Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

मकैबारीमा आएर सास फेरियो

झापा । भारतीय प्रहरीको आँखा छलेर नेपाल छिरेका नेपाली भन्छन्, ‘भोको पेट, उखरमाउलो गर्मी, फोहोर र भारतीय प्रहरीको छिछि र दुर्दुर सम्झिँदा पनि शरीरभरि काँडा उम्रिन्छ।’

आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ - हाल झापा गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका सुर्खेत घर भएका जगत् विष्टले भने, ‘भारतमा फैलिँदै गएको कोरोनाका कारण यता नेपालबाट परिवारको जसरी भए पनि नेपाल आऊ भन्ने आग्रह र भारतीय प्रहरीको दादागिरी सहँदै लुकेर नेपालको मकैबारीमा छि र्‍यौँ।’

नेपालको घना मकैबारीमा खुट्टा टेकेपछि उनी लामो सास फेरेर थचक्कै बसे। ‘आफ्नो देशको माटोको मह त्व बल्ल चिनियो,’ उनले भने। भारतले लामो समय लकडाउन गरेपछि मेडिकल सर्टिफिकेट बनाएर बिहीबार साँझ १४ नेपाली भारतीय प्रहरीको आँखा छल्दै सीमाबाट नेपालतर्पmको मकै बारीमा छिरेका थिए।

नेपाल आउन हिँडेका उनीहरू पाँच दिन भारतीय क्वारेन्टाइनमा बस्दा उसको सरकारले भुइँमा ओछ्याउने तन्नासमेत नदिएको गुनासो गर्छन््। ‘हामीलाई राखेको क्वारेन्टाइनमा पाँच दिनमा तीन छाक मात्र खाना दिन्थे,’ विष्टले भने, ‘खाना पनि नेपालीलाई भनेपछि हेपेर थालै हु र्‍याउँथे।’

चार वर्षदेखि भारतको बिहारमा चौकीदारी गरेका जगत्ले पहिलोपटक भारतीयको हेपाइ सहेको बताए। यत्तिका वर्ष भारत बसेर रोजगारी गर्दा नेपालीलाई माया नै गरेको उनलाई महसुस हुन्थ्यो। तर, कुकुर खेदाएझैं आफूहरूलाई भारत सरकारले खेदेको उनले बताए।

१०, १२ जना नेपाली सँगसँगै कोठा भाडा लिएर बस्ने गरेका थिए। त्यो देखेर स्थानीयले त्यहाँको सरकारलाई कुरा लगाइदिएपछि आपूmहरू हिँड्न बाध्य भएको सुर्खेत नै घर भएका अर्का पूर्ण बरुवालले बताए। टोल(टोलमा बसेका नेपालीको टोलीलाई निकालेर क्वारेन्टाइनमा लगेर राखिएको उनले उल्लेख गरे।

उनका अनुसार क्वारेन्टाइन स्थलमा अझै पनि सयौँ नेपालीले भारतीयको भेदभाव सहेर भोकै बसेका छन्। बरुवालले भने, ‘उता रोकिएका साथीहरूलाई पनि नेपाल सरकारले नेपाल ल्याउने काम गरोस्।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending