Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

सीमामा अलपत्र परेका नेपालीहरुकाे तत्काल उद्दार गर: मोहनविक्रम सिंह

काठमाडौं । नेकपा (मसाल)ले नेपाल–भारत सीममा अलपत्र परेर बसेका नेपालीको तत्काल उद्दार गर्न सरकारको ध्यानकर्षण गराएको छ । बिहिबार पार्टीका महामन्त्री मोहनविक्रम सिंहले एक विज्ञप्ति जारी गर्दै सीमामा अलपत्र परेकाहरुको तत्काल उद्दार गरी स्वदेशमा ल्याएर क्वारेन्टाइनमा राख्न सरकारसँग आग्रह गरेका हुन् ।

महामन्त्री सिंहले सीमामा भारततर्फ रोकिएका नेपालीहरुलाई त्यहाँको सरकारले उचित व्यवस्थापन गर्न नसकेको आरोपसमेत लगाएका छन् । उनले भनेका छन, ‘खासगरी सुदुरपश्चिमका सीमावर्ती क्षेत्रहरुमा आएका नेपालीहरुको अवस्था धेरै नै खराब भएको छ । तिनीहरुको लागि भारतीय पक्षद्वारा राम्ररी खानपिनको व्यवस्था गर्ने, राम्रो व्यवहार गर्ने वा आवश्यकताअनुसार क्वारेन्टाइनमा उनीहरुलाई बेग्लै राखेर स्वास्थ्य परीक्षण वा उपचार गर्ने कार्यमा समेत समुचित ध्यान दिने गरिएको छैन ।’

सिंहले भारतीय सीमामा आएकार बसेका नेपालीहरुको समस्या गम्भीर मानवीय प्रश्न भएको बताउँदै उनीहरुलाई उद्दार गरेर ल्याउन नेपालका सबै राजनीतिक पार्टी र संघसंस्था लगायतको ध्यानाकर्षण गराएका छन् ।

यस्ताे छ विज्ञप्ती

नेपाल कम्युनिस्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

वक्तव्य

अहिले सर्वप्रथम हामीले भारतका बोर्डरहरूमा आएर अलपत्र परेका नेपालीहरूबारे सरकारको ध्यान आकर्षित गर्न चाहन्छौँ ।

प्रधानमन्त्रीले राष्ट्रका नाममा दिएको सन्देशमा भारतीय सीमामा करिब दुईहजार नेपालीहरू भएको बताइएको छ । वास्तवमा तिनीहरूको अवस्था धेरै नै दयनीय र कष्टप्रद भएको छ । खास गरेर सुदुरपश्चिमका सीमावर्ती क्षेत्रहरूमा आएका नेपालीहरूको अवस्था धेरै नै खराब भएको छ । तिनीहरूका लागि भारतीय पक्षद्वारा राम्ररी खानपिनको व्यवस्था गर्ने, राम्रो व्यवहार गर्ने वा आवश्यकतानुसार क्बारेनटाइनमा उनीहरूलाई बेग्लै राखेर स्वास्थ्य परीक्षण वा उपचार गर्ने कार्यमा समेत समुचित ध्यान दिने गरिएको छैन । त्यसकारण हामीले भारतीय सीमामा आएर अलपत्र परेका नेपालीहरूको उद्दार गरेर नेपालमा ल्याएर आवश्यकतानुसार उनीहरूलाई क्बारेनटाइनमा राख्न व्यवस्था गर्नका लागि सरकारसित विशेष माग गर्दछौँ ।

वास्तवमा भारतीय सीमामा आएर बसेका नेपालीहरूको समस्या गम्भीर मानवीय प्रश्न भएको छ । त्यसकारण उनीहरूलाई उद्दार गरेर नेपालमा ल्याउनका लागि हामीले सरकारका साथै सबै राजनीतिक पार्टी, सङ्घसंस्था र सबै न्यायप्रेमी जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ ।

२०७६ चैत्र २७ गते
मोहनविक्रम सिंह
महामन्त्री

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending