Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

भारतमा ९३ वर्षीय दम्पत्ती कोरोना संक्रमणबाट मुक्त

काठमाडौं । भारतमा सबैभन्दा बढी उमेरका कोभिड–१९ का संक्रमित दम्पत्ती संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमित ९३ वर्षीय एक पुरुष र उनकी ८८ वर्षीया श्रीमती कोरोना मुक्त भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ - दुबै जनामा करिब एक महिना अघि संक्रमणको पुष्टि भएको थियो । अस्पताल अधिकारीले दुबै जनालाई अन्तिम परीक्षण गरी घर पठाइने तयारी गरिएको जनाएका छन् । दक्षिणी भारतको केरला राज्यका दम्पत्ती आफ्नो छोरी र ज्वाईको सम्पर्कमा आउँदा कोभिड–१९ बाट संक्रमित भएका थिए । दम्पत्तीकी छोरी र ज्वाई इटालीबाट फर्केका थिए ।

बीबीसीका अनुसार संक्रमित पुरुष उच्च रक्तचाप र मधुमेहका बिरामी समेत थिए । विश्वब्यापी रुपमा उच्च रक्तचाप र मधुमेहका बिरामी कोभिड–१९ को संक्रमित भए मृत्युको जोखिम उच्च रहने अनुमान गरिएको छ । उनलाई २४ घण्टासम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

संक्रमित दुबैजनालाई केरलको कोट्टायम मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सक डा। आरपी रेञ्जिनले तीन साता अघि भर्ना गरिँदा दुबैजनाको स्वास्थ्य अवस्था जटिल र रिसाहा स्वभावको रहेको प्रतिक्रिया दिए । आइसीयूमा दुबैजनालाई अलगअलग भर्ना गरिएपछि काँचले छुट्याइएको एकै कोठामा दुबैजनाले एक अर्कोलाई हेर्न सक्ने गरी राखिएको थियो । एकै कोठामा राख्दा दुबै जना खुशी देखिएको डा। रेञ्जिनले बताए ।

छोरी र ज्वाई दुबैजना इटालीबाट भारत फर्किदा विमानस्थलमा स्क्रिनिङ्ग छलेर घर पुगेका थिए । स्वास्थ्य अधिकारीले संक्रमित रहेको पुष्टि गर्दा परिवारका कतिपय सदस्यलाई संक्रमित बनाइसकेका थिए ।

भारतमा बिहीबार बिहानसम्म संक्रमितको संख्या करिब २ हजार मृतकको संख्या ५८ जनाको पुगेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE