Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

मध्यपुरथिमिका घर-घरमा स्वास्थ्यकर्मी, स्वास्थ्य परीक्षणदेखि स्वाब सङ्कलन शुरु

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोभिड–१९ को संक्रमण फैलिन नदिन आवश्यक सम्पूर्ण तयारी गरेको छ । नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालन गर्नाका साथै कोरोना संक्रमित कोही आइहाले तत्कालै उपचार गर्नका लागि २४ घण्टा चिकित्सकसहितको टोलीलाई तयारी अवस्थामा राखेको छ ।

विदेशबाट आएका नागरिकको पहिचान गरी उनीहरुका घरघरमा स्वास्थ्यकर्मीको टोली परिचालन गर्दै स्वास्थ्य परीक्षणदेखि स्वाब संकलन शुरु गरिएको छ । “मध्यपुरथिमिमा विदेशबाट फर्किएका प्रत्येक नागरिकको पहिचान गर्दै घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर ज्वरो नाप्ने, ट्राभल हिस्ट्रीदेखि सबै डाटा लिने गरेका छौँ”, नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने “टेकु अस्पतालबाट किट ल्याएर शंकास्पद व्यक्तिको स्वाब संकलन गरी टेकु पठाउन शुरु गरेका छौँ ।”

विदेशबाट फर्किएकालाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिँदै उनले शंकास्पद आए उपचार गर्न आइसोलेशनदेखि चिकित्सकको टोली तयारी अवस्थामा राखिएको बताउनुभयो । नगरपालिकाले अहिलेसम्म वडा नं ५, ६ र ९ मा विदेशबाट फर्किएका ३० जनाको पहिचान गरी स्वास्थ्य परीक्षण गरेको छ भने विदेशबाट फर्किएका अन्य वडाको पनि खोजी एवं लगत संकलन शुरु गरेको छ । विदेशबाट फर्किएकालाई स्वास्थ्य निगरानीमा राखिएको छ ।

नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालमा चार भेन्टिलेटरसहित कोरोना संक्रमित मात्रै बोक्नका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । मध्यपुरथिमिका मात्रै नभई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र पाटन अस्पतालमा शय्या अभाव भएमा यहाँ उपचारमा गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ । संक्रमितको उपचारमा खटिने चिकित्सकको टोलीका लागि अवश्यक पिपिइ सेट सहित सबै सामग्री तयार छ ।

“कोरोना संक्रमितको उपचारका लागि हामी तयारी अवस्थामा छौँ, हाम्रो अस्पतालमा अहिले चार वटा भेण्टिलेटर सहित आइसियु तयारी छ, दुईवटा भेण्टिलेटर थप्ने तयारीमा छौँ”, नगर प्रमुख श्रेष्ठले भने, “चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली २४ सै घण्टा तयारी अवस्थामा राखेका छौँ, अस्पतालको नयाँ ब्लक र भवनमा तत्काल १६ शय्याको आइसोलेशन वार्ड तयार छ, एउटा गेष्टहाउसलाई क्वारेन्टाइनका लागि तयारी अवस्थामा राखेका छौँ ।” आवश्यकता पर्दा आइसोलेशन वार्डलाई ४० शय्यासम्म पुर्याउने गरी तयारी गरिएको छ ।

अस्पताल नजीकैको गेष्ट हाउसलाई बिरामीको उपचारमा २४ सै घण्टा खटिन चिकित्सकसहितको टोलीका लागि आवासीय व्यव्स्था गरिएको जानकारी दिँदै नगरप्रमुख श्रेष्ठले गेष्ट हाउसमै क्वारेन्टाइनको समेत व्यवस्था गरिएको बताए । उनले गेष्ट हाउस र बोडेको कृषि विकास बैंकको तालीम भवनमा ७० जना क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको जानकारी दिँदै आवश्यक परे यसलाई थप्दै जाने बताए ।

प्रत्येक वडाको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ । अस्पतालले नयाँ सञ्चालनमा ल्याएको ल्याबमा कोरोनासंँग मिल्दोजुल्दो लक्षणको परीक्षण शुरु गरेको छ । स्वाब परीक्षण र संक्रमितको पहिचानका लागि भने टेकु अस्पतालमै पठाउने गरिएको छ । नगरपालिकाले भाइरस निर्मलीकरण स्प्रे छर्न पनि शुरु गरेको छ । बाहाखा बजारसहित भित्री बस्तीमा स्प्रे छरिएको छ भने आवश्यकता र मागअनुसार आज अन्य क्षेत्रमा पनि स्प्रे छरिने छ ।
खाद्यान्न अभाव हुन नदिइने

नगरपालिकाले मध्यपुरथिमि क्षेत्रमा खाद्यान्नको अभाव र भोकमरी हुन नदिने भएको छ । खाद्यान्नको अभाव भए खाद्य भण्डारमार्फत बिक्रीवितरणको व्यवस्था मिलाइने छ । केही परिमाणमा अत्यावश्यक खाद्यान्न नगरपालिकाले भण्डार गरी वडा कार्यालयमार्फत वितरणको व्यवस्था गर्ने तयारी छ ।

नगरप्रमुख श्रेष्ठले भने, “मध्यपुरथिमिमा अत्यावश्यक खाद्यान्नको अभाव हुन दिने छैनौँ, आर्थिक अवस्था न्यून भएका र दैनिक ज्यालादारीमा बाँच्नुपर्नेहरुका हकमा कतिपय स्थानीय साथीहरुले हामी व्यवस्था गछौँ भनेका छन् । नगरपालिकाले पनि गरीब, मजदूरहरुको पहिचान गरी भोकै बस्नुपर्ने अवस्था आएमा प्रत्येक वडा कार्यालयमार्फत खाद्यान्न वितरण गर्ने व्यवस्था गरेका छौँ ।”

उनले कोरोना भाइरसको महामारीदेखि नआत्तिन, घरभित्रै सुरक्षित रुपमा रहन र समस्या परेमा नगरपालिका तथा जनप्रतिनिधिलाई जानकारी गराउनसमेत नगरवासीलाई अनुरोध गरेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies