काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस) पीडित किसानलाई राहत दिनका लागि मन्त्रिपरिषद्ले मौखिक सहमति दिएको छ । मन्त्रिपरिषद् बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसानका लागि राहतको प्रस्ताव गरेको थियो । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले कृषि मन्त्रालयलाई राहत दिनका लागि मौखिक सहमति दिएको मन्त्रालयले जनाएको छ ।
कृषि मन्त्रालयले तरकारी, दुध र पोल्ट्रीका लागि किसानलाई राहत दिने भनि मन्त्रिपरिषद्मा करिब ७० करोड रुपियाँ बराबरको रकम प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्ले अहिले मौखिक रुपमा सैद्धान्तिक सहमति दिएको छ र राहतका लागि तयारी थाल्न भनेको जनाउँदै अधिकारिक निर्णय अर्को बैठकबाट गर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालय रातहको तयारीमा जुटेको छ । मन्त्रालयले प्रदेशमार्फत सो राहत किसान समक्ष पुर्याउने तयारीमा लागेको छ । मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले किसानलाई राहत प्रदान गर्नका लागि मन्त्रालयले तयारी थालेको बताए । स्थानीय तहलाई थुप्रै जिम्मेवारी तथा काम भएको हुनाले यो राहत वितरणको काम प्रदेश सरकारमार्फत गराउने सोच मन्त्रालयको रहेको र त्यसमा छलफल भइरहेको उनले बताए ।
लकडाउनका कारण कृषि क्षेत्रमा सबभन्दा बढी दुध, पोल्ट्री र तरकारी व्यावसाय प्रभावित भएका छन् । कृषि मन्त्रालयले करिब ७० करोड बराबरको राहतका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ । पोल्ट्री व्यावसायमा ५ हजारभन्दा कम कुखुरा पाल्ने किसानले गोटाको हिसाबले राहत दिने प्रस्ताव गरिएको छ । त्यस्तै ५ हजारभन्दा बढी कुखुरा पाल्ने किसानलाई ऋणमा पाँच प्रतिशत सहुलियत दिने मन्त्रिपरिषद्मा प्रस्ताव गरिएको छ ।
त्यसैगरी, बिक्री नभएको दुधको प्रतिलिटर १० रुपियाँ दिने प्रस्ताव गरेको छ । तरकारीको हकमा कुन किसानको कति तरकारी बिक्री भएन स्थानीय तहले सिफारिस गरेको आधारमा राहत दिने मन्त्रालय स्रोतले जनाएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: