Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

एन्फा मुख्यालय अब क्वारेन्टाइन

काठमाडौं । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको एकेडेमी भवन अब क्वारेन्टाइनका लागि प्रयोग गरिने भएको छ । ललितपुर महानगरपालिकाले एकेडेमी भवनलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्न लागेको हो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - महानगरपालिकाले एन्फासँग क्वारेन्टाइनका लागि भवन मागेपछि प्रयोगका लागि दिएको एन्फाले जनाएको छ। कोरोनाविरुद्ध लड्नका लागि यसअघि नै एन्फाले आफू मातहतका भौतिक संरचना प्रयोग गर्न दिने निर्णय गरेको थियो।

एन्फा मुख्यालयमा क्वारेन्टाइन निर्माण गर्न ललितपुर महानगर र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिले समेत निरीक्षण गरेका छन्। एन्फाले खेलाडी होस्टल, स्वास्थ्य परीक्षण र एकडेमीको भान्छा कोठासहित १७ वटा कोठा क्वारेन्टाइनका लागि उपलब्ध गराएको छ।

एन्फाले उपलब्ध गराएको कोठालाई महानगरले आइतबारदेखि क्वारेन्टाइनका रूपमा प्रयोग गर्नेछ। महानगरले एकेडेमीको क्वारेन्टाइनमा २० जना मानिसलाई राख्ने तयारी गरेको पनि एन्फाले जनाएको छ।

एन्फाले एक साताअघि मात्र ललितपुर महानगरपालिकालाई दुई वटा एम्बुलेन्स पनि सहयोग उपलब्ध गराएको थियो। एन्फाले कोरोनाको जोखिम नसकिएसम्म प्रयोग गर्न ललितपुरलाई एम्बुलेन्स प्रदान गरेको हो।

विश्व फुटबल महासंघ (फिफा) फरवार्ड प्रोजेक्टअन्तर्गत खरिद गरिएको उक्त एम्बुलेन्स एन्फामै थन्किएको थियो। महानगरले कोरोनाको संक्रमण सकिएपछि एम्बुलेन्स एन्फालाई नै फिर्ता गर्नेछ।

हाल एन्फाअन्तर्गत रौतहटमा रहेको महिला फुटबल एकेडेमी भवन पनि क्वारेन्टाइनको रूपमा प्रयोग गरिएको छ।

रौतहटमा ४० जना व्यक्ति उक्तलाई क्वारेन्टाइनमा राखिएको छ। कोरोना भाइरसका कारण नेपाली फुटबलका सबैखाले गतिविधि स्थगित भएको छ। एन्फाले कोरोनाका कारण ‘बी’ डिभिजन लिग बीचमै स्थगित गरेको थियो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending