काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण देश बन्दाबन्दी (लकडाउन) मा छ । लकडाउनमा राजनीतिक दलका नेताले विविध तवरले क्रियाशील देखाइरहेका छन् ।
आजको गोरखापत्र दैनिकमा खबर छ - राजनीतिक दलका नेताका अनुसार आफ्नो क्षेत्रमा गरिब, मजदुर तथा अप्ठ्यारोमा परेकालाई राहत वितरण गर्नुका साथै समस्यामा परेकालाई उद्धार गर्ने र जनतामा चेतना फैलाउने काम पनि गरिरहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवं सङ्गठन विभाग प्रमुख वामदेव गौतमले लकडाउनमा आफ्नो सुविधा अनुसार जनतालाई सहयोग गरिरहेको बताए ।
उनले पार्टीबाट नेता तथा कार्यकर्तालाई अप्ठेरोमा परेकालाई सहयोग गर्न निर्देशन रहेको बताए । नेता गौतमले पार्टीले सरकारलाई सहयोग गरिरहेको बताए ।
‘पार्टीका नेता तथा कार्यकर्ता दिनरात नभनी सहयोगमा जुटिरहेका छन्’ उनले स्पष्ट पारे । नेकपाका स्थायी समिति सदस्य एवं सङ्गठन विभागका उपप्रमुख जनार्दन शर्माले रुकुम पुगेर श्रम अभियान चलाइरहेको बताए । उनले सोही अभियानबाट रुकुमको चौरजहारीमा १० कोठाको आइसोलेसन भवन निर्माण गरेका छन् । उनले जनतालाई अहिले सहयोग गर्न आवश्यक रहेको बताए ।
नेपाली कांग्रेसका नेता डा. प्रकाशसरण महतले लकडाउनका कारण समस्यामा परेकालाई उद्धार तथा सहयोग गर्न पार्टीले नेता तथा कार्यकर्तालाई निर्देशन दिएको बताए । उनले सामाजिक दूरी कायम गर्दै र स्वास्थ्य मापदण्डभित्र रहेर राहत तथा उद्धारको काममा पार्टीका नेता तथा कार्यकर्ता क्रियाशिल रहेको बताए ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले आफूले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई राहत वितरण गर्न होइन, राहत वितरण गर्नेमाथि निगरानी बढाउन निर्देशन दिएको बताए । ‘राहत वितरण गर्ने काम सरकारी स्तरबाट वडा तहबाट हुनुपर्ने हो, एकद्वार प्रणालीबाट राहत वितरण गर्नुपर्छ, बाहिरबाट निगरानी गर्नुपर्छ ।’ उनले भने ।
समाजवादी पार्टीका महासचिव रामसहाय यादवले लकडाउनबाट पीडित भएका जनतालाई सहयोग तथा उद्धार गर्ने काम सरकारले गर्नुपर्ने स्पष्ट गर्दै त्यसमा पार्टीका नेता तथा कार्यकर्ताले समन्वयको भूमिका खेल्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरिरहेको काममा सहयोग पुर्याउन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । पार्टीका तीनैजना अध्यक्ष कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले आइतबार विज्ञप्ति जारी गरी सो आग्रह गरेका हुन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: