Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८२ बुधबार | 7th May, 2025 Wed
Investment bank

सुरक्षा र कैद छुटको माग गर्दै कैदीबन्दीले बुझाए, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

झापा । जिल्ला कारागार झापाका कैदीबन्दीले विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नेपालमा पनि देखिएकाले आफ्नो सुरक्षा र कैद मिनाहलगायतका पाँच बुँदे मागसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय झापामार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा नेपालको संविधान, २०७२ को दफा २७६ बमोजिम दिइने छुट, माफी, मिनाहमा कसैलाई विभेद नगरिएको हुनाले सबै प्रकृतिका मुद्दामा चालचलनका आधारमा दिन–रात गणना गरी ४० प्रतिशत कैद भुक्तानपछि ६० प्रतिशत मिनाह दिनुपर्ने, मुलुकी ऐन खारेज भइसकेकाले मुलुककी ऐनबमोजिम गरिएको कर्तव्य ज्यान मुद्दामा जन्मकैदलाई पहिले झैँ सुविधा दिनका लागि फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को ३७ को (क) मा भएको जन्मकैद शब्दलाई तत्काल हटाउनुपर्ने, मुलुकको राष्ट्रिय र सार्वजनिक बिदाहरुको लगत राखी कैदीहरुको कैद कट्टा गर्नुपर्ने, कैदीबन्दीलाई कोरोनाबाट बच्न चाहिने आवश्यक सामग्री तत्काल उपलब्ध गराइनुपर्ने र पाँच वर्ष कैद भुक्तान गरिसकेकालाई एक पटकका लागि कारागार मुक्त गर्नुपर्ने माग उल्लेख छ ।

ज्ञापनपत्रमा राष्ट्रपतिको कार्यालयलाई अवगतार्थ र सभामुख, राष्ट्रिसभा अध्यक्ष र गृहमन्त्रीलाई बोधार्थ दिइएको उल्लेख छ ।

मुलुकमा कोरोना भाइरसको सङ्क्रमण देखिइसकेको अवस्थामा कारागारमा कैदीबन्दी अझ थपिँदै गएको कैदीबन्दी इन्दिरा लिम्बूले बताए । “कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको छ”, उनले भने, “दुःखसुख कैद भुक्तान गरिरहेका छौँ तर मुलुकमा कोरोना भाइरसको सङ्क्रमण देखिइसकेको छ, सरकारले हाम्रो सुरक्षा गर्नुपर्छ ।”

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कैदीबन्दीलाई सुत्न–बस्न, पानीको अभावले नुहाउनेलगायतका सरसफाइ गर्न समस्या छ । त्यस्तै शौचालय जान पनि घण्टौँ कुर्नुपर्ने समस्या रहेको अर्का कैन्दीबन्दी मञ्जु धिमालले बताइन् । विगत एक महिनादेखि सिधा खर्च नपाउँदा र आफन्तसँगको भेटघाट तथा सरसहयोग नहुँदा दैनिकी कष्टकर बन्दै गएको अर्की कैदीबन्दी कविता मलाहले बताइन् । इरान, भारत, इटाली, कम्बोडिया, अमेरिकालगायतका देशमा कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन कैदीबन्दीलाई छोडिसकेकाले नेपाल सरकारले पनि कैदीबन्दीको सुरक्षाका लागि उचित कदम चाल्नुपर्ने मलाहको माग छ ।

झापा कारागारमा ३५० कैदीबन्दी अटाउने क्षमता छ तर कारागारमा हाल तेब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारमा हाल ७७ महिला, पाँच आश्रित बालबालिका र एक हजार ४५ पुरुष कैदीबन्दी रहेको जिल्ला कारागार झापाका प्रमुख राजेन्द्र निरौलाले जानकारी दिए ।

कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीले कैद मिनाह र छुटका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उनले बताए । “कोरोना भाइरसको त्रासले कारागार पूरै लकडाउन गरिएको छ”, उनले भने, ‘अहिले बाहिर र भित्रको मानिसबीच केही सम्पर्क छैन ।” कारागारमा आउने सामान, पत्रपत्रिकालाई समेत क्वारेन्टाइनमा राखेर मात्र भित्र पठाइने गरिएको उनले बताए।

कैदीबन्दीलाई उपलब्ध गराइने सिदा पनि एक महिना यता उपलब्ध नभएको प्रमुख निरौला बताउछन् । “सिधाका लागि पहल गरिरहेका छौँ”, उनले भने, “तर पनि विभागले पठाएको छैन ।” कारागारमा कैदीबन्दीको सङ्ख्या उच्च रहेकाले नयाँ कैदी नपठाउन जिल्ला प्रहरी कार्यालय झापालाई आग्रह गरिएको प्रमुख निरौलाले बताए ।

“एक÷दुई दिन अघिसम्म कैदी पठाइए पनि अहिले नयाँ कैदी कारागारमा आएका छैनन्”, उनले भने, “नयाँ कैदीबन्दी आउँदा सङ्क्रमणको जोखिम हुने भएकाले एसपी साबसँग कुरा राखेपछि अहिले नयाँ कैदी कारागारमा आएका छैनन् ।” कैदीबन्दीको सुरक्षाका लागि उच्च सतर्कता अपनाइएको प्रमुख निरौलाको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending