Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कोरोनाकाे संकटमा जनता, बीस जना प्रेमिका लिएर जर्मनीमा मस्ती गर्दै थाई राजा

एजेन्सी । थाइल्यान्डका राजा महा बज्रलङ्क्रोन यतिबेला जर्मनीको विलासी होटलमा ‘सेल्फ आइशोलेसन’ मा छन् । उनले आफ्ना लागि पुरै होटल बुक गरेका छन् । यहाँ राजा र उनका २० प्रेमिकाबाहेक अन्य कोही पनि बस्दैनन् । कोरोना भाइरसपछि विश्वभरका जनता घरभित्रै बस्न बाध्य छन् । उनीहरु अत्यावश्यक काममा मात्रै बाहिर निस्कन्छन् र सेल्फ आइसोलेसन पालना गरिरहेका छन् । यस्तोमा थाई राजाले आफुलाई जर्मनीमा सेल्फ आइशोलेट गरेका हुन् ।

लकडाउनका बाबजुद यी राजालाई बाभारियास्थित चार तारे ग्रान्ड होटल सोन्नीनबीच्लमा बस्नका लागि विशेष अनुमति दिइएको हो । जर्मन ट्याबलोइड बिल्डमा प्रकाशित समाचारअनुसार थाई राजा आफ्ना केही सेवकसहित २० जना प्रेमिकासँगै यहाँ बसिरहेका छन् । यी राजाले अझै ठूलो संख्यामा सेवक ल्याउने योजना बनाएका थिए, तर तीमध्ये १ सय १९ जनालाई कोरोना हुनसक्ने आशंकामा घर पठाइयो ।

आफ्ना राजा जर्मनीमा बसेको समाचार भाइरल भएपछि थाईल्यान्डका जनताले ट्वीटरमा आक्रोश पोखेका छन् । ‘हामीलाई किन राजा चाहियो रु’ ट्वीटरमा ट्रेन्डिङमा छ । जबकी, थाइल्यान्डमा राजाविरुद्ध बोल्नु अपराध मानिन्छ । यस देशमा राजा वा रानीको इज्जतमाथि प्रश्न उठाउन नपाइने कडा कानून छ । यी राजाले चारपटक बिहे गरिसकेका छन् ।

राजकुमारी सोआम्सावालीसँग १९७७ मा बिहे गरेर १९९३ मा डिभोर्स गरेका थिए । युवाढिदा पोल्प्रासेर्थसँग १९९४ मा बिहे गरेपनि दुई वर्षसमै सम्बन्ध विच्छेद भयो । श्रीरश्मी सुवाडीसँग २००१ मा बिहे गरेर २०१४ मा सम्बन्ध विच्छेद गरे । अहिले रानी सुथिडा उनकी पत्नी हुन् । थाइल्याण्डमा अहिलेसम्म १ हजार ५ सय २४ जनामा कोरोना भाइरस देखिइसकेको छ । नौ जनाको मृत्यु भइसक्यो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies