Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

बालबच्‍चा बचाउन घस्रिँदै घरतिर

कान्ति लोकपथ, भट्टेडाँडा । सरकारले शनिबारसम्म मूलबाटो बन्द गरिदिएपछि उनीहरू कान्ति लोकपथ हुँदै गइरहेका थिए । सर्लाही लालबन्दीकी शान्ति घिसिङ, पूजा मोक्तान, कविता र सुस्मिता गर्भवती रहेछन् । ललितपुर फसिडोलको श्री इँटाभट्टामा काम गर्ने उनीहरू शनिबार बिहानै २ बजे उठेर सर्लाहीतिर जान निस्किएका थिए ।

आजको कान्तिपुर दैनिकमा खबर छ - उनीहरूका श्रीमान् र अरू सय जनाजति कान्ति लोकपथ हुँदै पैदल बाटो लागे। घाम उदाउनुअघि नै टीकाभैरवबाट तीनपानेको उकालो कटिसक्ने गरी उनीहरू राति नै हिँडेका रहेछन्। यात्रामा करिब सय जनाको समूह भए पनि बाटो थाहा पाउने कोही थिएनन्। उनीहरू कहिल्यै यसरी हिँडेका थिएनन्। बाटो भुलेर उनीहरू तीनपाने डाँडाभन्दा माथि टावरमा पुगेछन्। शनिबार १२ बजेर १५ मिनेटमा खुट्टा खोच्याउँदै ११ जना तीनपाने आइपुगे। अरू जंगलमै अल्मलिएछन्। १२ बजेसम्म उनीहरूले खाना, खाजा केही खान पाएका थिएनन्।

६ महिनाकी गर्भवती पूजा अरूभन्दा बढी मलिन देखिन्थिन्। उकालो र ओरालो हिँडाइले थकित उनीहरूले तीनपाने झरेपछि चाउचाउ र चाउमिन खाए। खाजा खाएकै होटलमा मकवानपुरको सिमाना प्युटार जाने खाद्यान्न बोकेको ट्रकका चालक पनि खाइरहेका थिए। पूजाका श्रीमानले ट्रक चालकलाई आफ्नी श्रीमती गर्भवती भएकाले हिँड्नै नसकेको समस्या सुनाए, तर ती चालकले आफूलाई प्रहरीले कारबाही गर्छ भन्दै लैजान इन्कार गरे। अरू तीनजना गर्भवतीका श्रीमान् पनि आएर ती चालकलाई हारगुहार गरे।

हामीले उनीहरूको कुरा सुन्यौं, केही गर्न सकेनौं। केही बेरपछि अर्को टिपर आयो। १० घण्टा हिँडेर थाकेकी गर्भवतीलाई उद्धार गरिदिए हुन्थ्यो भन्ने हामीलाई पनि लागेको थियो। हात देखाएपछि टिपर रोकियो। चालकले बस्ने ठाउँ छैन भन्दै थिए, तर टिपरबाट ढाकाटोपी लगाएका एक जना व्यक्ति ओर्लिए। उनी कान्ति लोकपथको टीकाभैरवदेखि बगुवा खण्ड बनाउने ठेक्का पाएका ठेकेदार केदार तिमल्सिना रहेछन्। टिपरमा डोजर लाग्ने बकेट राखिएको रहेछ। गाडीमा मान्छे राख्दा च्यापिएला कि भन्ने उनलाई चिन्ता थियो।

तैपनि त्यहाँको दुस्ख देखेपछि उनी ती गर्भवतीलाई मकवानपुरको सिमानासम्म पुर्‍याउन तयार भए तर भट्टेडाँडा प्रहरी चौकीछेउमा चाहिँ ओर्लिनुपर्ने सर्त राखे। उनले यसअघि पनि कान्ति लोकपथमा अलपत्र परेका र गर्भवती धेरैलाई उद्धार गरेको सुनाए।

टिपरमा जाने ती गर्भवतीले कस्तो कष्ट पाउलिन् भन्दै हामी अघि बढ्न लागेका थियौं, तीनपानेका होटल सञ्चालक कुमार तामाङले भने, ‘उनीहरू त सामान्य हुन्। बाटैमा सुत्केरीसमेत भए। केहीको त बच्चा खेर पनि गयो। केही त घर जाँदा बाटोमै लडेर बितेको सुनेँ।’

हामी १० किलोमिटर टाढा भट्टेडाँडा प्रहरी चौकी पुग्यौं। ती महिलालाई ठेकेदार तिमल्सिनाले टिपरबाट झारेर पठाइसकेका रहेछन्। कान्ति लोकपथमा फाट्टफुट्ट मोटरसाइकल, सरकारी गाडी र खाद्यान्नका गाडी मात्रै चलिरहेका थिए।

टिपरमै रहेका एक युवाले इँटाभट्टामा काम गर्ने सय जना जंगलमै अलपत्र परेको सुनाएका थिए। उनीहरू कहाँ पुगे होलान् भन्ने लागिरहेको थियो। तिनीहरू जंगलैजंगल मकवानपुरको सिमाना निस्कन सक्ने होटल सञ्चालक तामाङले बताएका थिए। उनीहरु तीनेपानेभन्दा अलि पर नयाँगाउँको खोल्सामा थकाइ मार्दै आफैंले बोकेको खाजा खाइरहेको अवस्थामा भेटिए। यो समूहमा सर्लाहीको लालबन्दी र हरिवन तथा महोत्तरीको बर्दिबासका ६० जना थिए, जसमा २० जना बालबच्चा रहेछन्। केहीको खुट्टामा चप्पलसमेत थिएन।

सबैले नाम्लो लगाएर आफ्ना लत्ताकपडा र भाँडाकुँडाका पोका बोकेका थिए। साथमा कुकुर र कुखरा पनि थिए। स–साना बालबच्चा पनि सकिनसकी भारी बोकेर हिँडिरहेका थिए। उनीहरूले फसिडोलबाट नयाँगाउँसम्म १३ घण्टाको यात्रा गरिसकेका थिए।

त्यो टोलीमा अढाई र तीन वर्षका बच्चा पनि थिए। त्यही समूहमा थिइन्– ६ वर्षीया सजिना मगर। ५६ वर्षीया हजुरबुबा हर्क र सानुआमा रुपा भुजेलसँग उनी सर्लाहीतिर हिँडेकी थिइन्। यात्रामा रुपाको परिवारको मात्रै छजना रहेछन्। बुबा हर्कले नाम्लो लगाएर ओढ्ने–ओछ्याउने कपडा बोकेका थिए। उनका श्रीमान्ले कपडा र भाँडाकुडा बोकेका थिए। ८ वर्षीय छोराले कुकुरको छाउरो बोकेका थिए। सजिना र उनले सकिनसकी एकरएकवटा भाले पनि काखी च्यापेका थिए।

लकडाउनमा फसिडोलको इँटाभट्टामा स्थानीयले काम गर्न नदिएपछि परिवारसहित गाउँ फर्कन बाध्य भएको उनीहरूले बताए। पुरुषहरू प्रायस्ले नाम्लो लगाएर ओढ्ने–ओछ्याने र भाँडाकुँडा बोकेका थिए। धेरै महिलाले भने दूधेबच्चा काखी च्यापेर पछाडि झोला भिरेका थिए। ‘हामीले काम गर्ने भट्टामा स्थानीय बासिन्दाले काम गर्न नदिएपछि हामी सबै सामान लिएर घर हिँडेका हौं,’ रुपाले भनिन्।

साना बच्चा खेल्दै र दौडिँदै कान्ति लोकपथको भित्ता र भीरछेउ हिँडिरहँदा बाबु–आमा भने घरीघरी आत्तिन्थे। भित्ताभित्ता हिँड्नु भन्दै सम्झाउँथे। लोकपथको तीनपानेदेखि भट्टेडाँडा खण्ड मूल सडकबाहेक माथि र तल भीर छ। केही ठूला मान्छे पनि हिँड्न नसकेर बाटोमै लम्पसार परेर सुतिरहेका थिए।

आमाबुबा थकाइ मार्न बस्दा बच्चाहरू सुतेपछि उठाएर रुवाउँदै घिसारेर लैजाने पनि उत्तिकै थिए। उनीहरू १५ मिनेटजति हिँडेपछि एकछिन बस्थे। बच्चा हिँड्न सक्दैनथे, रुँदै हिँडिरहेका थिए। केहीले भारीमाथि पनि बच्चा बोकेका थिए। उनीहरूको पहिलो दिनको यात्रा कहाँसम्म हो भन्ने थाहा थिएन। हामी बाइकमा अगाडि–पछाडि हुँदा त्यो समूह निरन्तर हिडिरहेकै भेटिन्थ्यो।

फसिडोलको श्री इँटाभट्टाका सञ्चालकले दुइटा गाडी रिजर्भ गरेर उनीहरूलाई मंसिर ६ गते ललितपुर ल्याएका रहेछन्। त्यतिखेर आउने हरेकले एक लाखभन्दा बढी काँचो इँटा बनाएका छन्। लकडाउन भएपछि भट्टा वरिपरिका बासिन्दाले काम गर्न नदिएर काँचो इँटा बनाएको पैसासमेत नपाई उनीहरु गाउँतिर फर्कन बाध्य भएका रहेछन्। भट्टा सञ्चालकले हरेक परिवारलाई २ हजार खर्च दिएर पठाएको उनीहरूले सुनाए। केही परिवारले त्यो पनि नपाएको बताए। केहीसँग त बाटोमा खाजा खाने पैसा पनि रहेनछ। लतिपुरको भट्टेडाँडासम्मको पहिलो दिनको २५ किलोमिटर यात्रामै उनीहरू निकै थकित भएको देखिन्थे। उनीहरूले अब थप १ सय ५९ किलोमिटर यात्रा तय गरी सर्लाहीसम्म पुग्नै बाँकी थियो।

साँझ ६ बज्न लाग्दै आकाशमा कालो बादल मडारिन थाल्यो। उनीहरू आत्तिए। पाइला अलि छिटो चाल्न खोजे पनि सक्दैनथे। भट्टेडाँडा पुगेपछि फाट्टफुट्ट पानी पनि छिट्याउन थाल्यो। दिनभरि हिँडेर लखतरान भएको एउटा समूह प्रहरी चौकीनजिकै सहकारीले बनाएको जस्ताको टहराबाहिर आराम गरिरहेका थिए। उनीहरू खानेपानी खोज्दै थिए। भेट्टाएनन्। हावाहुरी चल्न थालेपछि लालाबाला च्यापेर आत्तिँदै स्थानिय सहकारी भवनभित्र छिरे। उनीहरूको पहिलो दिनको यात्रा यहीं रोकियो। यही छाप्रोमा रात कटाउन बसे।

उनीहरूमध्ये कोही दाउराको जोहो गर्न लागे। कोही भट्टेडाँडा बजारनजिकै पानी लिन गए। कोहीचाहिँ दिनभरि कार्टुनमा राखेको कुखुरा चराउनतिर लागे। तीमध्येका थिए सर्लाहीको लालबन्दी, परवानीपुरका राजेश। उनले कुखुराका सातवटा चल्ला र पोथी ल्याएका रहेछन्। छोरा–बुहारीसहित चारजनाले चार महिनामा २ लाख २५ हजार इँटा बनाएको उनले बताए। एउटा इँटा बनाएको एक रुपैयाँ पाउने रहेछन्।

दाउरा र पानीको जोहो गर्दागर्दै साढे ६ बजे हावाहुरी बेस्सरी चल्न थाल्यो। हामी उनीहरूको दुस्ख र पीडाका दिनभरिका साक्षी थियौं, उनीहरूका लागि चामल र तरकारी किन्न पसल मात्रै के पुगेका थियौं, चट्याङ, हावाहुरी र मुसलधारे पानी परेपछि निस्कनै सकेनौं। पसल सञ्चालक कान्छा खड्का सामान निकाल्दै पसलको ढोकामै थिए। चर्को आवाजमा चट्याङ परेपछि उनी तर्सिए। करिब आधा घण्टापछि पानी अलि कम भयो। उनीहरूलाई खानेकुराको जोहो गरेर फर्किंदै थियौं, कृषि सहकारीको हलभित्र पानी छिरेर चिहिलबिहिल भएको देख्‍यौं।

पानी मत्थर भएसँगै उनीहरूले खाना पकाउन ढुंगाका ६ वटा चुलोमा आगो सल्काए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE