिएका नेपाल प्रहरीले आफ्नो सुरक्षाका लागि सेनिटाइजर र मास्क बाहेक अरू स्वास्थ्य सुरक्षामा गम्भीर भएको पाइँदैन । सशस्त्र प्रहरीको पनि अवस्था उस्तै छ । यस्तो परिस्थितिमा मनोबल उच्च बनाउनका लागि पनि प्रोत्साहन भत्ता दिनुपर्ने कतिपयले बताएका छन् ।

प्रहरी निरीक्षकभन्दा माथिल्लो तहका प्रहरी कर्मचारीलाई भन्दा पनि परिवार नभनी दिनरात सुरक्षामा लागेका तल्लो तहका कर्मचारीको विषयमा सरकारको ध्यान जानुपर्ने कपिपयले गुनासो गरेका छन् ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल उनीहरुको मनोबल नगिरोस् भन्नेमा नेतृत्व सचेत रहेको बताउछन् । “सङ्गठनका उच्च तहका अधिकृतहरु सँगसँगै खटिएका छौँ, जुन उनीहरुको मनोबलमा आँच नआओस् भन्ने नै हो”, पोखरेलले भने ।

“सबैको भोगाई उस्तै हो, सरकारको आदेश उल्लङ्घन नगर्नुस् भनेर नजिक गएर बोल्नुपर्छ, सामान्य कपडाको मास्क लगाएर दैनिक रुपमा सुरक्षामा खटिनुपर्छ, सबै घरबासमा बसेका बेला रातदिन परिवार नभनी सडकमा खटिनुपर्छ”, एक प्रहरी कर्मचारीले गुनासो गर्दै भने, “सुरक्षामा खटिनु हाम्रो कर्तव्य त हो, कसरी हुन्छ अझै उच्च मनोबल बढाउन जरुरी छ ।”

सरकार र जिल्ला सुरक्षा समितिको निर्देशनअनुसार आवश्यक मात्रामा टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रहरी नाबय महानिरीक्षक प्रविणकुमार श्रेष्ठ बताउछन् । प्रहरीलाई सबैभन्दा जोखिम छ, त्यसैले केही सावधानी अपनाउँदै सानो टोली बनाएर परिचालन हुने, अधिकतम गाडीको प्रयोग गर्ने, मोटरसाइकल प्रयोग गर्ने गरिएको र सूचना लिने काममा बढी सक्रिय भएको उहाँले जानकारी दिए ।

उनी प्रहरीको मनोबल उच्च गराउन विश्वमा प्रयोग गरिएको प्रोत्साहन भत्ता पनि आवश्यक छ भन्छन् । सुरक्षा निकायका तर्फबाट प्रोत्साहन भत्ताका लागि प्रस्तावसमेत पेश भएको बताइएको छ ।

अहिले सडकमा आउनु कतिपयकोे रहर देखिन्छ । प्रहरीको भने कर्तव्यसँगै बाध्यता छ । जोखिमपूर्ण अवस्थामा सुरक्षामा खटिएको प्रहरीको तलब काट्ने कुरा पनि सुनिरहेकाले त्यसरी तलब काट्न असर पर्ने चिन्ता तल्लो तहका प्रहरी कर्मचारीको छ ।

प्रहरीद्वारा नछोइ पक्राउ गर्न सकिने डिभाइसको प्रयोग

आजबाट काठमाडौँमा नेपाल प्रहरीले नछोइकन पक्राउ गर्न सकिने डिभाइसको प्रयोग थालेको छ । सडकमा अनावश्यक रुपमा हिँडेकालाई पक्राउ गर्न काठमाडौँ प्रहरीले उक्त डिभाइसको प्रयोग थालेको हो ।

आजदेखि शुरु भएको उक्त डिभाइसलाई ‘मल्टी फङ्क्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’ भनिन्छ । यसले केही मिटरको दूरीबाटै मानिसलाई नियन्त्रणमा लिन सहयोग गर्छ । जसका कारण मानिसलाई छोइरहनु पर्दैन । यसले रोगबाट बच्न सहयोग गर्ने विश्वास गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पोखरेलले बताए ।

आज पहिलो दिन छ वटा डिभाइस प्रयोग गरिएको छ । मानिसहरु सरकारी आदेश नमानी हेल्चेक्र्याइ गरेर सडकमा हिँड्न थालेपछि उनीहरुलाई नियन्त्रणमा लिन यसरी डिभाइसको प्रयोग गरिएको हो । प्रहरी प्रधान कार्यालयमा भएका अन्य डिभाइसलाई समेत प्रयोग गर्ने तयारी नेपाल प्रहरीको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies