Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

पाँच दिनदेखि भेटिएनन् कोरोनाका नयाँ संक्रमित, २८ सय ९५ को परीक्षण

काठमाडौं । गत शनिबारपछि नेपालमा कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहिबार नियमित पत्रकार सम्मेलनमार्फत स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाँच दिनयता नयाँ संक्रमित नभेटिएको जानकारी गराएका हुन् ।

देवकोटाले बिहीबार दिउँसोसम्म जम्मा २ हजार ८९५ को स्वाबको नमूना परीक्षण गरिएको जानकारी दिए। उनका अनुसार राष्ट्रिय प्रयोगशाला २ हजार ३८३ र उपत्यकाबाहिर ५१३ को परीक्षण गरिएको छ । देवकोटाले जनाएअनुसार बिहिबार मात्रै १९३ को परीक्षण भइरहेको छ ।

देवकोटाले जनाएअनुसार कोरोना संक्रमणको आशंकामा हाल देशभर ७ हजार ९४ जनालाई क्वारेन्टाईनमा राखिएको छ । जसमध्ये ११७ जनालाई आइसोलेसनमा राखि उपचार गरिएको छ । उनका अनुसार काठमाडौं उपत्यकामा १८ र उपत्यका बाहिर ९९ जनालाई आइसोलेसनमा राखिएको छ ।

गत शनिबार कैलाली र कञ्चनपुरका दुई पुरुष र १ महिलामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको थियो। त्यसयता नयाँ संक्रमित नभेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ मै सीमित रहेको हो।

जसमध्ये १ जना उपचारपछि घर फर्किसकेका छन् भने दुई बागलुङका दुई जनाको धौलागिरी अस्पताल सुदूरपश्चिमका ४ जनाको सेती प्रदेशिक अस्पताल र अन्य दुई जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies