Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

ग्राहकहरुको गुनासोपछि टेलिकमको स्पष्टीकरण, ‘सिस्टमअनुसार नै ब्यालेन्स काटिएको हो’

काठमाडौं । पोष्टपेड मोबाइल प्रयोगकर्ताहरुको गुनासो आएपछि नेपाल टेलिकमले बिल भुक्तानीमा कुनै गडबडी नभएको स्पष्टीकरण दिएको छ । टेलिकमले अंग्रेजी महिनाको १५ तारिखको राति पोस्टपेड बिल अपडेट हुने भन्दै मोबाइल प्रयोगकर्ताहरुले प्रयोग गरेकै बिलको आधारमा ब्यालेन्स काटिएको बताएको छ ।

सामाजिक सञ्जालमा निकै गुनासो आएपछि खबर डबलीसँग कुराकानी गर्दै टेलिकमका प्रवक्ता राजेश जोशीले सिस्टमअनुसार नै ब्यालेन्स काटिएको स्पष्ट पारे । “हाम्रो सिस्टममा कुनै गडबडी छैन, हरेक अंग्रेजी महिनाको १५ तारिखको राति पोष्टपेड बिल रन हुन्छ र अघिल्लो तिर्नुपर्ने रकम बाँकी रहेको ब्यालेन्सबाट काटिन्छ”, प्रवक्ता जोशीले भने ।

१५ तारिखको दिउसो गरेको रिचार्ज पनि बेलुका काटिन सक्ने भन्दै उनले काटिने ब्यालेन्स मासिक बिलबाटै हुने प्रष्ट पारे । उनले भने, “पोष्टपेड प्रयोगकर्ताहरुले १५ तारिखको दिउसो राखेको ब्यालेन्स पनि काटिन सक्छ, ब्यालेन्स काटिने उहाँहरुले प्रयोग गरेको मासिक बिलबाटै हुने हो ।”

साथै मासिक न्यूनतम महसुल बापतको रकमबाट पोष्टपेड प्याक खरिद गर्न सकिने भएपनि अन्य प्याक खरिद गर्दा भने थप शुल्क तिर्नुपर्ने सिस्टम रहेकाे उनले बताए ।

प्रवक्ता जोशीका अनुसार ग्राहकहरुको गुनासोलाई ध्यानमा राख्दै टेलिकमले आफ्नो सिस्टमबारे छिटै विस्तृत जानकारी दिने पनि बताए । सामाजिक सञ्जालमा केहि राजनीतिक नेता, लेखक तथा केहि चर्चित हस्तिहरुले टेलिकमको बिलिङ्ग सिस्टमबारे प्रश्न उठाएका थिए ।

तलकाे लिंकमा क्लिक गरेर चेक गर्नुहाेस् माेबाइलकाे मासिक बिल

बिल चेक गर्न यहाँ क्लिक गर्नुहाेस्

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending