Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

क्यानाडाले अघि बढायो विशाल आर्थिक सहायता कार्यक्रम

मन्ट्रियल । क्यानाडाको संसदले शनिबार दोस्रो विश्वयुद्धपछि देशको सबैभन्दा ठूलो आर्थिक उपायका रुपमा एक ज्याला अनुदान कार्यक्रम पारित गरेको छ । व्यवसाय र उनीहरूका कामदारलाई कोरोनाभाइरस संकटबाट जोगिन उक्त कार्यक्रमले मद्दत गर्ने क्यानाडा सरकारले विश्वास गरेको छ ।

क्यानाडाको संसद हाल स्थगित छ, तर इस्टर सप्ताहन्तको मध्यमा बसेको संसदको असाधारण सत्रले करिब ५२ अर्ब अमेरिकी डलरको कार्यक्रम स्वीकृत गरेको छ । कर्मचारी कटौतीको समस्या समाधान गर्न कम्पनीमा कार्यरत कर्मचारीको तलबको ७५ प्रतिशत रकम सरकारले व्यहोर्नेछ ।

प्रधानमन्त्री जस्टिन ट्रुडो उक्त कार्यक्रम पारित गर्ने संसद अधिवेशनमा भाग लिएका थिए । आफ्नी पत्नीलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री जस्टिन एक महिनाका लागि घरमा नै एकान्तबासमा थिए ।

प्रधानमन्त्री जस्टिनले कोरोना महामारीका कारण “फ्रन्टलाइन” जताततै देखिएको बताएका छन् । उनले भने, “अहिले यो फ्रन्टलाइन हाम्रो घरमा, हाम्रा अस्पतालहरूमा र सेवा केन्द्रहरूमा, हाम्रा किराना पसलहरूमा र औषधि पसलहरुमा, हाम्रा यातायातका साधन रोक्ने ठाउँहरुमा र ग्यास स्टेशनहरूमा छ ।”

“यी स्थानहरूमा काम गर्ने मानिसहरू हाम्रो आधुनिक दिनका नायकहरू हुन्” उनले भने ।

कोरोना संकट उत्पन्न भएयता यो दोस्रो आर्थिक सहयोग विधेयक हो । पछिल्लो विधेयकको मुख्य उद्देश्य नै “क्यानाडालीहरुलाई आफ्नो जागिर जोगाइ राख्न र तलब पाउने सुनिश्चित गराउनु हो,” प्रधानमन्त्रीले भने, “यो दोस्रो विश्वयुद्धपछि क्यानाडाको सबैभन्दा ठूलो आर्थिक प्याकेज हो ।”

अर्थमन्त्री बिल मोरेनोले यो तलबी आर्थिक प्याकेज तीन महिनाका लागि रहेको बताए । क्यानाडामा गत महिना १० लाखभन्दा बढी रोजगारी गुमेको थियो ।

क्यानाडामा शनिबारसम्ममा २३ हजार १९७ जना कोरोना संक्रमित रहनुका साथै ६७८ जनाको ज्यान गएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE