Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

धनगढीमा ५० शय्याको छुट्टै कोरोना वार्ड निर्माण सुरु

कैलाली । धनगढीमा कोरोना संक्रमितको उपचारका लागि ५० श्ययाको छुट्टै कोरोना वार्ड निर्माण सुरु भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र कञ्चनपुरको महाकाली अस्पताललाई ५०/५० श्ययाको छुट्टै कोरोना वार्ड निर्माणका लागि १/१ करोड रुपैयाँको अख्तियारी दिएपछि वार्ड निर्माण सुरु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

उनले सेती प्रादेशिक अस्पतालअन्तर्गत सञ्चालन हुने गरी ती निर्माण भइरहेको बताए । वार्डको भवन निर्माणका लागि किनारा कन्स्ट्रक्सन प्राइभेट लिमिटेडसँग ९४ लाख रुपैयाँमा एक महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको निर्माणको अख्तियारी पाएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए ।

‘एक महिनाभित्र वार्ड निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीबाट निर्माणको काम छिटो गर्नुपर्ने भन्ने निर्देशन आएपछि निमार्णकार्यलाई अझै तीव्रता दिइएको छ’ निमित्त प्रमुख धामीले भने, ‘दिन र रात गरी काम अघि बढिरहेको छ, १५ दिनभित्र वार्ड निर्माणको काम सम्पन्न हुनसक्छ ।’

वडा प्रहरी कार्यालय धनगढीको ठीकविपरीत दिशातर्फ रहेको कैलाली जिल्ला समन्वय समतिको जमीनमा सो वार्ड निर्माण भइरहेको छ । भवनमा एउटा ठूलो हल र बाँकी अन्य आइसोलेसन श्यया रहने बताइएको छ ।

वार्ड स्वास्थ्य कार्यालयको लागत अनुमानअनुसार निर्माण भइरहेको छ । नयाँ निर्माण हुने ५० श्ययाको वार्डको भवन प्रि–फ्याव प्रविधिमा निर्माण गर्न सम्झौता भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाइ छ ।

यस्तै ५० श्ययाको छुट्टै कोरोना वार्ड निर्माणका लागि रु एक करोडको अख्तियारी पाएको कञ्चनपुरको महाकाली अस्पतालमा भने सम्झौता मात्र हुन बाँकी रहेको बताइएको छ । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending