नेपालगञ्ज । नेपालगञ्जस्थित पश्चिम नेपालकै सबैभन्दा ठूलो फत्तेबाल आँखा अस्पतालमा केही दिनयता विरामीको सङ्ख्या ह्वात्तै घटेको छ ।
नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित उक्त अस्पतालमा लकडाउनपछि दैनिक सरदर १० जना मात्रै नयाँ आँखाका विरामी मात्र आउने गरेका छन् । अस्पतालका प्रबन्ध निर्देशक कौशलकुमार वर्माका अनुसार लकडाउन अघि दैनिक ५०० को हाराहारीमा विरामी उपचारका लागि आउने गरेका थिए ।
प्रदेश नं। ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका विरामीको वाक्लो उपस्थिति रहने सो अस्पतालमा भारतीय विरामी पनि ५० प्रतिशतको हाराहारीमा आउने गरेका थिए । लकडाउन शुरु भएपछि अस्पतालले आपतकालीन सेवा मात्र शुरु गरेको छ । आँखा दुःखेका, रातो भएका, आँखामा कसिङ्गर पसेका, फलोअपमा रहेका तथा तत्काल उपचार गर्नैपर्ने अवस्थाका विरामीलाई मात्र अस्पतालले सेवा उपलव्ध गराउँदै आएको छ ।
“लकडाउनपछि हामीले उपचार सेवा पूर्णरुपमा बन्द गरेका त छैनौ, तर उपचारका लागि आउने विरामीमा कोरोना भाइरसको जोखिम जाँच गरेर मात्र प्रवेश दिने गरेका छौ ।” प्रबन्ध निर्देशक वर्माले भने।
अस्पतालमा आउने विरामीसँग एक जना कुरुवा मात्र रहने व्यवस्था मिलाइएको, विरामी र कुरुवालाई सेनेटाइज गरेर तथा मास्क उपलव्ध गराएर मात्र प्रवेश अनुमति दिने गरिएको तथा चार चिकित्सक र ३६ स्वास्थ्यकर्मी मध्ये पालैपालो दुई÷तीन जनालाई काममा खटाउने गरिएको र बाँकी सबैलाई घरमै बस्न भनिएको छ ।
सो आँखा अस्पतालअन्तर्गत अहिले सुर्खेंतको मेहलकुना, दैलेखको दुल्लु, डोल्पाको जुफाल र बर्दियाको सानोश्रीमा गरी ८ ओटा आँखा उपचार केन्द्र संचालन हुँदै आएको छ । लकडाउनका कारण अस्पतालले संचालन गर्दै आएको ‘समुदाय पहुँच कार्यक्रम’ पनि प्रभावित भएको छ । समुदायमा आँखाको आँखाको महत्व, त्यसको हेरविचार, उपचार विधिका बारेमा कार्यक्रमअन्तर्गत समुदायलाई सचेतीकरण गर्दै आएको थियो ।
यस्तै लकडाउनका कारण सन् २०२० सम्म संचालन हुने ‘भिजन ट्वान्टी—ट्वान्टी कार्यक्रम’ पनि प्रभावित हुने भएको छ । सो कार्यक्रमअन्तर्गत मोतियाविन्दु, जलविन्दु, खस्रे रोगको उपचार, बालबालिकामा हुने अन्धोपन न्यूनिकरण, चश्माको जाँच, न्यून दृष्टि सेवा, मधुमेहका कारण आँखाको दृष्टिमा पर्ने असरको उपचार गर्नुका साथै आँखा रेखदेख सम्बन्धी चेतनामूलक कार्यक्रमलाई समेटेको नेपाल नेत्र ज्योति सङ्घ बाँकेका अध्यक्ष टण्डनले जानकारी दिए ।
उनी अनुसार, नेपालमा आँखाका समस्या भएका नागरिक मध्ये ९० प्रतिशत ग्रामिण भेगका छन भने ७२ प्रतिशत मोतियाबिन्दुको समस्यावाट प्रभावित छन् । आँखाको विभिन्न रोगबाट पीडित मध्ये ८० प्रतिशतको रोग निको गर्न सकिने पछिल्लो पटक गरिएको सर्वेक्षणले देखाएको छ । भिजन ट्यान्टी—ट्वान्टी कार्यक्रम त्यसैको एउटा कडी हो । संयुक्त राष्ट्र सङ्घले ‘दृष्टिका लागि अधिकार’ नारा सहित भिजन ट्वान्टी—ट्वान्टी कार्यक्रम तर्जुमा गरेपछि नेपालले अनुमोदनपत्रमा हस्ताक्षर गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्पmत् मुलुकभरि कार्यक्रम संचालन गर्दै आएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: