Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

लकडाउन थप बढ्न सक्ने प्रधानमन्त्रीको संकेत, दुई साता थप चुनौतिपूर्णं भएको भनाईं

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले लकडाउन बढ्न सक्ने संकेत गरेका छन् । मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले आगामी दुई साता झनै चुनौतिपूर्णं हुनसक्ने भन्दै लकडाउन बढ्न सक्ने बताएका हुन् ।

उनले महामारीको संक्रमण फैलिन नदिन सरकारले सबै खालका कदमहरु चाल्ने स्पष्ट पारे । आगामी दुई साता झनै चुनौतिपूर्णं रहेको भन्दै उनले भने, ‘आउने दुई साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुन सक्छन्, यो अवधि कोरोनाको लक्षण प्रकट हुने मात्र होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो, महामारीको संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिनेछ ।’

मन्त्रिपरिषदले सोमबार मात्रै आगामी वैशाख ३ सम्मको लागि लकडाउनको समय थप गरेको थियो । प्रधानमन्त्रीले सम्बोधनका क्रममा आगामी दुई साता झनै जोखिमपूर्णं भएको बताएसँगै लकडाउन पनि बढ्ने सम्भावना बढेको हो ।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा यसै साताबाट र्‍यापिड टेष्टको अभियान पनि सञ्चालन हुने बताएका छन् । उनले व्यक्तिबाट समुदायमा संक्रमण देखिएसँगै यसको स्थिति थाहा पाउन ¥यापिड टेष्टको अभियान अगाडि बढाउन लागिएको जनाए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending