Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

लकडाउनका कारण भारतमै अड्कियो नेपालको रेल

काठमाडौं । कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपालका लागि गुडे पनि लकडाउनका कारण भारतमै अड्किएको छ । रेल भारतको चेन्नाई स्थित उद्योगबाट गुडेर मध्य प्रदेशको जबलपुरमा आइसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - रेल विक्रेता भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन र रेल विभागबीच २०७६ चैत १८ गते पहिलो रेल सेट हस्तान्तरण गर्ने सहमतिअनुसार रेल चेन्नाइस्थित उद्योगबाट गुडेको थियो। उनले भने, ‘लकडाउनका कारण जबलपुरबाट रेल अघि बढ्न सकेको छैन। रेलको यथास्थितिको बारेमा उद्योगका अधिकारीसँग फोनमा सम्पर्क भइरहेको छ। लकडाउन खुलेपछि नेपालका लागि हिडाइनेछ।’

लकडाउन खुले पनि रेल नेपाल भित्रिनका लागि थप १० देखि १५ दिन लाग्नेछ। नेपाल भित्रिने रेलका लागि डेडिकेटेड लाइन उपलब्ध हुने हो भने २ देखि ३ दिन भित्रमा आइपुग्छ। तर, भारतीय रेल गुड्ने समयमा नेपालको रेलले ट्रयाक ओगट्न पाउँदैन। ट्रयाक खाली भएको समयमा गुडाउनु पर्ने भएकाले रेल भित्रिन केही समय लाग्ने देखिएको छ।

रेल नेपाल भित्रिए लगत्तै सञ्चालनमा भने आउने छैन। रेल सञ्चालनका लागि नेपालको तर्फबाट कानुनी, प्राविधिक तथा कर्मचारीको व्यवस्था हुन बाँकी छ। सञ्चालन पूर्व रेल नेपालकै भूभागमा पर्ने जनकपुर वा कुर्थामा राखिने मिश्रले बताए। यी दुई मध्ये सुरक्षाका दृष्टिकोणले उपयुक्त हुने स्थानमा राखिनेछ।

‘रेल गुड्ने ट्र्याक तयारी अवस्थामा छ। तर, रेल हाक्ने ड्राइभर छैन। स्वदेशी प्राविधिक जनशक्तिका लागि दरखास्त आवेदन माग गरेका थियौं। त्यहाँ एउटा पनि आवेदन परेको छैन’, मिश्रले भने, ‘विदेशी कामदारका लागि आवेदन माग गर्नुपर्नेछ।’ विभागले फागुन ९ गते रेल सञ्चालन गर्न तत्कालक आवश्यक पर्ने २६ जना स्वदेशी कर्मचारीका लागि आवेदन माग गरेको थियो। लकडाउनले गर्दा विदेशी कर्मचारीको आवदेन माग गर्न सकिएको छैन।

सरकारले कुर्था–जनकपुर–जयनगर ३४ किलोमिटर खण्डमा रेल सञ्चालन गर्न २०७५ चैतमा कोंकण रेलवे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल खरिद गर्न विभागलाई सैद्घान्तिक सहमति प्रदान गरेको थियो। २०७६ वैशाख २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र भारतीय राजदूतावासबीच रेल खरिद सम्झौता भएको थियो। नेपालले सम्झौताअनुरूप २० प्रतिशत रकम दिएको छ। रेल सञ्चालनमा आएपछि बाँकी ८० प्रतिशत रकम पनि भुक्तानी गर्नेछ।

रेल सञ्चालनका लागि सरकारले पूर्व तयारीस्वरूप रेल्वे विधेयक २०७६ संसद्मा विचाराधीन अवस्थामा छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले पुस १८ गते राष्ट्रिय सभामा पेस गरेका थिए। विधेयक पास हुनुअघि नै सरकारले रेल सञ्चालनका कर्मचारी नियुक्ति गर्ने बाटो खोलिसकेको छ।

२०७६ माग ६ गते मन्त्रिपरिषद्ले कुर्था–जनकपुर–जयनगर रेल सञ्चालन गर्न विभिन्न ४५ पदको २ सय २६ दरबन्दीमा करारमा कर्मचारी भर्ना गर्न सैद्घान्तिक स्वीकृति प्रदान गरिसकेको छ। यस्तै सोही दिनै रेल सेवा सञ्चालनका आवश्यक दक्ष श्रमिक नेपाली नागरिकबाट आपूर्ति हुन नसकेमा श्रम ऐन, २०७४ को दफा २२ बमोजिम २६ जनसम्म विदेशी दक्ष श्रमिक नियुक्त गर्न नेपाल रेल्वे कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिइएको छ। पूर्व तयारीका काम बाँकी रहेकाले रेल सञ्चालन गर्ने समय सिमा तोक्ने नसकिने विभागले जानकारी दिएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE