Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

अष्ट्रेलियाका प्रधानमन्त्रीको घोषणापछि नेपाली विद्यार्थी संकटमा

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको घोषणापछि नेपाली विद्यार्थीहरु प्रभावित हुने देखिएको छ । मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्किन सक्ने बताएपछि विद्याथीहरु संकटमा परेका हुन्।

आजको नागरिक दैनिकमा खबर छ - कोरोना भाइरसका कारण त्यहाँ रहेका धेरै विद्यार्थीहरुले आफ्नो जागिर गुमाएका छन् । जसका कारण पनि नेपाली विद्यार्थीहरुलाई अप्ठ्यारो स्थिति पैदा भएको छ । अधिकांश नेपाली विद्यार्थीहरुले होटल रेष्टुरेन्टमा काम गर्ने गर्छन् । तर, अहिले कार्यस्थल बन्द हुँदा उनीहरुले काम गुमाउन परेको छ ।

अष्ट्रेलियामा करिब ५५ हजार नेपाली विद्यार्थी रहेका छन् । कोरोनाका कारण ३० हजार बढी विद्यार्थीले आफ्नो काम गुमाइसकेको त्यहाँ अध्ययनरत सन्तोष लामिछानेले नागरिकलाई बताए। ‘यहाँको लकडाउन अझै २र३ हप्ता यस्तै हुने हो भने केही विद्यार्थी सडकमै आउन पर्ने अवस्था सिर्जना हुनसक्छ’, उनले भने, ‘नेपाल सरकारले विद्यार्थीको लागि घर फर्किने बाटो खुला गरिदिए उनीहरु फर्किन सक्थे ।’

शिक्षामन्त्री गिरिराजमणी पोखरेलले मन्त्रालयले यस विषयमा अष्ट्रेलिया स्थित नेपाली राजदूतसँग कुरा गरिरहेको बताए । तत्काल नेपाली विद्यार्थीलाई फिर्ता ल्याउन सम्भव नहुने उनले बताए । गैरआवासीय नेपाली र विद्यार्थीलाई अष्ट्रेलिया पठाउने संस्थाहरुसँग पनि कुरा गरिरहेको र विद्यार्थीलाई सहयोग गर्न आग्रह गरेको उनले बताए। नयाँ शैक्षिक सत्रका लागि अनुमति लिएका विद्यार्थीको लगत निकाल्ने काम भइरहेको मन्त्री पोखेलले बताए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending