Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

यस्तो रह्यो ७६ को राजनीति

काठमाडौं । नेपालका प्रमुख राजनीतिक दल आन्तरिक विवादमै जेलिइरहे(वर्ष ०७६ भरि)। पार्टीभित्रको आन्तरिक विधि, पद्धति र प्रक्रियाभन्दा नेताको हैसियत, बहुमत र भागबण्डाको राजनीतिमा नेकपा र काँग्रेस अलमलमा रहे। ती पार्टीभित्रको आन्तरिक विवाद अझै साम्य हुन सकेको छैन। नेकपामा त्रिपक्षीय शक्ति संर्घष ९त्यसभित्र पनि मुख्य गरी दुई अध्यक्षवीचको शक्ति संर्घष० मा राजनीति चक्कर वर्षभरी नै घुमिरह्यो।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - आसन्न १४ औं महाधिवशेनलाई लिएर काँग्रेसमा पनि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षवीच जुहारी चल्यो। स्पष्ट बहुमत रहेपनि सत्ताारुढ दलभित्रको आन्तरिक किचलोका कारण सरकारको काम जनअपेक्षा अनुसार देखिन सकेन। अन्य दल पनि आन्तरिक विवादले राष्टिय राजनीतिको केन्द्रबाट ओझेलमा परिरहे। एजेण्डागत रुपमा नेकपाभित्रको शक्ति संर्घष नै मूल रुपमा राजनीतिको मियो बनिरह्यो। प्रतिपक्षी काँग्रेस प्रभावहीन बनिदिँदा सरकारलाई खबरदारी गर्ने कुनै शक्ति राजनीतिमा देखिएन।

राजनीतिमा कुनै सफलता हात पार्ने ब्रेक थ्रू नभएको पनि आफैभित्रको गोलचक्करमै राजनीति घुमेको कतिपयका विश्लेषण छन्। वर्ष ०७६ पनि त्यसैगरी घुमेको राजनीतिक विश्लेषक कृष्ण पोखरेलले बताउँछन्। नेपालको राजनीति ब्रेक थ्रू भएर नयाँ दिशा सामातेर हिंड्ने स्वभावको नभएको र राजनीतिक नेतृत्वमा पहिले नै परीक्षण भइसकेका नेता भएकाले उनीहरुबाट भविष्यमा नयाँ चमत्कार हुने अपेक्षा नरहेको उनको बुझाई छ। ‘नेपालको राजनीतिक गोलचक्करमै छ। पार्टी, नेता त्यही छन्। उनीहरुका विवेक र वुद्धिले जहाँ पु¥याउने रहेछन्, त्यहीअनुसार राजनीति कुद्ने रहेछ। नागरिकले कुनै हस्तक्षेप गरेर तुरुन्तै केही परिवर्तन हुने अवस्था पनि छैन। आन्तरिक उल्झनमै घुमिरहेछ राजनीति’, पोखरेल भन्छन्।

नेकपामा कहिले प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच शक्ति संर्घष देखियो, कहिले प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव नेपालबीच। ०७५ जेठ ३ मा पार्टी एकता भएयता दाहालले ०७६ को ते श्रो सातादेखि पार्टीमा आफनो अधिकार खोज्न थालेका थिए। २२ वैशाख ०७६ मा कार्लमाक्र्सको जन्म दिवसमा आयोजित कार्यक्रममा पहिलोपटक पार्टीभित्र एक्लो महसुस हुन थालेको भन्दै उनले असन्तुष्टि प्रकट गरे।

त्यसअघि नै ओलीसँग वरिष्ठ नेता नेपालको फरक मत पार्टीमा दर्ता भइसकेको थियो। नेकपाभित्र अध्यक्षद्वयले पार्टीलाई लथालिंग पाराले चलाए। पार्टी विधानतः बैठक बस्नै सकेन। बल्तल्ल गत माघमा केन्द्रीय समिति बैठक बस्यो। सरकारले एकलौटी लिएका निर्णयको स्वामित्व पार्टीले लिन नसक्ने भन्दै बेला बेला नेताका भनाई सार्वजनिक भए।

ओलीमाथिको दबाव बढदै जाँदा गत मंसिरमा ओलीले सरकार र दाहालले पार्टी हेर्ने गरी कार्य विभाजनसम्म गर्नुपर्ने अवस्था आयो।

त्यतिमात्र होइन, एमसीसी विवाद, वामदेव गौतमको कुर्सी मोह विवादमै घुमिरहे। यौन दुराचारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महरा पदमुक्त भए। महराको बहिर्गमनपछि नेकपाभित्र कसलाई सभामुख बनाउने भन्ने विषय विवादरहित हुन सकेन। संविधान संशोधनदेखि नेताहरुका धुव्रीकरणसम्मका विषयले नेकपालाई अल्झाइरह्यो। पार्टीका एकता प्रक्रिया टुंग्याउनेदेखि महत्वपूर्ण विभागहरुको जिम्मेवारी कसलाई दिने, त्यसभित्र आफनो समुहका कुन नेतालाई राख्ने भन्ने जस्ता विवादमा पनि नेकपा गोलचक्करमै फस्यो।

मुख्यगरी अध्यक्ष ओली र दाहाल तथा वरिष्ठ नेता नेपालको शक्ति संर्घषको केन्द्र बनिरहे। यस्तै कारणले कतिपय विषय नेकपाभित्र अझै समाधान हुन सकेका छैनन। उसले विवादका विषय गत फागुन १४ यता थाँती राख्दै आएको छ। पार्टीभित्रको आन्तरिक राजनीति विवादास्पद भइरहँदा सरकारले ल्याएका कतिपय विधेयकले आन्दोलनको आँधीबेरी ल्यायो। राष्ट्रिय मानव अधिकार आयोगको अधिकार संकुचित गर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने मिडिया काउन्सिलसम्बन्धी र गुठी जस्ता विधेयक यसका केही नमूना हुन्। सरकारले सरोकारवालासँग पर्याप्त छलफल नगरी ल्याएका कतिपय यस्ता विधेयकले नागरिक समाज र पेशाकर्मीलाई कुपितमात्र बनाएन, आन्दोलितसमेत गरायो।

संविधानले केन्द्र र प्रदेशका अधिकारबारे स्पष्ट मार्गनिर्देशन दिएको छ। यसमा पनि अधिकार क्षेत्रका विषयलाई लिएर केन्द्र र प्रदेश सरकारबीच विवाद देखिए। खासगरी प्रदेश २ र केन्द्र सरकारवीच विवाद सतहमै आयो। संघीय सरकार मातहात रहने प्रमुख जिल्ला अधिकारीको अधिकार संकुचन गर्ने गरी प्रदेशले विधेयक ल्याउने काम मात्र गरेन, केन्द्र सरकारविरुद्ध मुद्दा नै हाल्ने अवस्थासम्म सिर्जना भयो। सरकारको कार्यशैलीसँग असन्तुष्टि जनाउँदै समाजवादी पार्टीले सरकार छोडने निर्णय गर्यो। गत कात्तिक १८ मा प्रदेश प्रमुख फेर्ने निर्णय र नयाँ नियुीक्तमा आपूmसँग सल्लाह नगरेको, संविधान संसोधनका विषयमा गम्भीर नभएको जस्ता आरोप लगाउँदै समाजवादी सरकारबाट बाहिरियो।

काँग्रेसको अवस्था पनि उस्तै रह्यो। पार्टी संगठनभित्रको भागबन्डामा सो पार्टीमा ६०÷ ४० संस्थागत नै भयो। महाधिवशेन कार्यतालिका पहिले ल्याउने कि नल्याउने भन्नेमा देउवा९पौडेल चर्काचर्की परिरह्यो। विचार तथा अभिव्यक्तिमा प्रतिबन्ध लगाउने प्रावधान समेटेर पार्टी नियमावली मस्यौदा समितिले तयार पारेको विषयदेखि महाधिवशेन कार्यतालिकाका विषयले पार्टी विवादमा पर्यो। पौडेल पक्षले यसैका लागि पार्टी केन्द्रीय समिति बैठक समेत वहिष्कार गर्ने अवस्था आयो। अन्ततः फागुन ०७७मा महाधिवशेन गर्ने गरी महाधिवशेन गर्ने काँग्रेसको कार्यतालिका बनेको थियो। तर, अन्य आन्तरिक कलहबाट काँग्रेस अझै उम्कन सकेको छैन।

०७६ मा कतिपय चर्चित नेताको चरित्रमाथि दाग लाग्यो। काँग्रेस सांसद मोहम्मद अफताव आलामको ०६४ को वमकाण्ड फेरि ब्यूँतियो। उनी अझै अहिले जेलमा छन्। महिला वालवालिका तथा समाज कल्याण मन्त्री पार्वत गुरुङलाई पनि ०७४ को स्थानीय तह चुनाव ताकाको एक हत्याकाण्डमा अदालतले वारेन्ट जारी गर्यो। व्यक्ति हत्याको आरोप लागेका अग्निप्रसाद सापकोटालाई सभामुख बनाइएको विषय पनि राजनीतिक वृत्तमा विवादास्पद रह्यो। प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नलाई निम्छरो भन्दै टिप्पणी गरेपछि काँग्रेसले संसद नै अवरुद्ध पार्यो। अन्ततः तत्कालिन सभामुख महराले गत वर्ष २७ वैशाखमा प्रधानमन्त्रीको अशोभनीय शब्द हटाउन निर्देशन नै दिए।

नीति तथा कार्यक्रममा मेरो सरकार भनी राष्ट्रपतिले सम्बोधन गरेका विषय पनि विवादमा आए।

नेकपाभित्रको आन्तरिक शक्ति संर्घषमा कतिपय अवस्थामा राष्ट्रपति स्वयं साक्षी बसेकोदेखि पार्टी बैठक चल्दै गर्दा उनले नेताहरुलाई शितल निवासमा बोलाएर डिनर खुवाएको विषयमा राष्ट्रपति भण्डारी पनि विवादमा परिन्। उनले ८ जेठमा प्रमाणीकरणका लागि पुगेको राहदानी विधेयक फिर्ता गरिन्। सरकारी पत्रको आधारमै राहदानी रोक्न सक्नेजस्ता प्रावधानसहित पारित भएको उक्त विधेयकको विरोध भएपछि राष्ट्रपतिले प्रमाणीकरण नगरी फिर्ता गरिन्। गणतन्त्र स्थापनापछि राष्ट्रपतिले संसदमै फिर्ता पठाएको उक्त विधेयक पहिलो हो।ब्रेकर

०७६ मा कतिपय चर्चित नेताको चरित्रमाथि दाग लाग्यो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy