Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

खाद्यान्न अभावले जंगलबाटबाट फर्किए राउटे

कैलाली । सुदूरपश्चिममा प्रदेश सरकारले स्थापना गरेको कोराना भाइरस उपचार तथा नियन्त्रण कोषमा झन्डै एक करोड ५० लाख रुपैयाँ थप जम्मा भएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - विभिन्न बैङ्क, प्रदेशसभा सदस्यलगायत संस्था र व्यक्तिहरूले सो कोषमा सहयोग रकम जम्मा गरिरहेका छन् । प्रदेश सरकार आफैँले ४० करोड रुपैयाँ राखेर कोष स्थापना गरेको थियो ।

यसैबीच विगतमा समेत जङ्गलमै बसेर जीविकोपार्जन गर्ने लोपोन्मुख राजी समुदाय जङ्गलमा खाद्यान्न अभाव भएपछि पुनः आसपासका गाउँमा फर्किएका छन् । उनीहरूलाई नगरपालिकाले खाद्यान्न उपलब्ध गराउने भएको छ ।

कन्दमूल खाएर छाक टार्न सहज हुने भन्दै एक साताअघि जङ्गल पसेका डडेल्धुरा परशुराम नगरपालिका–१२ आमपानीका १२ घरधुरीका राउटे परिवार राहत पाउने भएपछि गाउँ फर्किएका हुन् ।

‘लकडाउनका कारण छाक टार्न समस्या भएपछि तरुल र गिठ्ठा खाएर पेट पाल्न गाउँ छाडेर करिब डेढ घण्टाको दूरीमा रहेको राष्ट्रिय जङ्गलमा आएका थियौँ,’ चन्द्रसिंह राउटेले भने, ‘अब नगरपालिकाले राहत दिने भनेपछि शनिबार घर फर्किएका छौँ ।’ बन्दका कारण गाउँमा मजदुरी गर्न नपाउँदा बाँच्न गाह्रो परेको अनिता राउटेले बताइन् ।

परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउँदले जङ्गल पसेका राउटेलाई घर फिर्ता गरेर राहतसमेत उपलब्ध गराएको बताए । नगरप्रमुख साउँदले भने, ‘राउटेले खाद्यान्न अभावका कारण जङ्गल पस्नुपर्ने अवस्था रहँदैन । उनीहरूले गाई, बाख्राका गोठ तथा खोर निर्माणको निहुँमा चुरेक्षेत्रको वन फँडानी गर्दै दर्जन बढी टहरा बनाएका थिए ।

ती टहरा सबडिभिजन वन कार्यालय जोगबुडा, डङ्सेरा सामुदायिक वनलगायतको टोलीले जलाएको डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख सरिता लामाले बताइन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE