Ntc summer Offer
Khabar Dabali २५ पुष २०८१ बिहीबार | 9th January, 2025 Thu
Investment bank

विदेशमा अलपत्र नेपालीप्रति सरकार पूर्णरुप जानकार र सचेत छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९) ले बढी प्रभावित देशका गैरआवासीय नेपाली संघ(एनआरएन)का अध्यक्षसँग प्रत्यक्ष संवाद गरेका छन् । मन्त्री ज्ञवालीले आज मन्त्रालयबाट विदेशस्थित ११ देशका एनआरएनका अध्यक्षसँग भिडियो कन्फ्रेन्स कलमार्फत कोरोना भाइरसका कारणले बिचल्लीमा परेका नेपाली समुदायको आवाजको सुनुवाइ गरे ।

उनले नेपालमा लकडाउनको अवस्था लम्बिँदै गएकाले विदेशमा रहेका नेपाललाई तत्काल नेपाल फर्काउन नसकिएको जानकारी दिए । “विदेशमा अलपत्र नेपालीप्रति सरकार पूर्णरुप जानकार र सचेत छ, हामी अवस्था अनुकूल हुनेबित्तिकै नेपाल फर्काउन प्रक्रिया शुरु गर्छौँ”, मन्त्री ज्ञवालीले भने, ‘सरकार वैदेशिक रोजगारीमा रहेका नेपाली मुख्यतया खाडी क्षेत्रका श्रमिकका समस्यालाई तत्काल सम्वोधन गर्ने विषयमा सकरात्मक छ ।’

सरकारले कूटनीतिक नियोग र एनआरएनसँगको छलफलबाटै समस्याको समाधान निकाल्ने बताउँदै मन्त्री ज्ञवालीले विदेशमा गैरआवासीय नेपालीलाई धैर्य गर्न आग्रह गरे । उनले अप्ठ्यारो अवस्थामा विदेशमा रहेका नेपालीले खेलेको भूमिकाको प्रशंसाका साथ कोरोनाविरुद्ध जनचेतना, पीडितका लागि राहत वितरणलगायत काममा एनआरएनका शाखाले खेलेको भूमिकाप्रति खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।

मन्त्री ज्ञवालीले कोरोनाबाट प्रभावित देशसँग समेत सरकारले छलफल गरिरहेको जानकारी दिँदै विदेशस्थित संघसंस्था र सरकारी नियोग नभएका देशमा एनआरएनसँग मिलेर काम गर्न नेपाली दूतावासहरु सक्रिय पारिएको जानकारी पनि दिए ।

बैठकमा एनआरएन अन्तरराष्ट्रिय समितिका अध्यक्ष कुमार पन्तले कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले चालेका कदम प्रभावकारी रहेको बताउनुभयोए । अध्यक्ष पन्तले भने, ‘विदेशको अनुभवले पनि नेपाल सरकारका निर्णय निकै प्रभावकारी देखिएका छन् । धेरै देशले लकडाउनको निर्णय समयमा गर्न नसक्दा संक्रमण बढेको छ, लकडाउनका लागि नेपाल सरकारले गरेको निर्णय ऐतिहासिक हो ।’

अध्यक्ष पन्तले कोरोनो भाइरसले प्रभावित पारेका वैदेशिक रोजगारीमा रहेका नेपालीप्रति राहत कार्यक्रममा सरकारसंँग मिलेर काम गर्न संस्था तयार रहेको बताउनुभएको एनआरएन, कोभिड –१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

युरोप अमेरिकाका गैरआवासीय नेपालीभन्दा मध्यपूर्वका देशमा वैदेशिक रोजगारीमा रहेका नेपाली ठूलो समस्या रहेको बताउँदै । पन्तले भने, ‘नेपाली श्रमिकका लागि नेपाल सरकारले पहल कदमी चाल्नुपर्छ ।’ संघका महासचिव डा हेमराज शर्माले नेपाल सरकारलाई विदेशमा रहेका नेपाली चिकित्सकको विज्ञतालाई अहिलेको कोरोना महामारीमा सदुपयोग गर्न सुझाव दिए । उनले विदेशस्थित नेपाली कूटनीतिक नियोग, एनआरएन र नेपाल सरकारबीचको एक संयुक्त कार्यदलमार्फत कोरोना पीडितका लागि राहत वितरण गर्नुपर्ने विचार व्यक्त गरे । एनआरएन, नीति तथा प्रोसिडर समितिका संयोजक रामशरण सिम्खडाले वैदेशिक रोजगारमा रहेका नेपालीको संख्या ठूलो भएकाले नेपाल सरकारका तर्फबाट पनि राहत कार्यक्रममा सहकार्यका लागि आग्रह गरे ।

बैठकमा सहभागी एनआरएनका विभिन्न देशका अध्यक्षले विद्यार्थी, भूपूगोर्खा, वैदेशिक रोजगारीमा रहेका श्रमिकको समस्या, राहत तथा स्वास्थ्यसम्वन्धी सामग्री वितरण, नेपाल तत्काल फर्कने चाहनेको व्यवस्थापनलगायत विषयमा मन्त्रीसमक्ष आआफ्ना भनाइ राख्दै कोभिड–१९ ले अर्थतन्त्रमा ठूलो प्रभाव पर्दा देश आर्थिक मन्दीमा जान सक्ने भएकाले दीर्घकालीन तथा अल्पकालीन आर्थिक नीति तय गर्न सरकारलाई सुझाव दिए । बैठकमा एनआरएन बेलायत, जर्मनी, अमेरिका, इटाली, स्पेन, जापान, संयुक्त अरब इमिरेट्स, फ्रान्स, दक्षिण कोरिया, साउदी अरबलगायत देशका अध्यक्षको सहभागिता थियो । बैठकमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको पनि उपस्थिति थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy