Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

लकडाउनको सदुपयोग : यसरी हुँदैछ काठमाडौँमा सडक मार्किङ

काठमाडौँ । रोगबाट मुलुकलाई जोगाउन सरकारले अन्त्यावश्यक बाहेक बाहिर ननिस्किन जारी गरेको आदेश ‘लकडाउन’ को आज ११औँ दिनसम्म मानिसको आवाजावत ठप्प छ । अत्यावश्यक बाहेकको काम हुन सकिरहेको छैन ।

यस्तो अवस्थामा लकडाउनलाई कतिपयले भरपुर सदुपयोग पनि गरिरहेका छन् । भर्खरै कालोपत्र गरिएको र लेयर थपिएको काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रका सडकमा अहिले लेन, जेब्राक्रसिङ तथा ट्राफिक सङ्केत मार्किङ गर्ने काम जारी छ । उपत्यकाको सडक सिँगार्ने काममा कोभिड–१९ विरुद्ध आवश्यक सुरक्षात्मक मापदण्ड अपनाएर मजदूरको एउटा समूह परिचालन गरिएको छ । यो क्रमलाई आइतबारदेखि भने दुई समूहमा परिचालन गर्ने योजना रहेको सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ आज अपराह्न मार्किङ गरिरहेको सडक क्षेत्रको स्थलगत अनुगमनसमेत गरेका छन्। उनले सो क्रममा कर्मचारीलाई आवश्यक निर्देशनसमेत दिए । उनीसँगै महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल र सडक डिभिजन काठमाडौँका प्रमुख कुवेर नेपाली ।

मन्त्री नेम्वाङले भने, “आवश्यक सुरक्षाका उपाए अपनाएर सडक मार्किङलाई तीव्रता दिनुपर्छ मन्त्रालयले के सहयोग गर्नुपर्ने हो, हामी सहयोग गछौँ ।” उनले खानेपानीको पाइपलाइन विस्तारलगायत विभिन्न कारणले क्षति पुगेको गौशाला–चाबहिल सडक व्यवस्थापनमा लाग्नसमेत डिभिजन प्रमुख नेपालीलाई निर्देशन दिएका छन् । नेपालीका अनुसार उक्त सडक व्यवस्थापनको आवश्यक प्रक्रिया शुरु भइरहेको जानकारी दिए । खानेपानीको काम सकिएकाले अब सरडकको कामलाई निरन्तरता दिने योजना अघि सारिएको छ ।

यसअघि छोटो समयमा मन्त्री नेम्वाङले १०० दिनको कार्यकालमा काठमाडौँ उपत्यकाको मूल सडकमा देखिएका नौ हजार ५०० सडकका खाल्टाखुल्टी पुरेको जानकारी गराएका थियो । खाल्टाखुल्टी पुरिएपछि दुर्घटनाको जोखिम कम भएको छ । पछिल्लो समयमा उपत्यकाको मुख्य सडकमा झण्डै ३० किलोमिटर सडक कालोपत्रसमेत भइसकेको छ । त्यही सडकमा अहिले मार्सिङको काम भएको हो । मुख्यगरी जेब्राक्रसिङ, एज लेन, सेन्टर लाइन र लेनलाइनको काममा डिभिजन कार्यालयले मजदूर खटाएको छ ।

आजसम्म कार्यालयले महाराजगञ्ज–बालुवाटार, धुम्बाराही–हाँडीगाउँ, थापाथली–माइतीघरको मार्किङको काम सकेको डिभिजन प्रमुख नेपालीले राससलाई बताए । आज माइतीघरदेखि पुतलीसडकसम्मको काम जारी छ । सडकमा मजदूरले रङ पकाउने, डोरी तान्ने र यन्त्रबाटै सडक मार्किङ गरिरहेका छन् । त्यही सिलसिलामा मन्त्री नेम्वाङ पनि सडकमा आएर आवश्यक निर्देशन दिएको हो । आइतबार तीनकुनेदेखि विमानस्थल र बबरमहल क्षेत्रको सडकको मार्किङको काम हुने जनाइएको छ ।

“कोरोनाको जोखिमका कारण अहिलेसम्म सुरक्षात्मक उपाए अपनाएर एक समूहमार्फत काम गराइएको थियो, अब विस्तारै समूह थप्ने योजनामा छौँ, सामाजिक दूरी कायम गरेर कामलाई तीव्रता दिने सोचमा छौँ”, प्रमुख नेपालीले भने ।

नयाँ बनेका सबै सडकमा मार्किङको काम सक्ने योजना डिभिजन कार्यालयको छ । अहिले मार्किङका लागि उपयुक्त समय हो । यो बेलामा न मानिसको भीडभाड छ न सडकको अवरोध । अरु बेलामा गाडीको चापले काम गर्न सकिने थिएन । राति काम गर्नुपर्ने बाध्यता थियो । राति काम गर्दा नसुक्ने समस्याले गाडीको चक्कामै टाँसिएर बिग्रने सम्भावना थियो । यस पटक लकडाउनले दिउँसो नै काम गर्न सकिने भएकाले रङ राम्रोसँग बस्नेछ ।

लकडाउनको अवस्था सुरक्षामा खटिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले सडक मार्किङमा पनि आवश्यक समन्वय गरिरहेको छ । कार्यालयका प्रमुख भीमप्रसाद ढकालले भने, “सडकमा चिह्न लगाउने यो नै उपयुक्त बेला हो, यसको भरपुर सदुपयोग गर्नुपर्छ भनेर नै हामी लागेका हौँ ।” ट्राफिक प्रहरीले लकडाउनको बेलामा गर्ने आवश्यक सुरक्षात्मक कामका साथै सडक मार्किङमा पनि ट्राफिकले आवश्यक समन्वय र सहयोग गरिरहेको ढकालले बताए ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र विभिन्न निर्माण आयोजना सञ्चालनलाई केही खुकुलो पार्दै आवश्यक सुरक्षात्मक उपाए अपनाएर सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ । बाहिरबाट मजदूर ल्याउन भने नपाइने भएकाले मजदूरलाई आवासीय रुपमा परिचालन गर्नुपर्छ । आवश्यक सुरक्षा मापदण्ड अपनाएर नै सडकको मार्किङको काम जारी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कोभिड–१९ को जोखिम रहेको वर्तमान अवस्थामा अन्य विभिन्न क्षेत्रका व्यक्तिले समेत आआफ्नो कामलाई घरभित्रै बसेर सञ्चालन गरिरहेका छन् । कलाकार आफ्नो नयाँ–नयाँ गीत–सङ्गीत, चलचित्र तथा नाटकको तयारीमा जुटेका छन् । चित्रकारहरु बन्द कोठाभित्रै बसेर क्यान्भासमा सिर्जना कोरिरहेका छन् । साहित्यकार साहित्यिक रचनामा व्यस्त छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy