काठमाडौँ । कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पहल गर्ने भएको छ । कोभिड–१९ का कारण मुख्यतः खाडीमा श्रम गरिरहेका केही नेपाली बिचिल्लीमा परेको र यही अवस्था जारी रहे थुप्रै नेपाली अप्ठ्यारोमा पर्ने भन्दै सङ्घले स्वदेश फर्काउने रणनीति तय गर्न लागेको हो ।
सङ्घले गठन गरेको ‘कोभिड–१९ उच्चस्तरीय समिति’को बैठकमा सहभागीले विद्यार्थी, श्रमिक तथा विविध कारणले अवैधानिकरुपमा बस्दै आएका नेपालीका अवस्थाबारे गम्भीर चिन्ता प्रकट गरेका छन् । साइप्रस, अष्ट्रेलिया, अमेरिकालगायत मुलुकमा विद्यार्थी र खाडी क्षेत्रका श्रमिक कोरोना भाइरसबाट बढी प्रभावित भएका छन् । तत्काल करिब ५० हजार नेपालीले स्वदेश फर्कने चाहना राखेको सङ्घको अनुमान छ ।
यद्यपि, सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अप्रिल महिनाको अन्त्यसम्म गैरआवासीय नेपालीलाई यथास्थानमा सुरक्षित रहन अनुरोध गरिसकेका छन् । विश्वका धैरैजसो मुलुक हाल ‘लकडाउन’को अवस्थामा छन् । वैदेशिक रोजगारीमा गएका कतिपय व्यक्तिको करार अवधि सकिएको छ र उनीहरु घर फिर्ता हुनका लागि पर्खेर बसेका छन् । सङ्घले अप्ठ्यारोमा परेका र नेपाल फर्कन अतिआवश्यक भएका नेपालीलाई तत्काल नेपाल फर्कने वातावरण बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको पनि ध्यानाकर्षण गराइसकेको छ ।
यसका अतिरिक्त नेपाली श्रमिक काम गर्ने कतिपय कम्पनी बन्द हुँदा रोजगारी गुमेको छ र तुरुन्तै अर्को काम पाउने अवस्था पनि छैन । विदेशमा रहेका कतिपय नेपाली कामदारलाई खाने बस्ने समस्या देखिन थालिसकेको छ । सङ्घका सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद्ले सङ्कटमा परेका आफ्ना देशका नागरिकलाई मद्दत गर्ने उद्देश्यले केही चन्दा सङ्कलन गरी खाद्यान्न एवं अन्य अत्यावश्यक सामग्री वितरण गर्दै आएका छन् ।
‘भिडियो कन्फ्ररेन्स’ मार्फत भएको सो बैठकमा एनआरएनएका अध्यक्ष कुमार पन्तले कोभिड–१९ का कारण गन्तव्य मुलुकमा रोजीरोटी गुमाएर स्वदेश फर्कन चाहनेको सङ्ख्या हजारौँ रहेको बताए । उनले भने, “कुवेतमा तीन हजारभन्दा बढी कागजी प्रक्रिया पूरा नगरेका नेपाली छन् । कैयौँ नेपालीलाई स्थानीय सरकारले सहयोग नगरेपछि नेपाली विभिन्न देशमा अलपत्र परेकालाई नेपाल फर्काउनेबारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल भइरहेको र परराष्ट्रमन्त्री यस विषयमा सकारात्मक छन् ।”
बैठकमा पूर्वशिक्षामन्त्री गङ्गाधर तुलाधारले अहिलेका अवस्थामा गैरआवासीय नेपाली समुदायले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दा नेपाल र नेपालीका लागि अतुलनीय योगदान हुने बताए । कोभिड–१९ का कारण मुलुक भोलि सङ्कटमा जान सक्ने औँल्याउँदै उनले भने, “यस्ता महामारी भविष्यका लागि पाठ सक्ने अवसर हो । यसले स्वास्थ्य क्षेत्रमा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्छ । स्वास्थ्य क्षेत्रमा अहिले प्रयोग भइरहेका नयाँ अनुभवले आगामी पुस्ताको लागि उपयोगी हुनेछ ।”
सङ्घका उपाध्यक्ष डा बद्री केसीले विदेशमा अलपत्र नेपालीको सहयोगका लागि वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम परिचालन गर्ने विषयमा सरकारसँग छलफल भइरहेको जानकारी दिए । कोषमा र रु पाँच अर्बभन्दा बढी रकम जम्मा भइरहेको छ । सोही कोषको प्रयोग गरेर अलपत्र नेपालीलाई उद्धार गरेर ल्याउनुपर्ने आवाज उठ्दै गएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: