Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

विद्यालय भर्ना अभियान अनिश्चित

काठमाडौं । सरकारले घोषणा गरेको चालु वर्षको भर्ना अभियान अनिश्चित भएको छ । कोरोना भाइरस महामारीका कारण यो वर्षको भर्र्ना अभियान अनिश्चित भएको हो । सरकारले हरेक वर्ष वैशाख २ गतेदेखि भर्ना अभियान सञ्चालन गर्दै आएको थियो । तर यस वर्ष लकडाउनका कारण भर्ना अभियान प्रभावित बनेको छ । वैशाख १५ लगत्तै लकडाउन खुलेमा विद्यालयबाहिर रहेका बालबालिका लक्षित आन्तरिकरूपमा भए पनि भर्ना अभियान सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - शिक्षा विकास तथा मानव स्रोत केन्द्रका महानिर्देशक डा। तुल्सी थपलियाले वैशाख १५ पछि भर्ना अभियान सञ्चालन गर्न सकिने बताउँदै आएका थिए । लकडाउनको समय बढाएको कारण कहिलेदेखि भर्ना अभियान सञ्चालन गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको उहाँको भनाइ रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुलेपछि सामाजिक दूरी कायम राख्नुपर्ने भएको कारण कहिलेदेखि विद्यालय सञ्चालन हुन्छ भन्ने विषय अन्योल रहेको बताए छ । उनले विद्यालय खुल्ने समयको बारेमा तत्काल भन्न नसकिने बताए।

उनले विद्यार्थीहरू विद्यालयमा पुग्न नसके पनि अनलाइनबाट कक्षा सञ्चालन गर्नुको विकल्प नभएको बताउँदै आएका छन् । उनले त्यसको तयारीमा लाग्न सम्बन्धित क्षेत्रलाई निर्देशन दिएका छन् ।

अनलाइनमार्फत कक्षा सञ्चालन गर्नेबारे अध्ययन गर्न मन्त्रालयले करिब दुई साताअघि नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो ।

सो समितिले अनलाइनबाट कक्षा सञ्चालन गर्ने विषयमा प्रारम्भिक मस्यौदा बुझाइसकेको छ । मन्त्रालयले सो मस्यौदा अध्ययन गरी कार्ययोजना बनाउने तयारी गरेको छ । मन्त्री पोखरेलका अनुसार पहिला एसईई, कक्षा १२ र ११ को परीक्षा सञ्चालन गर्ने त्यसपछि नयाँ शैक्षिक सत्र शुरू गर्ने विषयमा कुराकानी भइरहेको छ । केन्द्रका महानिर्देशक डा। थपलियाले भने कक्षा १–९ को परीक्षाफल प्रकाशित गरेपछि मात्र अन्य काम सुचारु गर्ने विषयमा तयारी भइरहेको जानकारी गराए ।

उनले भने– ‘पहिला परीक्षाफल प्रकाशित गरेपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुन बाँकी छ ।’ उहाँले यो वर्षबाटै अनलाइनमार्फत पठनपाठन गराउने विषयमा छलफल भइरहेको जानकारी दिए । ‘वैशाख १५ सम्म कुर्छौं, त्यसपछि कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गर्नेछौं।’’–उनको भनाइ थियो ।

उनले कति विद्यालयमा इन्टरनेट पुगेको छ, कति विद्यार्थीसँग ल्यापटप, इनरोइड मोबाइल प्रयोग गर्न सक्छन्, वा कतिसँग ट्याब छ लगायतका विषयमा अध्ययन गरेपछि मात्रै कुन विधिबाट पठन पाठन सञ्चालन गर्ने भन्ने विषयमा निर्णय हुने बताए । उहाँका अनुसार हाल करिब ७३ प्रतिशत जनसंख्याले इन्टरनेटको प्रयोग गर्ने गरेका छन् । बाँकी जनशक्तिलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सोच्नुपर्छ ।

केन्द्रले यसअघि नै दूरशिक्षाको माध्यमबाट अध्यापन गराइरहेको छ । एसईईको परीक्षाअघि विभिन्न टेलिभिजनमार्फत अध्ययन गराइरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले अनलाइन प्रविधिमार्फत पठनपाठन गराउने विषयमा अध्ययन भइरहेको बताए । उहाँले भन्नुभयो– ‘अब अनलाइनको माध्यमबाट पढाउनुको विकल्प छैन, कसरी पढाउने भन्ने विषयमा मन्त्रालयले गठन गरेको समितिले निर्णय गर्ने ‘छ । त्यसअघि कक्षा १–९को परीक्षाफल प्रकाशित गर्ने, त्यसपछि एसइई, कक्षा १२ र ११ को परीक्षा लिने काम तत्काल गर्नुको विकल्प छैन ।’

उहाँले नयाँ शैक्षिक सत्र कहिलेबाट शुरू गर्ने भन्ने विषयमा सरकारको निर्णयमा भर पर्ने बताए। सरकारले लकडाउन खुला गरेपछि अन्तिममा मात्रै विद्यालय खोल्न अनुमति दिने तयारी गरेको छ । त्यसअघि विद्यालयले अनलाइनबाट पठनपाठन गराउनुको विकल्प नभएको मन्त्रालयको भनाइ छ । ’

सरकारले तेस्रो पटक लकडाउन लम्ब्याएसँगै केही निजी विद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गरिसकेका छन् । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजले पढाउन थालिसकेका छन् । नेपालका अधिकांश कलेजले अनलाइन कक्षा शुरू गरिसकेका छन् । सरकारी कलेज र विद्यालयले कसरी कक्षा सञ्चालन गर्ने भन्ने विषयमा सरकारको निर्णय कुरेर बसेका छन् । लकडाउन कहिलेसम्म लम्बिन्छ भन्ने विषय तत्काल भन्न नसकिएको अवस्थामा अनलाइनबाट पढाउनुको विकल्प नभएको मन्त्री पोखरेलको धारणा छ । पहिला रोकिएका परीक्षा सम्पन्न गर्ने त्यसपछि पठनपाठनमा ध्यान केन्द्रित गर्ने मन्त्रीको सोचाइ रहेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE