Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

ओली र विद्यादेवी भण्डारीद्धारा बेलायती प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना

एजेन्सी । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । उक्त सन्देशमा बेलायतमा रहेका समस्त नेपालीहरुको संरक्षण हुने विश्वास पनि व्यक्त गरेकी छिन् ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बेग्लै सन्देश पठाई प्रधानमन्त्री जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनी कोरोनाविरुद्धको लडाइँमा बेलायतको नेतृत्व गर्न सक्षम हुन विश्वास व्यक्त गरेका छन् ।

गत बिहीबार बेलायत सरकारका परराष्ट्र राज्यमन्त्री लर्ड अहमदले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोन संवाद गरी नेपालमा रहेका बेलायती नागरिकको सुरक्षा तथा फिर्तीसम्बन्धी विषयमा कुरा गरेका थिए । उक्त अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले बेलायतमा रहेका नेपालीको सुरक्षा तथा विद्यार्थीको समस्याबारेमा अवगत गराएको जानकारी दिए । परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा बिदामा रहेका भूतपूर्व गोर्खा र तिनका परिवारका विषयमा समेत कुरा उठाएका लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

यसैबीच, पर्वतको महाशिला गाउँपालिकास्थित भोक्सिङ देउराली घर भई हाल बेलायतको नटिटन शहरमा रहेका ५६ वर्षीय मेखबहादुर गुरुङको कोरोना भाइरसका बुधबार कारण मृत्यु भएको छ । उनी भूपु गोर्खा सैनिक थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies