काठमाडौं । झण्डै १ महिना लकडाउन हुँदा पनि अत्यावश्यक वस्तुको सहजता खलबलिएको छैन। आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट स्वयं खटिएका छन्। ‘नेपालको आपूर्ति व्यवस्था आयातमा आधारित छ’, मन्त्री भट्टले भने, ‘अहिलेको आपूर्ति व्यवस्थापन सहज हुनुको प्रमुख कारण बिनारोकावट आयात सम्भव गराउनु हो।’
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - त्यो वातावरण बनाउन उनी उद्योगी, व्यवसायी, खुद्रा तथा साना व्यापारी, ढुवानीकर्ता, आपूर्तिकर्ता र तिनका व्यावसायिक संघ, संगठनहरूसँग नियमित छलफल गरिरहेका हुन्छन्। ‘भारतको पश्चिम बंगाल सरकारले आफ्ना नाका बन्द गरेकाले काँकडभिट्टाबाट आउन नसकेका ट्रकलाई विराटनगरबाट समेत ल्याइएको छ’, उनले भने, ‘अन्य नाकाबाट अत्यावश्यक वस्तुको आयात बढेको छ।’
अत्यावश्यकीय दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्तिलाई सहज बनाउन त्यस्ता वस्तु बिक्रीवितरण गर्ने पसल खुला छन्। बिहान र साँझ विशेष भीड हुने त्यस्ता पसल सुरक्षाकर्मीको निगरानीमा सञ्चालन भइरहेका छन्।
सुरुमा उपभोक्ताले अनावश्यक ग्यास स्टक गर्दा केही अभाव देखिए पनि ग्यास आपूर्ति सहज भएको उनले बताए। ‘अहिले ग्यासको आपूर्ति पुग्दो गरी बढेको छ’, उनले भने।
स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र वाणिज्य विभागको सक्रियतामा बजार कडाइ गर्दा विगतमा जस्तो कालोबजारी हुन पाएन। निजी क्षेत्रका व्यवसायीले पनि आपूर्ति व्यवस्थापनमा सहयोग गरेको मन्त्री भट्टले बताए।
भर्खरै जारी उपभोक्ता ऐनले पाँच वर्षसम्म कैद सजाय व्यवस्था गरेपछि कालोबजारी गर्ने व्यवसायी कम रहेको उनको धारणा छ। सरकार र निजी क्षेत्रसँग चार–पाँच महिनालाई धान्ने जगेडा रहेकाले अभावको कुनै गुनासो नआएको उनको भनाइ छ। ‘अहिले हिउँदे बाली भिœयाउने बेला पनि भयो। त्यसलै कृषि उपजमा कुनै समस्या छैन’, उनले भने।
तरकारी तथा फलफूलको थोक बिक्रीस्थलमा भीडभाड हुन नदिन कृषि तथा पशुपन्छी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकासँग समन्वय गरी काठमाडौं उपत्यकाका ११ स्थानबाट थोक बिक्रीवितरण गर्ने व्यवस्था मिलाइएको छ। ती स्थानमा कलंकी, बाफल, स्वयम्भू, वनस्थली, गोंगबु, वसुन्धरा, गोपीकृष्ण हल, तीनकुने, लैनचौर, रत्नपार्क र कोटेश्वर चोक छन्।
गृह मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय र स्थानीय तहसँग छलफल गरी किसानको खेतबाट बजारसम्म तरकारी ल्याउने व्यवस्था मिलाउन पहल गरिएको उनले सुनाए।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: