Ntc summer Offer
Khabar Dabali १ बैशाख २०८२ आईतवार | 13th April, 2025 Sun
Investment bank

राजावादी शक्तिहरुकाे साथमा राप्रपाको प्रदर्शन, सीसी क्यामेरा र ड्रोनबाट निगरानी

२ हजार प्रहरी परिचालनकाे तयारी

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा सभा गर्दैछ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो ।

उपत्यका बाहिरका जिल्लाहरूबाट समेत ठूलो संख्यामा मान्छे सभामा उपस्थित हुने  राप्रपाले दाबी गरेको छ । राप्रपाको भोलि मंगलबारको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् । राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् ।

सोही अनुसार सुरक्षा रणनीति बनाएर परिचालन गरिने बताइएको छ । जिल्ला सुरक्षा समितिको सुरक्षा विश्लेषणपछि राप्रपाले माग गरेको भृकुटीमण्डपमा नभई बल्खु क्षेत्रमा प्रदर्शन तथा सभाका लागि ठाउँ दिइएको छ । बल्खुको सभाका लागि भने २ हजार प्रहरी परिचालन गरिने बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले २ हजारको हाराहारीमा प्रहरी परिचालन हुने दाबी गरे ।

सादा पोशाकदेखि बर्दीका प्रहरी गरेर २ हजार खटिने उनको भनाइ छ । त्यसैगरी सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले भने आवश्यकताअनुसार सुरक्षाकर्मी खटाउने बताएका छन् । ‘अहिले नै संख्या नभनौं, आश्वयकताअनुसार प्रहरी टोली परिचालन हुन्छ,’ उनले भने ।

यसका साथै सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट प्रदर्शनको निगरानी गरिने प्रहरीले जनाएको छ । उच्छृङ्‍खल गतिविधि गर्नेहरूलाई विशेष निगरानी राख्दै कारबाहीको प्रक्रिया समेत अघि बढाइने दाबी प्रहरीले गरेको छ ।

१५ चैतमा राजावादीको तर्फबाट दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । जसमा कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजगको मृत्यु भएको थियो । यता प्रहरीले अनाश्यक दमन गरेको भन्दै त्यसको आलोचना समेत भइरहेकै छ ।

तीनकुने घटनाबाट झस्केको प्रहरीले अहिले भने सुरक्षा रणनीतिबारे केही बताउन चाहेको छैन । तीनकुनेजस्तो बल्खु क्षेत्र संवेदनशील नभएको र तीनकुनेको जस्तो उच्छृङ्‍खल गतिविधि समेत नहुने सुरक्षा विश्लेषण गरिएको छ ।

यता राप्रपाले ठूलो संख्यामा जुलुस आएर बल्खुमा सभा हुने र त्यसलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने बताइएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कार्य सम्पादन समितिको बैठक भर्खरै सम्पन्न भएको र भोलिको प्रदर्शन र सभा सफल बनाउने निर्णय भएको बताए ।

उनका अनुसार मंगलबार साढे ११ बजेबाट उपत्यकाका विभिन्न ठाउँहरुबाट जुलुस निस्कने छन्  । अहिले नै कति ठाउँबाट निस्कने भन्ने यकिन भइनसकेको उनको भनाइ छ ।

मंगलबारको प्रदर्शन शान्तिपूर्ण हुने त्यसका लागि राप्रपाले समेत ठूलो संख्यामा स्वयंसेवक परिचालन गर्ने उनको भनाइ छ । उनका अनुसार कमल थापा नेतृत्वको राप्रपा नेपालले समेत भोलिको प्रदर्शनलाई समर्थन गरेको छ । जगमान गुरुङ नेतृत्वको राजतन्त्र पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति, शिव सेना नेपाललगायतले समेत मंगलबारको प्रदर्शनलाई समर्थन गरेको श्रेष्ठको भनाइ छ ।

बागमती प्रदेशस्तरीय सभा भएकाले बागमती प्रदेशका जिल्लाहरुबाट समेत सभामा सहभागी हुन ठूलो संख्यामा मान्छे काठमाडौं आउने दाबी उनको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाएको छ ।  सहकारी ठगी तथा संगठित अपराध क...

किन मेटाइयो हेटौँडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम ?

काठमाडौं । मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न नहुने भन्दै हेटौँडा अस्पताल बचाऊँ तथा...

शेयर बजारमा ६ अर्ब २८ करोड माथिको कारोबार

काठमाडौं । आज शेयर बजार अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशलमव ६२ अंकले घटेर २,६६२को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनीको शेयर ...

२१ महिनामा कर्णालीमा बने २३ पक्की पुल र ४२ झोलुङ्गे पुल

सुर्खेत । आर्थिक वर्ष २०८०/८१ देखि हालसम्मका २१ महिनाको अवधिमा कर्णाली प्रदेशभरी ६५ पुल निर्माण भएका छन् ।  भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले...

पुर्व आईजीपी राणाको अन्तिम बिदाइ (फोटोफिचर)

काठमाडौं ।  नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको अन्तिम बिदाइ गरिएको छ । राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । उनको नर्भिक अस्पतालमा ...

शिक्षकका माग सम्बोधन गर्न शिक्षामन्त्री भट्टराई पुगिन अर्थ मन्त्रालय

काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अर्थ मन्त्रालय पुगेकी छन् । मन्त्रिपरिषद् र मन्त्...

प्लास्टिक सर्जरीका कारण नक्कली पासपोर्ट भन्दै विमानस्थलमा रोकिएपछि...

काठमाडौं । सुन्दर देखिने चाहनामा विश्वभर प्लास्टिक सर्जरीको चलन तीव्र गतिमा बढेको छ। धेरै पटक यो कस्मेटिक सर्जरीले अत्यन्तै सुन्दर बनाउँछ, तर केही अवस...

वर्षा गराउने प्रणाली उत्तरपूर्व सर्दै गरेकाले सतर्कता अपनाउन महाशाखाकबो आग्रह

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले वर्षा गराउने प्रणाली उत्तर पूर्व सर्दै गरेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । हाल बागमती प्रदेश, लुम्बिनी...

कुवेतविरुद्ध बसिर अहमदको अर्धशतक पूरा

काठमाडौं । चारदेशीय टी-२०आई सिरिजको फाइनलमा नेपालका बसिर अहमदले अर्धशतक पूरा गरेका छन् । हङकङमा जारी खेलमा कुवेतविरुद्ध उनले ३० बलमा अर्धशतक पूरा गरेक...

सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

काठमाडौं । सुडानी अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले डार्फर क्षेत्रमा भिषण आक्रमणमा परी १०० भन्दा बढील ज्यान गुमाएका छन् । विस्थापित मानिस...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending