Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

निगमलाई प्रतिस्पर्धी बजारमा अब्बल बनाउनुको विकल्प छैन : अध्यक्ष घिमिरे

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले करीब तीन महिनाको अन्योलतापछि एक कुशल एवम् क्षमतावान् नेतृत्व पाएको छ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव सुशील घिमिरेलाई निगमका कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले घिमिरेलाई अध्यक्षमा नियुक्त गरेको थियो ।

तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले २०७६ माघमा राजीनामा दिएपछि निगमको कार्यकारी अध्यक्ष पद रिक्त थियो । घिमिरेलाई अर्को व्यवस्था नहुँदासम्म कार्यकारी अधिकृतसहित कार्यकारी अध्यक्ष नियुक्त गरिएको पर्यटन मन्त्रालयले पुष्टि गरेको छ । घिमिरे यसअघि पनि पर्यटन सचिवको जिम्मेवारीमा रहँदा निगम सञ्चालक समिति अध्यक्ष बनेका थिए ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले नेतृत्व सम्हालेपछि निगमको व्यवस्थापन सुधारका लागि पूर्वसचिव घिमिरेकै नेतृत्वमा गत साउन २२ गते पाँच सदस्यीय निगम सुधार कार्यदल गठन गरेका थिए । सो कार्यदलले असोज १ गते निगम सुधारका लागि विस्तृत प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ । कार्यदलको प्रतिवेदनमा निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउनेदेखि निगमलाई पब्लिक कम्पनीमा लैजान र सर्वसाधारणदेखि विभिन्न संस्था, निकायलाई पनि शेयर जारी गर्न सुझाएको थियो ।

घिमिरेले यसअघि सञ्चार मन्त्रालयमा रहँदा नेपालको दूरसञ्चार प्राधिकरणलाई निजी क्षेत्रमा लैजान पनि भूमिका निर्वाह गरेका थिए । निजामती सेवामा रहँदा घिमिरेले एक कुशल राष्ट्रसेवकको छवि बनाएर तत्कालीन पर्यटन मन्त्रीहरुबाट प्रशंसा पाएका थिए । अर्थात घिमिरेले जहाँ जुन मन्त्रालय तथा संस्थाको नेतृत्व लिए त्यहाँ आफूलाई अब्बल साबित तुल्याए।

घिमिरेको विगतको कर्मशील छविलाई नै लिएर अहिले सरोकारवालाले उनको निगम यात्राको पुनर्आगमनको सिलसिलामा सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । घिमिरेको नियुक्तिको विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुक तथा सञ्चारमाध्यममा निगम सुधारको अपेक्षासहित शुभकामना दिएका छन् । पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पा, वरिष्ठ पर्यटन व्यवसायी विक्रम पाँडे काजी, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख तथा प्रतिनिधिले पनि निगम नेतृत्वप्रति आशातीत प्रक्रिया जनाएका छन् ।

निगमको पुनर्संरचना, व्यवस्थापकीय पुनर्संंरचना, संस्थागत पुनर्संरचना, गन्तव्य विश्लेषण, बजार व्यवस्थापन, मानव स्रोत व्यवस्थापन लगायतको विषयमा घिमिरेको कार्यदलले दिएको सुझावबाट पर्यटमन्त्री भट्टराई प्रभावित छन् । निगमको सुधारका लागि निगमका बारेमा जानकारलाई नेतृत्व दिँदा सुधार ल्याउन सकिने विश्वास मन्त्री भट्टराईको छ ।

नवनियुक्त घिमिरेले नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको सुधारका विशेष कार्ययोजना बनाएर अघि बढ्ने बताए । गौरवमय इतिहास रहेको नेपाल वायु सेवा निगम अनेकौँ उतारचढावबीच अहिलेको अवस्थामा आइपुगेको बताउँदै घिमिरेले अब यसलाई प्रतिस्पर्धी बजारमा अब्बल बनाएर लैजानुको विकल्प नभएको बताए । उनले भने, “गौरवमय इतिहास बोकेको नेपाल वायु सेवा निगमको वर्तमान चुनौतीपूर्ण अवस्थालाई सुधार गरी अब्बल बनाएर लैजानुको विकल्प छैन । कडा मेहनतका साथ यसको उज्यालो भविष्यका लागि लाग्नेछु ।”

सरकार तथा निजी क्षेत्रका सरोकारवाला निकायको सहकार्य र विश्वासलाई जितेर निगमको नेतृत्वलाई गन्तव्यमा पु¥याउन सके मात्रै घिमिरेको निगम यात्राले सार्थकता पाउनेछ । घिमिरेले कोभिड–१९ को सङ्क्रमणपछि निगमको अर्थोपार्जनमा झनै चुनौती थपिदिएको भन्दै यो अवस्थाबाट निगमलाई सुधार्ने आगामी रणनीतिका साथ अघि बढ्ने दृढता व्यक्त गरे। उनले निगम सुधार कार्यदलले दिएको सुझावअनुरुप पछिल्ला दिनमा निगमभित्र केही सुधारात्मक काम पनि भइरहेको बताउँदै त्यसलाई थप प्रभावकारी बनाएर लैजाने विश्वास दिलाउनुभयो ।

को हुन् घिमिरे ?

पूर्वसचिव घिमिरे नागरिक उड्डयन क्षेत्रमा गहिरो ज्ञान भएका व्यक्ति मानिन्छन् । उनले तत्कालीन उपसचिव रहँदा लामो समय पर्यटन मन्त्रालयको हवाई सुरक्षा तथा प्राधिकरण सुपरीवेक्षणको जिम्मेवारी बहन गर्नुभएको थियो । यसपछि घिमिरले पर्यटन मन्त्रालयको सचिवका रुपमा २०६९ साल पुस २७ देखि २०७१ साउन ८ गतेसम्म जिम्मेवारी सम्हाल्नुभयो । सोही अवधिमा घिमिरे निगमको सञ्चालक समितिको अध्यक्ष भएका थिए । लामो समयदेखि थाती रहेको नेपाल वायु सेवा निगमको जहाज खरीद प्रक्रियालाई निगमको सञ्चालक समितिको अध्यक्ष तथा मन्त्रालयको सचिवको हैसियतले घिमिरेले सम्पन्न गरेका थिए ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया शुरु गर्नमा पनि उहाँको महत्वपूर्ण भूमिका रहेको थियो । विगत ४० वर्षअघिदेखि जग्गा अधिग्रहण गरी कार्यान्वयनमा नआएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको घिमिरे सचिव रहँदा कार्यान्वयन शुरु भएको थियो ।

यसैगरी १० वर्षअघिदेखि कार्यान्वयनमा आउन नसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि उहाँकै कार्यकालमा शुरु भएको हो । पर्यटनबाहेक घिमिरले सचिवका रुपमा सञ्चार मन्त्रालय, भूमिसुधार, स्थानीय बिकास, युवा तथा खेलकूद र महालेखा नियन्त्रकको सफल जिम्मेवारी सम्हालेका छन् । आफ्नो ३० वर्षे निजामती सेवाका दौरानमा सचिवबाट अवकाश पाएपछि घिमिरेले खुल्ला प्रतिस्पर्धाबाट संयुक्त राष्ट्र सङ्घको उच्च अधिकारीको भूमिकामा रहेर करीब २०÷२५ मुलुकका कर्मचारीहरुसँग समन्वय गरेर काम गरे। अर्घाखाँचीको पाणिनी ९हालको पाणिनी गाउँपालिका० मा जन्मेका घिमिरेले विज्ञान विषयमा स्नातकोत्तर तथा कानूनमा बिएल अध्ययन गरेका छन् ।

सुधारक प्रशाशक

सुशील घिमिरे निजामती क्षेत्रका पनि सुधारका सूत्रधार मानिन्छन् । दूरसञ्चार संस्थान, निजामती किताबखानामा महानिर्देशक रहँदा उनले ‘व्यक्तिगत सूचना प्रणाली’को विकास गरेका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रजिअ रहँदा घिमिरेले एकद्वार प्रणालीमा नागरिकता प्रमाणपत्र वितरण गर्ने कार्य शुरु गर्नुभएको थियो भने राहदानीको फारम बिहान ८ बजे देखि १०ः३० बजेसम्म सङ्कलन गरी सोही दिन नै राहदानी वितरण गर्ने प्रक्रिया शुरु गर्ने श्रेय पनि उनलाई नै जान्छ ।

दूरसञ्चार संस्थानलाई कम्पनीमा परिवर्तन गर्ने नेतृत्वदायी भूमिका रहनुभएको घिमिरेले २८ वर्षदेखि सम्पादन हुन नसकेको नेपाल वायु सेवा निगमको जहाज खरीद प्रक्रियालाई निगमको सञ्चालक समितिको अध्यक्ष तथा मन्त्रालयको सचिवको हैसियतले सम्पन्न गरेका थिए । उनले प्रशासनिक सुधार आयोगको सदस्यको जिम्मेवारीमा रहेर निजामती सेवा सुधारका लागि तालीम तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी साङ्गठनिक संरचनासमेतको प्रतिवेदनसमेत तयार पारेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE