काठमाडौं । रोना भाइरसका कारण एम्बुलेन्सचालक र कर्मचारीको व्यस्तता बढेको छ । बिरामीलाई अस्पताल ओसार्न उनीहरू अहोरात्र खटिएका छन् । तर, बिरामीसँगको प्रत्यक्ष सम्पर्कका कारण संक्रमणको उच्च जोखिममा रहने उनीहरूको सुरक्षा–प्रबन्ध भने फितलो छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - भक्तपुर अस्पतालका एम्बुलेन्सचालक कृष्णराम कोजू बिरामी तथा बिरामीका नमुना परीक्षणका लागि टेकु अस्पताल पुर्याउँछन् । राजधानी र राजधानीबाहिरका अस्पतालसम्म बिरामी बोक्छन् । तर, सामान्य अवस्थामा लगाइने मास्क, पन्जा र चस्माकै भरमा कुदाकुद गर्दा डर लाग्ने गरेको कृष्णराम बताउँछन् ।
‘अहिलेसम्म १० शंकास्पदको रगत र खकारको स्याम्पल लिएर टेकु अस्पताल पुगेको छु । कोरोनाका लक्षण देखिएका बिरामीलाई अस्पताल ओसार्नुपर्छ । एम्बुलेन्समा राख्दा र ओराल्दा बिरामीलाई छुनुपर्छ,’ उनले भने, ‘तर, सुरक्षा साधन नहुँदा संक्रमण हुने हो कि भन्ने डर लाग्छ । के गर्नु जसरी भए पनि जिम्मेवारी पूरा गर्नैपर्यो ।’
अर्का एम्बुलेन्सचालक सीताराम कोजू पनि असुरक्षित रहेर काम गर्नुपरेको गुनासो गर्छन् । ‘आराम गर्ने फुर्सद नपाएकोमा चिन्ता छैन । संकटका वेला बिरामीको सेवामा खटिनु हाम्रो धर्म नै हो । तर, सुरक्षाका आधारभूत सुविधा नै नभएपछि संक्रमण होला कि भन्ने डर लागिहाल्छ नि १’ उनले भने । सामान्य मास्क, पन्जा र चस्माबाहेक केही नभएको उनले गुनासो गरे ।
स्वास्थ्य मन्त्रालय र काठमाडौं महानगरपालिकाको संयोजकत्वमा उपत्यकाभित्र १० एम्बुलेन्स सञ्चालनमा छन् । यिनैमध्ये एक एम्बुलेन्सका चालक विकास राउत दिनमा २२ घन्टासम्म काममा खटिनुपरेको बताउँछन् । उनलाई पनि निद्रा गुमेकोमा भन्दा आफैँ संक्रमणको जोखिममा रहेकोमा चिन्ता छ ।
‘सामान्य अवस्थामा दैनिक चार–पाँच टिप गरे हुन्थ्यो । अहिले एक्लैको भागमा १२–१५ केस आउँछन् । दुई घन्टा पनि सुत्न पाइँदैन । तर, सवाल कामको भन्दा पनि सुरक्षाको छ,’ उनले भने, ‘दिनभर सामान्य अवस्थामा बिरामीको संसर्गमा रहनुपर्छ, अनि घरमा परिवारका सदस्यलाई आफैँबाट संक्रमण फैलिन्छ कि भन्ने डरले सताउँछ ।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: