बैतडी ।‘ओछ्यानमा सुतिरहेकी मेरी ९ वर्षकी छोरीलाई घिसारेर खाने चितुवा यही हो १’ विशालपुर डाँफेपीपल गाउँकी गुनडी लोहार आँसु खसाल्दै भीडमा आइपुगिन् । भीडको बीचमा खोरबाट निकालिएको चितुवा थियो । चितुवा गुनडी लोहारको गाउँमै विज्ञले थापेके खोरमा फसेको हो ।
आजको गोरखापत्र दैनिकमा खबर छ - कोरोना भाइरसको त्रासले ११ दिनसम्म घरभित्र बसेका विलापुरबासी शनिबार नरभक्षी चितुवा हेर्न ठूलो भीड जम्मा गरेर घरबाहिर निस्किए । प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे पर्यो ।
चितुवाले २५ जना बालबालिकाको शिकार गरेर स्वराडलाई शोकमा डुबाएकोले मन थाम्न नसकेर घर बाहिर निस्केको धेरैको भनाई थियो । यद्यपि भीडमा सजकता अपनाइएको थिएन । जनप्रतिनिधिसमेत बिना मास्क भीडमा देखिन्थे ।
डाट्रिङ गरेर खोरबाट निकालिएको चितुवालाई होसमा ल्याउन हतारहातर गाडीमा फलामे पिजडाभित्र राखेर होस खुल्ने औषधि दिएपछि गाडी चल्नुअघि स्वराडमा चितुवा अन्तिम पटक पुनः गर्जियो ।
नेपालकै बढी चितुवा प्रभावित जिल्लाका रुपमा बैतडीको तल्लोस्वराड क्षेत्रमा अझै थप चितवा रहेको बरिष्ठ वन्यजन्तु अधिकृत विष्णुबहादुर लामाले बताउए । एक÷दुई दिनमै अर्को पनि चितुवा खोरमा फस्छ, लामाले दाबी गरे ।
शुक्रबार बिहान मेलौली नगरपालिका–९, विशालपुरको डाँफेपीपल गाउँमा चितुवा खोरमा फसेको थियो । चितवनबाट रातारात बैतडी आइपुगेको विज्ञ टोलीले शनिबार खोरमा फसेको चितुवाको उद्धार गरेर चितवन लगेका छन् । चितुवा पोथी रहेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए ।
विज्ञ टोलीले बनाएको काठको खोरमा चितुवा फसेको खबर आएपछि चितुवालाई लिन चितवन राष्ट्रिय निकुञ्जका पाधिकारी शनिबार बिहान बैतडी आइपुगेका थिए ।
चितुवालाई डाट्रिङ गरेर बेहोस बनाएर गाउँबाट बोकेर सडकमा ल्याइएको थियो । सडकबाट दुईसय मिटरको दूरीमा रहेको मेलौली नगरपालिका–९, डाँफेपीपल गाउँका स्थानीयले खुशीयाली मनाउँदै बरिष्ठ वन्यजन्तु अधिकृत विष्णुबहादुर लामालाई फूलामाला र अबिर लगाएका थिए ।
खोरमा फसेको चितुवाको उद्धार गरेर चितवन लगिएपछि गाउँमा खुशीयाली छाएको मेलौली नगरपालिका –९,का वडा सदस्य भीम भट्टले बताए ।
जुन बाटो आएर ९ वर्षिया बालिकालाई खाएको थियो सोही बाटोमा निर्माण गरिएको काठको खोरमा चितुवा फसेको भट्टले बताए । खोरभित्र बाख्राको पाठो राखिएको थियो । चितुवाले पाठोलाई भने मारेको उनले जानकारी दिए ।
२०६८ साल असारदेखि २०७६ फागुनसम्म बैतडीको तल्लोस्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा चितुवाले अक्रमणमा गरेर २५ जना बालबालिकाले ज्यान लिइसकेको छ भने १३ जना घाइते बनाएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: