Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

आधिकारिक सूचनाले बनाउँछ भयमुक्त

काठमाडौं । संसार नै यतिबेला कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासमा छ । नेपालमा पनि केही व्यक्तिमा सङ्क्रमण देखिएपछि यतिबेला देश बन्दाबन्दीमा छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - बन्दाबन्दीका कारण बाहिर हिँड्डुल गर्न नपाएका बेला रोग सङ्क्रमणको डर पनि मानिसको मनमा छ । मनोविज्ञान अध्येताका अनुसार हरेक मानिसमा डर हुनु स्वाभाविक हो, अझ असुरक्षाका बेला डर हुनु आवश्यक पनि हो ।

मनोविश्लेषक वासु आचार्य आगलागी भइरहेको बेला, बाघ आइरहेको बेला, हमला भइरहेको बेला डराउनुपर्छ । मानिसको मनमा डर हुनु आवश्यक छ किनभने डर भएपछि मात्र सुरक्षाको उपाय अपनाउन लागिन्छ भन्छन् । डरको मात्रा बढ्न थाल्यो र डरले नै व्यक्तिको दिनचर्या प्रभावित पार्न थालेको अवस्था भने राम्रो होइन ।

उनका अनुसार डर स्थायी हुन थाल्यो र सहनै नसक्ने भएमा मनोरोग भएको आभाष हुन थाल्छ । विशेष गरी महामारी जस्ता भौतिक, शारीरिक असुरक्षाको स्थितिमा मानिसको मनमा भएको डर व्यवस्थापन गर्नु जरुरी हुन्छ ।

मनमा रोग लाग्ला भन्ने डर भइहाल्ने, केही छोइहालेमा रोग लागिहाल्यो कि ? भन्ने पीर भइरहने, शरीरमा सानो बिसञ्चो भए पनि सङ्क्रमणको आशङ्काले चिन्ता सिर्जना गर्ने जस्ता लक्षण बेलैमा चिनेर व्यवस्थापन गर्नु जरुरी रहेको मनोविश्लेषक आचार्यको सुझाव छ ।

रोगको महामारीको बेला हुने यस्ता डर र चिन्ता हटाउन व्यक्ति स्वयंले प्रयास गर्नुपर्ने उनको सुझाव छ । रोग लाग्ने डरले हुने चिन्ता र बेचैनीबाट बच्न सबैभन्दा ठूलो उपाय सुरक्षाको उचित व्यवस्था रहेको आचार्यको भनाइ छ । उनले रोग लाग्नबाट बच्न सुरक्षा सावधानी अपनाइएको अवस्थामा मनको डर कम हुन्छ भनेर स्पष्ट पारे ।

कोरोना भाइरस र यसको डरबाट बच्न साबुन पानीले पटकपटक हात धुने, घरका सरसामान सफा राख्ने, मास्क, पञ्जा जस्ता सुरक्षा सामग्री प्रयोग गर्नुपर्छ । कोरोना रोग बारेको आधिकारिक स्रोतबाट आएका सूचना तथा विश्वसनीय सञ्चार माध्यमका समाचार मात्र पछ्याउन विज्ञ सुझाउँछन् । उनीहरूका अनुसार अफवाहबाट बच्न सकेमा पनि धेरै हदसम्म मनको डर र चिन्ताबाट टाढा रहन सकिन्छ ।

हतोत्साही हुने, चिन्ता लाग्ने, चिड्चिडाहट हुने जस्ता समस्या हटाउन परिवारका सदस्यसँग निकट रूपमा सञ्चार गर्नु पनि आवश्यक रहेको मनोविश्लेषक आचार्य बताउँछन् । परिवारमा एकापसमा खुसी हुने र खुसी राख्ने प्रयास गर्दा सकारात्मक वातावरण सिर्जना हुने उनको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारीको बेला हुन सक्ने मनोसामाजिक स्वास्थ्यका लागि ध्यान दिनुपर्ने कुराको सूची तयार पारेको छ । जसमा भय र चिन्ता उत्पन्न गराउने खालका कोरोना भाइरस सम्बन्धी समाचार सुन्न, हेर्न र पढ्न कम गर्न सुझाव दिइएको छ । दिनको कुनै निश्चित समयमा मात्र सूचना लिने बानी बसाल्नु उपयोगी हुने सुझाव दिइएको छ ।

नेपालको सन्दर्भमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रकार सम्मेलन, मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट प्रसारित प्रकाशित सूचना आधिकारिक मान्न सकिन्छ ।

त्यस्तै डब्लूएचओको वेबसाइटका सूचनालाई पनि पछ्याउन सकिन्छ । अफवाह र गलत सूचनाबाट बच्नु रोगबाट बच्नु जत्तिकै महत्वपूर्ण रहेको कुरा डब्लूएचओको सूचनाले पनि जनाउँछ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE