Ntc summer Offer
Khabar Dabali १३ पुष २०८१ शनिबार | 28th December, 2024 Sat
Investment bank

कोरोना सङ्क्रमित ६५ वर्षीया वृद्धा भन्छिन् : आत्तिएर हुँदैन आत्मबल बलियाे चाहिन्छ

काठमाडौ । बागलुङ नगरपालिकाकी ६५ वर्षीया महिला नेपालबाट कान्छी छोरी भेट्न गत फागुन १४ गते बेल्जियम पुगेकी थिइन्।

ती महिलाको एक महिना जति उतै घुम्ने रहर थियो भने छोरीको पनि धित मरुञ्जेल आमालाई घुमाएर नेपाल फर्काउने चाहना थियो।

तर, विदेश पुगेको दुई सातामा नै चीन हुँदै विश्वभरि कोरोनाभाइरसको सङ्क्रमण बढ्न थाल्यो।

धित मर्ने गरी घुम्ने घुमाउने चाहना थाती राखेर उनले नेपाल फर्किने सोच बनाइन् र तत्कालै नेपाल फर्किइन् पनि।

कोरोनाभाइरस सङ्क्रमणको डरले घर त आइन् तर भाइरसले पछ्याउँदै घरसम्मै आइपुगेको उनलाई पत्तो भएन।

गत चैत्र २० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आयो अर्थात् आफूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको समाचार आयो।

सुरुमा पत्यार लागेन, तर नपत्याउने आधार पनि बाँकी रहेन।

कसरी सर्‍यो सङ्क्रमण ?
झण्डै २०र२२ वर्षदेखि दमको रोगी समेत रहेकी उनी बेल्जियमबाट दोहा हुँदै कतार एअरवेजको क्यूआर ६५२ नम्बरको फ्लाइटमा नेपाल आएकी थिइन्।

उनीसँगै एउटै विमानमा आएकी बागलुङ नगरपालिकाकै १९ वर्षीया किशोरीलाई कोरोनाभाइरस सङ्क्रमण भेटिएपछि ती ६५ वर्षीया महिलाको पनि स्वाब परीक्षण गरिएको थियो।

त्यसबेलासम्म उनमा सङ्क्रमणको कुनै लक्षण समेत थिएन।

तर, परीक्षणका क्रममा पोजेटिभ देखिएपछि अर्की किशोरीसहित उनी यही चैत २० गतेदेखि धौलागिरी अञ्चल अस्पतालको आइसोलेशन कक्षमा उपचाररत छिन्।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।

सङ्क्रमणको डर
चैत ४ गते काठमाण्डू उत्रिएपछि उनलाई ज्वाईँ लिन एअरपोर्टमा पुगेका थिए।

काठमाण्डूबाट यति एअरलाइन्सको उडानबाट पोखरा ओर्लिएपछि जीपमा यसअघि सङ्क्रमित भेटिएकी युवतीसँगै बागलुङसम्म उनीहरू आइपुगेका थिए।

आएको दिन उनी छोरीको घरमा बसिन्। अर्को दिन घरमा पुगिन्।

घरमा बस्दा गाउँका केही मानिस र बालबालिका पनि उनलाई भेट्न घरमा पुगेका थिए। उनीहरूलाई चकलेट पनि बाँडेको बताईन्।

अस्पतालमा उपचाररत उनलाई रुघाखोकी, ज्वरो आउने कुनै पनि समस्या देखिएको थिएन।

त्यसैले उनलाई सङ्क्रमण भएको अनुभव नै नभएको बताउँछिन्।

उनी भन्छिन्, मलाई कुनै लक्षण नै देखिएको थिएन, पहिलेदेखि नै दमको रोगी भएकाले यो रोग लागेपछि मर्छु की भन्ने चिन्ता नै छैन।

पहिले दम बढेर बस्न खान नहुने अवस्थामा अहिले बरु ठीक भए जस्तो भएको उनको अनुभव छ।

अस्पतालमा बसेको भएपनि मैले कुनै औषधी खाएकी छैन, उनी भन्छिन्। मेरो आत्मबल नै कडा छ, रोग लागेको छ भन्ने विश्वास नै छैन। आत्मबल भएकालाई त यो रोग पनि लाग्दो रहेनछ, उनले थपिन्।

आत्तिएर हुँदैन
गएको चार दिनदेखि धौलागिरी अञ्चल अस्पतालमा उपचाररत रहेकी उनी आत्तिएकी छैनन्।

अझै पनि उनलाई रुघाखोकी, ज्वरो, झाडापखालाजस्ता कुनै समस्या देखिएको छैन।

आफन्तहरूसँग फोनमा धेरै बेर कुरा समेत गर्छिन्।

उनी भन्छिन्, मान्छेहरु बढी डराए, डराउनु पर्दैन, शङ्का लागेमा चेकजाँच गर्नुपर्छ। ठीक हुन्छ ।

एम्बुलेन्स चालक भाग्दा
काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले आधिकारिक रूपमा उनलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरेपछि गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी घरमै क्वारन्टीनमा बस्दै आएकी सङ्क्रमितलाई अस्पताल ल्याउने तयारीमा जुटे।

तयारी अवस्थामा रहेको नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्सलाई धौलागिरी अञ्चल अस्पतालमा बोलाइयो।

एम्बुलेन्स तत्कालै अस्पताल परिसरमा आयो।

तर, चिकित्सकहरुले कोरोनाभाइरस सङ्क्रमित बिरामी ल्याउन जानुपर्ने बताएपछि एम्बुलेन्स चालक सुरक्षा नभएको भन्दै अस्पताल परिसरबाट भागे।

एम्बुलेन्स छोडेर चालक भागेपछि स्वास्थ्य कार्यालयका चालकमार्फत सङ्क्रमितलाई अस्पताल ल्याइएको थियो।

यसबारेमा पनि सङ्क्रमित वृद्धाले थाहा पाइन्।
उनले बीबीसीलाई भनिन्, मलाई कोरोनाभाइरस लागेको थाहा नै थिएन। न यो रोग लाग्नुमा मेरो कुनै गल्ती छ।

गाउँभरि मान्छेहरू पनि सर्छ कि भनेर डराएका छन्, उनले भनिन्।

यस्तो बेलामा सबैको साथ सहयोग चाहिने हो, यस्तो खबरले दुस्खी भने बनायो।

सँगै बसेका मानिसहरूलाई पनि परीक्षण गर्दा नसरेको रिपोर्ट आएकाले पनि त्यति आत्तिनु पर्ने अवस्था नरहेको अनुभव भएको उनले सुनाइन्।

सचेत बनौँ, त्रसित होइन
सङ्क्रमित वृद्धाका परिवारजन पनि सुरुमा आत्तिएका थिए।

तर, अहिले उनको स्वास्थ्य अवस्था देखेपछि भने कोही नआत्तिएको परिवारले जनाएको छ।

उनका छोराले भने, परिवारको सदस्यलाई नै सङ्क्रमण देखिँदा सुरुमा सबै आत्तिएका थियौँ, अब के हुने होरु

लक्षण नै नदेखिएर कसरी यस्तो भयो भनेर। तर अहिले हामी सबै ठीक छौँ, घरमै क्वारन्टीनमा बसेका छौँ।

अस्पतालबाट सुरुमा आफूलाई जानकारी आएपछि आमालाई सम्झाएको उनले बताइन्।

आमासँगको त्यस क्षणको कुराकानीबारे उनले भने, आफुलाई रोग लागेको भन्दा पनि हामीलाई र गाउँका मानिसहरूलाई पनि सर्छ कि भन्ने चिन्ता गरेकी थिइन् ।

सङ्क्रमित भएको व्यक्तिलाई नै केही नभएको बेला कोही आतंकित हुन जरुरी नरहेको तर सचेत हुनुपर्ने उनी बताउँछन्।

सरकारले गरेको लकडाउन, सामाजिक दूरी कायम राख्ने बिषयलाई भने सबैले पालना गर्नुपर्नेमा उनको जोड छ।

बागलुङका दुवै सङ्क्रमितको अवस्था सामान्य
यसभन्दा अघि सोही उडानमा आएका दुई जनामा पनि कोरोनाभाइरसको सङ्क्रमण भेटिएको थियो।

सोही उडानमा आएकी बागलुङकी अर्की किशोरीमा सङ्क्रमण भेटिएको थियो।

उपचाररत दुवै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा। शैलेन्द्र बि पोखरेलले बताए।

हामी सुरक्षित तरिकाले उपचारमा खटिरहेका छौं, तपाईँहरु घरमै बस्नुहोस्, समस्या भए तुरुन्तै अस्तपालमा सम्पर्क राख्नुहोस्, पोखरेलले भने। बीबीसीबाट

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy