दैलेख । सरकारले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई विशेष सेवा सुविधा दिने व्यवस्था मिलाए पनि दैलेखको एक स्थानीय तहले तीबाहेक छुट्टै भत्ता दिने भएको छ । दैलेखको दुल्लु नगरपालिकाले आफ्ना कार्यक्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई छुट्टै प्रोत्साहन भत्ता दिने भएको हो ।
स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र यो महामारी रोकथाम र नियन्त्रण गर्न उनीहरूको ठूलो योगदान हुने हुँदा उनीहरुका लागि छुट्टै भत्ताको व्यवस्थापन गरिएको नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए । “निर्णयानुसार मेडिकल अधिकृतलाई रु तीन हजार, स्वास्थ्य कर्मचारीलाई रु दुई हजार र श्रेणीविहीन कर्मचारीलाई रु एक हजार ५०० प्रोत्साहन भत्तास्वरूप उपलब्ध गराइने छ”, उनले भने ।
नगरपालिकाले स्थापना गरेको रु ६३ लाखको विपद् कोषबाट थप प्रोत्साहन भत्ता दिने ११ स्थानीय तहमध्ये दैलेखको यो पहिलो हो । तेह्र वडा रहेको यो पालिकामा दुई चिकित्सकसहित ११९ स्वास्थ्यकर्मी रहेका छन् । स्थानीय तहले यो विशेष सेवा दिनु एकदमै आवश्यक रहेको र स्वास्थ्यकर्मी पनि उत्साहित भएको जिल्ला अस्पताल दैलेखका प्रमुख डा निराजन पन्तले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: