कनकाई । झापाको कनकाईस्थित एक औषधि पसलमा सामान्य स्वास्थ्य परीक्षणका लागि आएका बिरामीलाई चिकित्सकले स्वास्थ्य परीक्षण गर्न नमानेपछि बिरामी साथै परिवारमा मानसिक तनाव बढेको छ । कोरोना भाइरसको त्रासका कारण अस्पतालमा जान छाडेका चिकित्सकले औषधि पसलको दैनिक सेवामा समय दिए पनि सामान्य अवस्थाका बिरामी देख्दा समेत तर्सिने गरेपछि सर्वसाधारण चिन्तित भएको स्थानीयवासी बताउँछन् । जोखिम मोलेर सेवा दिँदै गरेको बताउने औषधि व्यवसायीले मौसम परिवर्तनसँगै मानिसमा देखिने सामान्य ज्वरो, रुघाखोकी, झाडापखालालगायत बिरामी आउँदासमेत प्राथमिक उपचारका साथमा कुनै किसिमका औषधिसमेत दिन नसक्दा सामान्य समस्याका लागि पनि ठूलै स्वास्थ्य अस्पताल धाउनुपरेको स्थानीयवासी दुर्गा चापागाईँले गुनासो गरे ।
झापाको बिएण्डसी अस्पताल बिर्तामोडका साथै ओमसाई भद्रपुरमा समेत बिरामीको सेवा दिँदै आएका डा ज्ञानदेव ठाकुर आफ्नो नियमित सेवामा कनकाईस्थित प्रधान मेडिसिन सेन्टरमा गएका बेला चापागाईँ आफ्नो छोरा लक्ष्मीप्रसादको स्वास्थ्य परीक्षण गर्न गएका थिए । पिसाबमा इन्फेक्सनको समस्याका कारण केही अस्वस्थ भएपछि प्राथमिक चरणको उपचार गर्न पिसाब र रगत जाँच गर्नका लागि आइतबार बिहानैदेखि चापागाईँ प्रधान मेडिसिन सेन्टरको सम्पर्कमा रहेका थिए । सेन्टरका सञ्चालक सुरेन्द्र प्रधानले प्रयोगशालामा काम गर्ने स्टाफ बिदामा रहेकाले हाललाई आफ्नो सेवा बन्द भएको जानकारी दिएका थिए ।
विभिन्न रोगका विशेषज्ञ चिकित्सकको सेवा सञ्चालनमा रहेको प्रचारबाजी गर्दै आएका यस क्षेत्रका केही औषधि पसलमा दैनिक सेवामा आएका चिकित्सकले वर्तमान अवस्थामा सामान्य अवस्थाका विरामीलाई समेत नहेरेपछि स्थानीयवासी प्राथमिक उपचारबाटै वञ्चित बनेका हुन् । मुख्य बजार क्षेत्रमा रहेका नाम चलेका औषधि पसलमा आउने दैनिक सेवाका चिकित्सकले बिरामी हेर्न नमानेपछि तत्कालको अवस्थामा सेवाग्राही संकटमा परेका छन् ।
विपत् व्यवस्थापन कोषवाट राहत
कनकाई नगरपालिकाले कोरोना भाइरसको न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनका समयमा विपन्न परिवारलाई अत्यावश्यक सामग्री जुटाउने उद्देश्यले स्थापना गरेको रु ३५ लाखको विपत् व्यवस्थापन कोषबाट राहत सामग्री वितरण गर्ने भएको छ । कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरमा रहेका अतिविपन्न परिवारको पहिचान गरी १० देखि १५ दिनसम्म पुग्ने खाद्य सामग्री वितरण गरिने जनाएका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन नगरपालिकाले ४० शय्या क्षमताको क्वारेन्टाइन स्थापना गरी शंकास्पद व्यक्तिलाई संरक्षण दिइरहेको छ । यसरी संरक्षणमा रहेका व्यक्तिलाई निःशुल्क रुपमा स्वास्थ्यकर्मीको रेखदेखमा खाने, बस्ने, शौचालयका साथै वाईफाईसमेत व्यवस्था गरिएको बताइएको छ । वर्तमान परिस्थितिमा लकडाउन पालना गर्न प्रमुख पोखरेलले सम्पूर्ण नगरवासीलाई अपिल गरेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: