Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

विचलित भइनन् प्रसिद्धि, मनकुमारीको उच्च मनोबल

काठमाडौं । नेपालमा दोस्रो कोरोना संक्रमित हुन्, १९ वर्षीया प्रसिद्धि श्रेष्ठ। अस्पताल बसेको २७ दिनमा कोरोनालाई पराजित गरी उनी शनिबार घर फर्किएकी छन्। शनिबार नै बागलुङ नगरपालिका–३ गौंडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल पनि निको भएर डिस्चार्ज भइन्। छैटौं संक्रमित यी वृद्धा अस्पताल बसेको १८ दिनमा संक्रमणबाट मुक्त भएकी हुन्।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - किशोरी र वृद्धा दुवै जनाले कोरोनासँगको लडाइँ जित्दा उस्तै सन्देश दिए– उच्च आत्मबल। संक्रमणपछि न प्रसिद्धि विचलित भइन् न त मनकुमारीले आफ्नो आत्मबललाई कमजोर हुन दिइन्। दम र रक्तचापको बिरामीसमेत रहेकी मनकुमारीले कोरोनासँग लड्न उच्च मनोबलसहित दिनमा पाँच लिटरसम्म उमालेको पानी पिउने गरेको अनुभवसमेत सुनाइन्।

लक्षण नदेखिँदै अस्पताल गइन् प्रसिद्धि

प्रसिद्धि श्रेष्ठ लक्षण नदेखिँदै अस्पताल पुगिन्। २७ दिन आइसोलेसनमा बसिन्। शनिबार डिस्चार्ज हुँदा ढाडस दिँदै भनिन्, ‘मास्क, पन्जा लगाउनुहोला। ठाउँठाउँमा टाँसिएको सूचना पढ्नुहोला। सावधानी अपनाउनुहोला। अनावश्यक घुमफिर नगर्नुहोला।’

उनी शनिबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट घर फर्किएकी हुन्। ‘उहाँ (प्रसिद्धि) त्यति धेरै दिन आइसोलेसनमा बस्दा पनि आत्तिनुभएन’, अस्पतालका प्रवक्तासमेत रहेका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले भने, ‘मनोबल उच्च थियो।’

अस्पताल भर्ना भएपछि बिस्तारै लक्षणहरू देखिए। श्वासप्रश्वासमा गाह्रो भयो। पेटमा दुखाइ महसुस भयो। खोकी लाग्न थाल्यो। थकाइ लाग्थ्यो। तापनि उनले हरेस खाइनन्। कोरोनासँग लडिरहिन्।

‘बाहिरी मुलुकबाट आउनुभएको छ भने आफैँ आइसोलेसनमा बसिदिनुहोला’, उनले अनुरोध गरिन्, ‘यसले गर्दा समाजमा कोरोना भाइरस फैलिन पाउँदैन।’ संक्रमितलाई नराम्रो ढंगले कलंकका रूपमा (स्टिग्मा) प्रस्तुत नगर्न उनले सञ्चारमाध्यमलाई पनि आग्रह गरिन्।

फ्रान्सको एक विश्वविद्यालयमा अध्ययनरत उनी चैत ४ गते कतारको दोहा हुँदैे काठमाडौं आएकी थिइन्। विदेशबाट आएका कारण उनी घरमा अलग्गै बसिन्। कुनै लक्षण देखिएन। उनी घर आएको चौथो दिन सँगै यात्रा गरेकी भियतनामकी साथीले आफू संक्रमित भएको उल्लेख गर्दै फोन गरिन्। ‘साथीलाई कोरोना भाइरस पोजिटिभ देखिएको रहेछ’, उनले भनिन्, ‘जाँच गरिहालौं भनेर म टेकु आएकी थिएँ।’

उनी ९ गते अस्पतालमा जँचाउन जाँदा मास्क र पन्जा लगाएकी थिइन्। अस्पतालमा उनको घाँटी र नाकभित्रको खकार (स्वाब) परीक्षण गरियो। आइतबार रिपोर्ट आयो। उनी भर्ना भइन्।

घर आएको छैटौं दिन १० चैत सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा पत्रकार सम्मेलन गरी दोस्रो संक्रमणको पुष्टि गरे। मन्त्री ढकालले नै उनलाई डिस्चार्ज हुँदा आफ्नो अनुभव बाँड्न पनि आग्रह गरेको मन्त्रालय स्रोतले बतायो।

उनीभन्दा अघि चीनमा अध्ययनरत एक युवामा माघ ९ गते कोरोना भाइरस पोजिटिभ भेटिएको थियो। ती युवा पनि डिस्चार्ज भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा संक्रमितको संख्या ३० पुगेको छ। सबैको स्वास्थ्य सामान्य छ।

घरमा पनि आफैं एकान्तवासमा बसेकाले अभिभावक एवं आफन्त र समाजमा कोरोना फैलिन नपाएको श्रेष्ठले बताइन्। नेपाल टेलिभिजनलाई दिएको पहिलो अन्तर्वार्ता शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत सार्वजनिक गरिँदा उनमा आत्मविश्वास प्रस्ट देखिन्थ्यो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending